इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Saturday, March 21, 2009

बाख्राको दूध, बाख्राकै चीज

बिहानको पाँच बज्न भ्याएको हुँदैन चित्लाङका अशोकसिंह ठकुरीको घरमा चहलपहल सुरु हुन्छ । उनकी श्रीमती रीता बाख्राको हुलमा छिरसिकेकी हुन्छिन् । उनी बाख्राको दूध दुहुनमा तल्लीन छिन, अशोक पाठापाठीलाई भैंसीको दूध पियाउँदैछन् ।
झट्ट हेर्दा बाख्राहरू दुधालु जस्ता लाग्दैनन् । प्रायः स्थानीय जातका र केही उन्नत खालका छन् । तैपनि एकदुई गर्दै तीन दर्जन बाख्राको दूध जम्मा गर्दा भाँडोमा धेरै नै देखिन्छ । पाठापाठीबाट जोगाएर निखारेको दूध चानचुन १६ लिटर पुग्छ । एक लिटर बाख्राको दूधको मूल्य न्यूनतम ४० रुपैयाँ छ अर्थात् गाईभैंसीकोभन्दा झन्डै दोब्बर । त्यसबाट बनेको चीज किलोको एक हजारदेखि दुईहजार रुपैयाँमा बिक्ने गरेकाले बाख्राको दूधले यो मूल्य पाएको हो ।

हेटौंडाबाट उत्तरमा पर्ने यो चित्लाङ गाउँ काठमाडौंबाट नजिकैको गन्तव्य समेत हो । 'पmान्सका राजदूत नै आएर यो केन्द्रको उद्घाटन गरेका हुन् अशोकले आगन्तुकको सूचीमा एक नम्बरमा राखेको नाम सुनाए । तयार भएको चीज काठमाडौंका पाँचतारेसहितका स्तरीय होटलमा खपत हुन्छ । केन्द्रमा टाँसिएको सूचनाअनुसार समिट होटल, हर्मन बेकरी, युरोपियन बेकरी, डेलिसियस गुर्भेट, रोड हाउस क्याफे, डोल्से भिटा क्याफे, होटल याक एन्ड यति तथा र्‍याडिसन होटलमा यहाँको चीज जाने गरेको छ ।

चीजको यो चमकदमकले चित्लाङेलाई भने त्यति लोभ्याएको रहेनछ । केन्द्र सञ्चालन हुँदा बाख्रा पालेर दूध बेच्न ल्याउनेहरू २० घरपरविार थिए भने अहिले यो संख्या चारमा झरेको छ ।

'यही पेसाबाट केही गर्न सक्छु भन्ने आँट ममा छ अरूले त्यो अनुसार नसोचिदिनाले यस्तो भएको हो, अशोकले कारण खोले । आजभन्दा लगभग छ वर्षअघि अशोक पmान्स पुगेर बाख्राको चीज उत्पादन गर्ने तालिम लिएका थिए । उनको हिम्मत यसो हुनाले बढेको रहेछ । पmान्सको बाख्रा फार्म र चीज उत्पादन केन्द्रको जस्तै वातावरण यहाँ बनाउने ध्याउन्न उनको छ तर सबैतिरबाट त्यो तहको सहयोग नपाएको गुनासो उनी गर्छन् ।

चीज उत्पादन केन्द्र पmान्सेली संस्थाको सहयोगमा खुलेको हो । सुरुमा यो केन्द्र सरकारी स् वामित्वमा रहेको चित्लाङको बाख्रा फार्मभित्र थियो । पmान्सेली नै आएर केन्द्रको बारेमा छलफल गर्दा अशोकले सुझाव दिए, 'गाउँलेको जीवनस्तर सुधार गर्ने हो भने यस् तो केन्द्र सरकारी निकायमा होइन, गाउँलेलाई नै सञ्चालन गर्ने जिम्मा दिए राम्रो हुन्छ ।'

यो भनाइ राख्दा विदेशीले उनको फोटो खिचिरहेका थिए, अरू कुरा केही गरेनन् । पछि चित्लाङमा पmान्सबाट उनको फोटो आयो र त्यसैसँग एउटा सन्देश पनि थियो, 'इच्छुक छ भने यो फोटोबालालाई चीज उत्पादन तालिमका लागि पmान्स पठाइदिनु । अशोक पmान्स पुग्ने मेसो यसरी जुरेको रहेछ । उनी विसं २०५९ सालको साउनमा उता लागे ।

भाषा उनी केही बुझ्दैन थिए । कक्षा १० सम्म पढेका उनलाई अंग्रेजी पनि गाह्रो थियो । तर एक हप्ताको प्रयोगात्मक कक्षामा बस् दा भनेको सुनेर होइन, गरेको काम ध्यान लगाएर मात्रै हेरे । एक हप्ताको तालिमपछि लगभग एक महिना विभिन्न बाख्रा र्फमहरू घुमे । त्यसपछि नेपाल फर्केर त्यहाँ सिकेको ज्ञानलाई यहाँ प्रयोग गर्न थाले ।

सुरुमा राम्रोसँग उत्पादन हुन सकेन । बनाउन नजानेर धेरै दूध खेर गयो । गाउँका अरू मान्छे आत्तिन थाले । तर अशोक हिम्मत हार्नेबाला थिएनन् । अरूले छाड्दै गए पनि उनले यहाँबाट केही गर्न सकिन्छ भन्ने विश्वास त्यागेका छैनन् । 'साथीले दूध पनि राम्रो ल्याइदिनु भएन त्यसैले कोओपरेटिभ मार्फत जाँदा समस्या आउन सक्छ भन्ने हेक्का मैले सुरुमै राखेको थिएँ, खरो स्वभावका अशोकले खस्रा कुरा सुनाए ।

उन्नत जातका बाख्राको प्रबन्ध सरकाले गरदिेओस् भन्ने चाहना उनले व्यक्त गरे । त्यस्तै विदेश निर्यात प्रयोगशालाबाट प्रामाणित गर्ने काममा सहयोग होस् भन्ने उनको माग छ । निर्यात गर्न कुनै निकाय या व्यक्ति तयार भइदिए सुविस्ता हुने उनले ठानेका छन् । प्रोटिनले भरपिूर्ण भएर पनि सुपाच्य हुनु बाख्राको चीजको विशेषता हो । यो गुण बुझेकाले नै चीज केन्द्र धानेका हुन् भन्छन् अशोक ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment