इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Saturday, July 18, 2009

अपडेट छैनन् दलका वेबसाइटहरू

अपडेट छैनन् दलका वेबसाइट
कुलचन्द्र न्यौपाने/गंगा बीसी
काठमाडौं, मुलुकका प्रमुख दलहरू कति अद्यावधिक होलान् ? खोजिपस्दा उदेक लाग्छ र निराश होइन्छ जब यिनका आधिकारिक वेबसाइट 'लगअन' गरिन्छ ।
सञ्चार सञ्जालमा पूरै विश्व सेकेन्ड/सेकेन्डमा अद्यावधिक भइरहेका बेला ठूला दलहरू माओवादी, कांग्रेस र एमालेका वेबसाइट महिनांैदेखि 'अपडेट' छैनन् तर पनि एमाले भने थोरै व्यवस्थित देखिएको छ । सशस्त्र द्वन्द्वकालमा युरोपबाटै सञ्चालन गरेर भए पनि माओवादीले आफ्नो वेबसाइटलाई प्रचारको भरपर्दो माध्यम बनाएको थियो । तर दल र नेताहरू सार्वजनिक भएपछि यो -सीपीएनएम डट ओआरजी) अलपत्रजस्तै छ ।
प्रहरी हिरासतमा मारिएका माओवादी पत्रकार कृष्णसेन इच्छुकको नाममा सञ्चालन भएको अनलाइन समाचार सेवा अपडेट नगरेको पनि महिनौं भएको छ । उक्त आधिकारिक वेबसाइटमा
पुरानै नाम नेकपा माओवादी राखिएको छ भने 'प्रचण्डपथ' पनि हटाइएको छैन जबकि पथप्रदर्शक सिद्धान्तबाट प्रचण्डपथ हटाइसकिएको छ भने पार्टीको नाम पनि एकीकृत नेकपा माओवादी भइसकेको छ । साइटमा अंग्रेजी, नेपाली गीत, भिडियो राखिए पनि ती प्रायः खुल्दैनन् । पार्टीका आधिकारिक पत्रिकाका वेबसाइट पनि खुल्दैनन् । विज्ञप्ति खण्डमा पनि असोज २०६१ अघि जारी भएका वक्तव्य मात्र छन् ।
प्रवक्ता दीनानाथ शर्माले माओवादीले आफ्नो वेबसाइट अपडेट गर्न नसकेको स्वीकारे । पार्टी एकीकरणपछि नयाँ ढंगले वेबसाइट बनाउने सोच बनाए पनि प्राविधिक विषय मिलाउन बाँकी रहेको उनको तर्क छ ।
कांग्रेसको वेबसाइट
-नेपालीकांग्रेस डट ओआरजी) पनि गत माघदेखि अपडेट छैन । माघ ८ गते कांग्रेसका पूर्वमहामन्त्री श्रीभद्र शर्माको निधनको विज्ञप्ति नै अन्तिम अपडेट हो । पार्टीका गतिविधिलगायत केही जान्नुपरे फोनको सहारा लिनु वा पार्टी कार्यालय सानेपा धाउनुको विकल्प छैन ।
'जमाना डब्लूडब्लूको हो तर दलहरू पछि परेका छन्,' कांग्रेस नेता एवं मन्त्री प्रकाशशरण महतले भने । उनले पार्टी एकतापछि कार्यविभाजन र जिम्मेवारी बाँडफाँड नभएकाले वेबसाइट व्यवस्थित हुन नसकेको बताए । 'जिम्मेबारी बाँडफाँड नहुँदा वेबसाइट मात्रै होइन, पार्टीका धेरै काम व्यवस्थित हुन सकेका छैनन्,' उनले भने ।
वेबसाइटको बायाँ साइटको 'बिल्डिङ' लिंक क्लिक गर्दा पार्टीको भव्य भवन देखिन्छ । तर गृहपृष्ठ उदेकलाग्दो छ ।
केन्द्रीय नेताहरूको बायोडाटा राख्न खोजिएको छ तर त्यसमा तस्बिरबाहेक कुनै विवरण छैन । 'आकर्षक वेबसाइट बनाउने प्रयास गरिरहेकाले पुरानोलाई अपडेट नगरेको हो,' कार्यालयका सहसचिव प्रकाश शर्माले भने ।
माओवादी र कांग्रेसको तुलनामा एमालेको वेबसाइट -सीपीएनयूएमएल डट ओआरजी) व्यवस्थित र आकर्षक छ । त्यहाँ १२ दिनअघिको अध्यक्ष झलनाथ खनालको पत्रकार सम्मेलनको समाचार पढ्न पाइन्छ । त्यसपछि उसले पनि अपडेट गरेको छैन ।
एमालेले पार्टी इतिहास, नेतृत्व, ऐतिहासिक दस्तावेज र नीतिगत कार्यक्रम, प्रकाशनहरू वेबसाइटमा राख्ने तयारी गरेको छ । महासचिव एवं प्रचार विभाग इञ्चार्ज ईश्वर पोख्रेलले वेबसाइट छिट्टै व्यवस्थित र जानकारीमूलक गराउने बताए । 'महाधिवेशनपछि व्यवस्थित हुन सकेको छैन,' उनले भने, 'अब छिट्टै व्यवस्थित हुनेछ ।'

इजरायलमा बिदेशी कामदार र बच्चाहरूद्वारा दॊश्रॊ चरणकॊ भब्य बिरॊध जुलुस





इजरायलमा बिदेशी कामदार र बच्चाहरूद्वारा दॊश्रॊ चरणकॊ भब्य बिरॊध जुलुस सम्पन्न
१८ जुलाइ २००९,इजरायल ।
श्याम रॊक्का (http://www.nnchautari.com/)

इजरायल सरकारद्वारा गत जुलाइ ०१ तारिखदेखि बिदेशी कामदारहरूका लागी लागु हुनेगरी सूचित गरीएकॊ नयाँ नियम बिदेशी कामदारहरू र इजरायलमै जन्मेका प्रबाशीहरूका बच्चाहरूका लागी न्यायसंगत नभएकॊ भन्दै यस्का बिरूद्दमा १८ जुलाइ ,शनिबार साँझ ७ बजेदेखि ,तेलअभिब शहरकॊ रॊसचिल्ड स्ट्रिट देखि हजारौ संख्यामा बिदेशीकामदारहरू र तिनिहरूका बालबालिकाहरू समेत संलग्न भइ हातमा ब्यानर ,पम्प्लेटहरू लिइ बाटैभरी अबॊध ,दुधे बच्चाहरू सहित साथैमा लिइ रूवाउदै ,कराउदै बिरॊध नारा लगाउदै गर्दाकॊ मर्माहत दृष्यले चाँडै नै इजरायल सरकारद्वारा बिदेशीकामदारहरू र बच्चाहरू प्रति लाधिएकॊ कठॊर नयाँ नियम परीमार्जीत गर्नेछ भन्ने आशा राख्दै इजरायलस्थित शामाजीक सेवाका संस्थाहरू, हटलाइन, काबलावभेद,इत्यादि संस्थाहरूकॊ बिशेष आयॊजनामा रॊड मार्च पास जुलुसकॊ आयॊजना गरीयकॊ थियॊ उक्त जुलुस लिबेन्स्की मार्गकॊ चिल्ड्रेन पार्कमा पुगी दॊश्रॊ चरणकॊ भब्य बिरॊध जुलुस शसक्त र सफल रूपमा प्रदर्शन गरेकॊ थियॊ ,यस जुलुसमा भाग लिनेहरूमा नेपालीहरू लगायत करीब १० भन्दा बढी मूलुकका प्रबाशीहरू रहेका थिए र यस कार्यक्रमलाइ इजरायलस्थीत सरकारी समाचारसूत्र ,बिदेशी समाचार र ब्यक्तीगत समाचार सुत्रहरूद्वारा समेत बिशेष चासॊ दिइ प्रचार प्रसारहरू गर्दै आइरहेका छन् जुलुस बिसर्जन हुने क्रमकै अन्तमा इजरायलका प्रतिपक्ष दलका ठूला नेताहरू समेत उपस्थिति भइ बर्तमान नियम परीमार्जीत हुने अ।श्वासन समेत दिएका थिए ।

अन्तमा ,यस बिरॊध जुलुस कार्यक्रमका लागी इजरायल स्थित नेपाली दुताबास र नेपाली सामाजीक सेवाका संस्थाहरूले हालसम्म न्यून मात्रामा चासॊ देखाइरहेका छन् र आशा छ ,आगामी कार्यक्रमहरूमा मानबियरूपमा भए नि केहि सहभागीता देखाउनेछन् ।