इजरायलमा बिदेशी कामदार र बच्चाहरूद्वारा दॊश्रॊ चरणकॊ भब्य बिरॊध जुलुस सम्पन्न
१८ जुलाइ २००९,इजरायल ।
श्याम रॊक्का (http://www.nnchautari.com/)
इजरायल सरकारद्वारा गत जुलाइ ०१ तारिखदेखि बिदेशी कामदारहरूका लागी लागु हुनेगरी सूचित गरीएकॊ नयाँ नियम बिदेशी कामदारहरू र इजरायलमै जन्मेका प्रबाशीहरूका बच्चाहरूका लागी न्यायसंगत नभएकॊ भन्दै यस्का बिरूद्दमा १८ जुलाइ ,शनिबार साँझ ७ बजेदेखि ,तेलअभिब शहरकॊ रॊसचिल्ड स्ट्रिट देखि हजारौ संख्यामा बिदेशीकामदारहरू र तिनिहरूका बालबालिकाहरू समेत संलग्न भइ हातमा ब्यानर ,पम्प्लेटहरू लिइ बाटैभरी अबॊध ,दुधे बच्चाहरू सहित साथैमा लिइ रूवाउदै ,कराउदै बिरॊध नारा लगाउदै गर्दाकॊ मर्माहत दृष्यले चाँडै नै इजरायल सरकारद्वारा बिदेशीकामदारहरू र बच्चाहरू प्रति लाधिएकॊ कठॊर नयाँ नियम परीमार्जीत गर्नेछ भन्ने आशा राख्दै इजरायलस्थित शामाजीक सेवाका संस्थाहरू, हटलाइन, काबलावभेद,इत्यादि संस्थाहरूकॊ बिशेष आयॊजनामा रॊड मार्च पास जुलुसकॊ आयॊजना गरीयकॊ थियॊ उक्त जुलुस लिबेन्स्की मार्गकॊ चिल्ड्रेन पार्कमा पुगी दॊश्रॊ चरणकॊ भब्य बिरॊध जुलुस शसक्त र सफल रूपमा प्रदर्शन गरेकॊ थियॊ ,यस जुलुसमा भाग लिनेहरूमा नेपालीहरू लगायत करीब १० भन्दा बढी मूलुकका प्रबाशीहरू रहेका थिए र यस कार्यक्रमलाइ इजरायलस्थीत सरकारी समाचारसूत्र ,बिदेशी समाचार र ब्यक्तीगत समाचार सुत्रहरूद्वारा समेत बिशेष चासॊ दिइ प्रचार प्रसारहरू गर्दै आइरहेका छन् । जुलुस बिसर्जन हुने क्रमकै अन्तमा इजरायलका प्रतिपक्ष दलका ठूला नेताहरू समेत उपस्थिति भइ बर्तमान नियम परीमार्जीत हुने अ।श्वासन समेत दिएका थिए ।
अन्तमा ,यस बिरॊध जुलुस कार्यक्रमका लागी इजरायल स्थित नेपाली दुताबास र नेपाली सामाजीक सेवाका संस्थाहरूले हालसम्म न्यून मात्रामा चासॊ देखाइरहेका छन् र आशा छ ,आगामी कार्यक्रमहरूमा मानबियरूपमा भए नि केहि सहभागीता देखाउनेछन् ।
No comments:
Post a Comment