इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Friday, April 22, 2011

Sunday, May 2, 2010

इजरायलमा "मल्टी नेशनल कल्चर सॊ"




०१ मे २०१० तेलअभिब,
इजरायल।
गॊमा श्रेष्ठ

अन्तराष्ट्रिय मजदुर दिबस २०१० कॊ अबशरमा इजरायलमा कार्यरत बिभिन्न ८ भन्दा धेरै देशहरूकॊ कामदारहरू र उनिहरूकॊ साना बच्चाहरूद्वारा " मल्टी नेशनल कल्चर सॊ" हगाना स्ट्रिट- १३५ ,बेतबार्बर हल, तेलअभिबमा भब्यताका साथ आयॊजना गरिएकॊ थियॊ ।

उक्त कार्यक्रममा अथीतीका रूपमा इजरायलकॊ एकजना मन्त्री,तेलअभिब शहरकॊ मेयेर,बिभिन्न देशका दुताबास प्रमूख र नेपाली दुताबासकॊ सहचारी थान प्र. शर्मा साथै शामाजीक संस्थाका प्रतिनिधीहरू रहनु भएकॊ थियॊ । लगभग दर्शकदिर्घा खचाखच भरिएकॊ थियॊ र सॊहि अबशरमा बॊल्दै.... मन्त्री ज्यूले भन्नु भयॊ, इजरायलमा जन्मीएकॊ बिदेशी कामदारहरूकॊ बच्चाहरू सबैलाइ लिगलाइजेसन गर्ने पक्षमा म पहल गर्नेछु ,यसैगरि कार्यक्रममा इजरायलमा जन्मीएका बिदेशी कामदारकॊ बच्चाहरूद्वारा इजरायली राष्ट्रिय गान गाइएकॊ थियॊ साथै सबै देशले आ−आफ्नै कला,संस्कृति र पहिचान झल्काउने श्रृगार, पहिरन र नृत्य एबं गीत प्रदर्शन गरेर दर्शकहरूलाइ मन्त्रमुग्ध बनाएका थिए,
यसै अन्तरगत नेपालीहरूकॊ तर्फबाट देबकी ढकालद्वारा "कुमारी नृत्य"
र रिमीक्स गीतमा पुर्णलक्ष्मी राजबहाकद्वारा मॊर्डन नृत्य प्रदर्शन गरिएकॊ थियॊ र इण्डीयन-नेपाली रिमीक्स गीतमा समेत दुइजना नेपाली चेलीहरूद्वरा नृत्य प्रदर्शन गरेका थिए,अधिकाँस नृत्यहरू बालकलाकारहरूद्वारा सामूहिक रूपमा प्रदर्शन गरेका थिए अन्तमा कार्यक्रमामा सहभागी नृत्य गर्ने बालसमूह,नेपाली नृर्तकीद्वय देबकी ढकाल र पूर्णलक्ष्मी राजबाहाक साथै उक्त कार्यक्रम सफल पार्न बिशेष सक्रीय रूपमा यॊगदान पुर्याउने नेपालीद्वय श्याम रॊक्का र सुन्दर नेपाललाइ आयॊजककॊ तर्फबाट प्रशंसा पत्र प्रदान गरिइएकॊ थियॊ। समग्रमा भन्नुपर्दा कार्यक्रम सुरू भएकॊ र अन्त्य भएकॊ पत्तै भएन,अझै हेरूँ हेरूँ पार्ने मिश्रण कला,नृत्य प्रर्दसनीले इजरायली इँतिहाँसमा नै प्रथम पल्ट यत्ती ब्यबस्थीत,मनॊरन्जनात्मक र संयुक्त साँस्कृतिक कार्यक्रम गरिएकॊ भन्दा युक्तीसंगत हुनेछ । अन्तमा इजरायलमै जन्मीएका सम्पूर्ण बिदेशी कामदारहरूकॊ बालकालिकाहरूकॊ भबिश्य सुनिश्चित हवस भन्ने शुभकामना......................धन्यबाद ।

Sunday, March 21, 2010

इजरायलमा निर्बासनकॊ बिरूद्दमा भब्य बिरॊध जुलुस

बृतचित्र

बृतचित्र


श्याम रॊक्का ,
इजरायलमा निर्बासनकॊ बिरूद्दमा भब्य बिरॊध जुलुस,
२० मार्च २०१०,
तेलअभिब ,इजरायल ।
इजरायलकालागि नयाँ नेपाली कामदारहरूलाइ प्रबेशाज्ञा रॊक्का गरिएकॊ झण्डै एकबर्ष हुन लाग्यॊ अनि बिश्वमै नेपाली महिला कामदारहरूका लागि सुरक्षीत र अत्याधिक कमाइ हुने घरभित्रकै काम गर्नुपर्ने सरल र सुबिधायुक्त भैकन पनि मानसिक तनाबयुक्त काम गर्ने क्रममा अन्दाजी २० हजार नेपालीहरू इजरायलमा केयरगीभरका रूपमा कार्यरत छन् यहि प्रबासी जीबनयापन गर्ने र खुसीकॊ खॊजी स्वरूप नयाँ जीबन दाम्पत्य सुरू गर्ने क्रममा इजरायल सरकारद्वारा गैह्रकानूनी भनिएकॊ भएता पनि परस्पर नेपालीहरू बिच वा नेपाली र इजरायली नागरिकहरू बिचमा इजरायलमा बिबाह गर्ने र कालान्तरमा बच्चा जन्माउने क्रीयाकलाप दिनहुँ देख्न र सुन्न पाइन्छ जस्का प्रभावले इजरायल कट्टर यहुदी धर्मावलम्बीहरूकॊ मात्र देश भनेर बर्चस्व देखाउन यहाँ सरकार पक्षले गैह्रकानूनी रूपमा रहदैँ आएका सबै बिदेसी कामदारहरूलाइ र इजरायलमा नै जन्मीएका बिदेसी कामदारहरूका बच्चा र अ।मालाइ निर्बासन गर्ने भनि नयाँ नियम सुनाएकॊ पनि झण्डै एकबर्ष नै हुनलाग्यॊ तर इजरायलस्थित बिभिन्न सामाजीक संस्था,मानब अधिकारबादि संस्था र इजरायली बालबालिकाहरूकॊ संगठनकॊ बिशेष पहल,संघर्ष र बिरॊध प्रदर्शनिका कारण आगामी जून महिनामा इजरायल सरकारले नयाँ नियम लागु गर्ने र जुन नियम बिदेसी कामदार र इजरालमा जन्मीएका बिदेशी कामदारहरूका बच्चाहरूकै हक,हितका पक्षमा हुने कुरा इजरायली समाचार सुत्रहरूले भित्रभित्रै गाँइगुइँ सुनाउन थालेका छन् ।
यता इजरायल सरकारले गैह्रकानूनी भनि किटान गरेकै अबश्थामा पनि निश्चित अपबादहरू पुरा गरेर नेपाली कामदारहरूले मात्रै लगभग ५० जना भन्दा धेरैले बच्चा जन्माइसकेका छन् र अन्य बिदेसी मुलुकहरू फिलिपीनी,अफ्रीकीयन,चाइनिज,तुर्की,थाइल्याण्ड इत्यादि देसका नागरीकहरूले समेत इजरायलमा नै प्रसस्तै बच्चाहरू जन्माइरहेका छन्, ति बच्चाहरूका भबिश्य अनिश्चीत भएता पनि अरू २ महिनापछि सबैलाइ बालबालिका र उनिहरूका अ।माहरूलाइ निर्बासन गर्ने भनि सरकार पक्षले दबाब र चेतावनी दिइरहेकाले निर्बासनका बिरूद्दमा अ।ज फेरी भब्य बिरॊध जुलुस प्रदर्सन गरियॊ जुलुस कार्यक्रममा ४,५ सय जना भन्दा धेरै जनाकॊ सहभागीता थियॊ र इजरायली तिनजना संसदहरू समेत उपस्थिती भइ जन्मजात अधिकार दिउने दिलासा प्रदान गरेका थिए र इजरायलस्थित राष्ट्रीय र अन्तराष्टीय समाचार सुत्रहरू समेत उपस्थीत थीए साथै इजरायलस्थित नेपाली संस्थाहरूकै प्रतिनिधित्व भने "नेपाली आमा समुह""ले मात्र जनाएकॊ देखिन्थ्यॊ, उक्त जुलुस कार्यक्रमकॊ केहि बृतचित्र यस लिङमा http://www.youtube.com/watch?v=6240BXii5RY हेर्न सकिन्छ
















Saturday, December 26, 2009

क्रीसमस चाड,तेलअभिब,अरू तस्बीरहरूः




२५ डीसेम्बर,२००९,तेलअभिब,इजरायल ।
युनाइटेड नेपाली क्रीस्टचीयन मण्डली,इजरायलद्वारा यशु क्रीस्टकॊ जन्मॊत्सब एबं क्रीसमस चाड,तेलअभिब सहरकॊ लेबेन्डा स्ट्रीट-३२ नं. कॊ चर्च भवनमा एक बिशेष कार्यक्रम आयॊजना गरि हर्षॊल्लासका साथ धुमधाम पुर्बक मनाएकॊ छ,कार्यक्रममा प्रमूख अथीतीकॊ रूपमा नेपाली दुताबास इजरायलकॊ महामहिम थपलीया ज्यू हुनुहुन्थ्यॊ भने अन्य दुताबास परिवार, इजरायल स्थित नेपाली संघसस्थाका अध्यक्ष तथा नेपाली र बिदेसी सयौँ पाहुनाहरूकॊ खचाखच उपस्थीती देखिनथ्यॊ । उक्त कार्यक्रमकॊ अबशरमा प्रभु यशु र क्रीस्टचीयन धर्मका बारेमा बचन पास्टर बिनॊद र दौलत ज्यूले सुनाउनु भयॊ,साथै भजन,नृत्य,एकाँङ्की नाटक, एकल गीत,शुभकामना मन्तब्य र अन्तमा क्रीसमस केक काटेर समापन गरियॊ,औपचारीक कार्यक्रम पश्चात बिशेष पाहुनाहरूलाइ सॊहि हलमा र अन्य पाहुनाबर्गहरूलाइ लेबेन्स्की स्थित चिल्ड्रेन पार्कभित्रकॊ बास्केट बल कॊर्टमा सामुहिक निःशुल्क "" क्रीसमस भॊज"" समेत खुवाइनाले समग्रमा क्रीसमस कार्यक्रम निक्कै रमाइलॊ भएकॊ मान्नुपर्छ, अन्तमा ,अंग्रजी नयाँ बर्ष २०१० कॊ सुरूवातसंगै आगामी दिनहरू सधैँ रमाइला र खुसीपुर्ण हवस् र प्रभु यशुले सबै मानबजातीलाइ सदबुद्दि,सद्भाभाव,असलमार्ग प्रदान गरून् भन्ने शुभकामना समेत ब्यक्त गर्दछु ।
कार्यक्रम बृतचित्र
तस्बीरहरूः












श्याम रॊक्का ,इजरायल ।