इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Thursday, May 28, 2009

गणतन्त्रको वर्ष दिनः के पायौँ, के गुमायौँ ?



May 29, 2009
गणतन्त्रको वर्ष दिनः के पायौँ, के गुमायौँ ?

उपलब्धिहरु
- १० वर्षे जनयुद्धकारी माओवादीलाई नौ महिने सत्ता स्वाद

- एक थान राष्ट्रपति डक्टर रामवरण यादव

- एक थान उपराष्ट्रपति परमानन्द झा

- २ थान प्रधानमन्त्री पहिलो प्रचण्ड, दोस्रो माकुने

- दर्जन थान मन्त्रीहरु

- कैयन् थान राजनीतिक नियुक्तीहरु

- नारायणहिटी राजदरवार संग्रहालयमा परिणत


खास परिवर्तन
- केही नगरपालिका, मर्ने मारिने जति सबै सहीद घोषित, सडक क्याम्पस आदिको राजाहरुसँग जोडिएका नाम रुपान्तरण

विश्वकै एकमात्र हिन्दु अधिराज्यको खारेजी

असरहरु
- २४० वर्ष लामो राजसस्थाको नागार्जुन स्थानान्तरण

- शाहवंशीय राज दरबारमा परराष्ट्र मन्त्रालय

- देशभर शसस्त्र समुहहरुको निरन्तर उदय

- थारुहट सेना ताम्सालिङ सेना लिम्बुवान खुम्बुवान सेना तराई मधेशमा दर्जनौ शसस्त्र समुहहरुको उदय आक्रमण र प्रभाव

- सीमा अतिक्रमणमा भारतीय तिव्रता

- भारतीय राकेश सुद प्रधानमन्त्रीका अघोषित सल्लाहकार

- प्रधानमन्त्री प्रचण्डका निवासमा राजदूत राकेश सूदका डेरा

- शपथ नखादै माकुनेद्वारा सूदसँग भेटघाट

- चीनद्वारा नयाँ शान्ती मैत्री प्रस्ताव चीनिया चासो तिब्र

- अमेरिका र इयू राजदूतहरु हरेक राष्ट्रिय मामलामा दावी।

- पशुपतिका मुलभट्ट नेपाली राख्ने प्रयाश विफल

- प्रधानसेनापति अबकाश प्रकरणमा कलाविहिन नाटक मंचन

- प्रचण्ड गठबन्धन सरकारको अवशान

- सत्ता राजनीति माओवादी र गैर माओवादी कित्तामा विभाजित ।

- २ ठाउँबाट चुनाव हारेका माकुने याने विवादास्पद राष्ट्रघाती महाकाली सन्धीका सूत्रधार विहार पुख्र्यौली घर भएका बाम माकुने कार्यकारी प्रधानमन्त्री

- सबैभन्दा ठूलो दल माओवादी मुख्य विपक्षी

- नेपाली गणतान्त्रिक प्रजातन्त्रको ऐतिहासिक यूगीन ठट्टा।

ज्यूँका त्यूँ
- १९ हजार बढी क्यान्टोमेन्टका माओवादी लडाकुको व्यवस्थापन समायोजन र पुर्नस्थापना जहाँको त्यही ।

- जनयुद्ध र जनआन्दोलन पीडितहरुको पीडा जस्ताको तस्तै ।

- संघीयताको मुद्दा अन्धाले हात्ती छामे जस्तै कथामा परिणत ।

- शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र नयाँ संविधान निर्माण प्रकि्रया हात्ती आयो हात्ती आयो फुस्सा।

पूर्व राजाको भूमिका
- वडो अचम्भ ! पूर्व राजा ज्ञानेन्द्र मात्रै नागरिक सर्वोच्चताका असल अनुयायी ।

- जेठ १५ को संविधानसभा घोषणानुसार जेठ २९ मा नारायणहिटी र गद्दी परित्याग

- चुपचाप र गुमनाम भूमिकामा पूर्वराजा

- भारतको तीनसाता लामो भ्रमणबाट वेवी किङको विश्लेषण ।

- पूर्व यूवराजा पारसबाट पनि गणतन्त्र स्वीकारेको खुलासा ।

- िसंगापुरे एक दैनिक मार्फत चुनाव लडेर सत्ता लिने स्वनिल घोषणा

- पूर्व राजा र राजपरिवार नै पो गणतन्त्रवादी

पृथक पहिचान
- राष्ट्रपति डा यादव विवादमा

- सेनापति प्रकरणमा अदालतका बहस पात्र

- उपराष्ट्रपतिको भुमिका नपाएको गुनासो

- हरुवा नेता कार्यकारी प्रधानमन्त्री

जनताको पोल्टोमा
- आकासिदो महंगी

- निरन्तर असुरक्षा

- ठप्प विकास निर्माण

- अभाव तनाव र दवावको नयाँ श्रृंखला

अब के होला
- गणतन्त्रको नेपाली ठट्टा त पुरा हुन बाँकी छ भर्खर सुरु भो।लाग्छ यसको आयू अरु कसैले हैन माओवादी कँग्रेस र एमालेहरुले नै छोट्याउदै छन्।दुई ध्रवीय राजनीतिले गणतन्त्रले खोजेको संस्कार परिमार्जन र विकासे परिवर्तन जति भूल्छ उती संकट बढ्छ-उही गणतन्त्रको। नेपाली गणतन्त्रले गुमायो नेपाली गान्धी।कम्तिमा गणेशमान िसंह किशुनजी मदन भण्डारी वा बाबुराम भट्टराईसम्म। तर गणतन्त्रले पलायो परमानन्दहरु माकुनेहरु। बस यिनैले खान्छन् सिध्याउँछन् गणतन्त्र। यो पक्का छ।

चाहिएको र हुनुपर्ने के
- नयाँ शीराबाट राष्ट्रिय सहमति निर्माणको विकल्प छैन ।

- असहमतलाई निषेधको राजनीतिमा पूर्ण विराम

- राजा वा राजसंस्था सहितको नयाँ मोडेलको गणतन्त्र ।

- मात्रै सास्कृतिक धार्मिक र राष्ट्र प्रमुखका रुपमा राजसंस्थाको पुर्नस्थापना

- राजसस्थालाई धार्मिक साम्प्रदायिक सास्कृतिक र सबै जातीय बर्गिए एकताका प्रतिकका रुपमा स्थापित गर्ने ।

- देखियो नी प्रचण्डको क्रान्ति देखि गिरिजाको शान्ति

- अब देश टुक्र्याउन गृहयुद्ध मच्चाउनु भन्दा नयाँ परिवेशमा नयाँ एकता सहकार्य सहमति र सहयात्रा गरे के विग्रन्छ र

- नत्र तेश्रो शक्ति जन्मिन्छ जहाँ सबैको विनास बाहेक के हुन्छ र यदि विदेशी सेना नेपाली छिरे के

- अन्तमा फेरि फेरिको गणतन्त्र दिवस म भन्दा माथि मेरो देश भन्ने व्यवहारिक अनुभूतिसाथ मनाउन पाइयोस्। थप फेरि लेखौंला।



Click here Return for home page

मन्त्रिपरिषदको पहिलो निर्णय नै नारायणहिटीसम्बन्धी किन ?

May 28, 2009
अमृत पंडित इजराइल
मन्त्रिपरिषदको पहिलो निर्णय नै नारायणहिटीसम्बन्धी किन ?
सोमबार प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिबाट ईश्वर, देश र जनता कसैको पनि नाम नलिई शपथ खाए। तत्काल उनले एमालेका दुई मन्त्री नियुक्त गरेर उनीहरुलाई पनि त्यहीँ शपथ खुवाए। त्यसपछि सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो। यो पहिलो बैठकले एउटा मात्र निर्णय गर्‍यो- त्यो हो रत्‍नपार्कमा गणतन्त्र स्तम्भ निर्माण गर्ने। यसलाई यही रुपमा प्रचार गरियो। तर वास्तवमा मन्त्रिपरिषद्ले नारायणहिटी दरबारभित्र निर्माण गर्न लागिएको गणतन्त्र स्तम्भलाई त्यहाँ नबनाउने निर्णय गरेको रहेछ। त्यसलाई चाहिँ लुकाइएको थियो। पछि मात्रै प्रधानमन्त्रीले स्वीकारे, जनताले पनि देख्‍न सकून् भनेर नारायणहिटीमा नभई रत्‍नपार्कमा बनाउने निर्णय गरिएको हो।
नारायणहिटीमा गणतन्त्र स्तम्भ निर्माण राजतन्त्रमाथि जनताको विजयको स्मरण गराउने अघिल्लो सरकारको तर्क थियो। यसै अनुसार स्मारक बनाउनका लागि बजेटसमेत निकासा गरिसकिएको थियो।

अघिल्लो सरकार कै पालामा नारायणहिटी दरबारलाई संग्रहालयका रुपमा सर्वसाधारणका लागि सार्वजनिक समेत गरिसकेको छ।

तर मन्त्रिपरिषद्को पहिलो बैठकले नै हतार हतार त्यसलाई उल्ट्याएर स्तम्भ नारायणहिटीमा नभई रत्‍नपार्कमा बनाउने निर्णय किन गरेको होला ? अचम्म ! संयोग मात्र हो कि भित्र केही संकेत लुकेको छ ?
amrit_pnd@yahoo.com

Click here for return home page

गृह प्रवेश

May 28, 2009
गृह प्रवेश
Collect By:- Amrit Pandit

प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार अपराह्नको शुभ साइतमा बालुवाटार प्रवेश गरेका छन्। ज्योतिषीको सल्लाह अनुसार बुधबारको साइतमा उनी बालुवाटार प्रवेश गरेका हुन्। तर बालुवाटारको इतिहास भने राम्रो छैन। त्यहाँ बस्ने कुनै पनि प्रधानमन्त्री पूरा अवधि टिक्न सकेका छैनन्। वास्तुशास्त्रीहरुले यसको डिजाइनै खराब भएको बताउने गरेका छन् रे। यस पटक माधव नेपाललाई वास्तुशास्त्रीहरुले सिरानी नै अर्को पट्टी फर्काउन लगाएका खबर पत्रपत्रिकामा आएका छन्।
सबै फोटो सौजन्यःरासस







Click Here For Return Home Page

सबै माग पूरा हुँदैनन्

May 28, 2009
Amrit Pandit
(amrit_pnd@yahoo.com)
सबै माग पूरा हुँदैनन्


सबै माग पूरा गर्ने भनी एउटा ‘विदेशी प्रभु’ को कम्पनीले होर्डिङ बोर्डमा विज्ञापन गरेको देखेर एक जना माओवादीलाई झोँक चलेछ क्यार। उनले गएर यस्तो नारा पोतिदिए। भयो अब ? यस्तो माग पनि कहाँ पूरा हुनु ! यही मागका कारण सरकार ढलिसक्यो ! बिचरा, भद्रकालीको आकाशे पुलमा यो विज्ञापन राख्नेले अब सच्याउने छन् होला- सबै माग पूरा हुँदैनन्।
We want Comment please give a comment thanks.




Return home page

इजरायलमा नेपालीबाट ठगिएको उजुरी

इजरायलमा नेपालीबाट ठगिएको उजुरी
From:-Kantipur Daily May28,2009
विराटनगर, आफन्तले ठगेको भन्दै इजरायलमा रहेका नेपालीले त्यहाँस्थित नेपाली दूतावासमा उजुरी दिएका छन् । झापाको ज्यामिरगढी-८ की देवी सापकोटा इजरायलमा रहेका आठजना नेपालीसँग नेपालमा रहेका आफन्तलाई त्यहाँ लगिदिने आश्वासन दिएर ठगी गरी बेपत्ता भएको उजुरीमा छ ।
आफूहरूबाट रकम ठगेर लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको टेलिफोन नम्बरमा सम्पर्क गर्दा अरूलाई फोन उठाउन लगाएर आफ्नाबारे केही नबताउन भन्ने गरेको इजरायलमा रहेकी सुनसरीको इनरुवाकी सुष्मा पौडेलले कान्तिपुरलाई टेलिफोनमा बताइन् । पछिल्लोपटक सम्पर्क भएका बेला सापकोटाले आफूहरूलाई उल्टै धम्क्याएको पौडेलले बताइन् । देवीले आफ्नाबारे सञ्चारमाध्यम वा अरू कुनै निकायमा खबर गरे नेपालमा रहेका आफ्ना बालबच्चा अपहरण गरिदिने धम्की दिने गरेको पौडेलले बताइन् ।
पौडेलसहित मन्जु शर्मा, आशा राई, टंकमाया उप्रेती, मीना लामा, उषा राई, हीरा तामाङ र सानु राईलगायतले इजरायलस्थित नेपाली दूतावासमा आफूहरू ठगिएको भन्दै देवीमाथि कारबाहीको माग गरेका छन् ।

Click Here For Return Home Page

अजब नेपाल, गजब नेपाल, भइछाडे प्रम माधव नेपाल

May 28, 2009
Collect By Amrit Israel
(amrit_pnd@yahoo.com)
अजब नेपाल, गजब नेपाल, भइछाडे प्रम माधव नेपाल

माधवकुमार नेपाल औपचारिक रुपमा प्रधानमन्त्री नियुक्त भएका छन्।
योसँगै आजसम्म कामचलाउ सरकारका रुपमा सत्तामा रहेको सबैभन्दा ठूलो दल प्रतिपक्षमा पुगेको छ। सबैभन्दा ठूलो दलसित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री कुनै पनि पद बाँकी छैन।
एमालेको नेतृत्वमा बनेको यो दोस्रो सरकार हो। पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्दा माधव नेपाल उपप्रधानमन्त्री थिए।
अहिले माधव नेपाल आफ्नो निवास कोटेश्वरमा पुगेका छन्। सभामुख राष्ट्रपति कार्यालयमा। गिरिजाप्रसाद कोइराला र केपी ओली भने कोइराला निवासमा कोकोलाई मन्त्री बनाउने भनी छलफल गर्दैछन्।
आशा गरौँ, नेपालको नेतृत्वको सरकारले देशमा अहिले छाएको असमझदारी, अशान्तिको वातावरणलाई हटाएर समझदारी र सहकार्यको वातावरण पुनः स्थापित गरी सर्वसाधारणको शान्तिको चाहना पूरा गर्नेछन्। शुभकामना !
तर चुनौति धेरै छन्, माधव नेपाल प्रधानमन्त्री बन्ने दिन आएका खबरहरु मात्रै हेर्नुस् न :
1) काठमाडौंमा जहाज र हेलकोप्टर ठोक्कियो।
2 ) जोमसोमबाट पोखरा आएको जहाजको आपतकालीन अवतरण।
3) धापासीमा प्रहरीले गोली हानी दुई जनाको हत्या।
4) चर्चमा वम विष्फोट २ जनाको मृत्यु।
5) माओवादीद्वारा जुम्लामा कांग्रेस कार्यकर्ताको हत्या।
6) आफ्नो मतको अपमान भयो भन्दै काठमाडौं क्षेत्र नम्बर दुईका जनताले कालो दिन मनाउने तयारी
अनि नवभारत टाइम्सको समाचार हेर्नुस् त-

टेलिभिजनमा देखिएको नयाँ प्रधानमन्त्री माधवकुमार नेपालको अनुहार। निर्वाचनपछि फूलमाला लगाएर एउटा उत्सव जस्तो स्थिति त्यहाँ देखिएको थियो-
Do't forget to write Comment Thanks

Click Here for return home page

माकुने सूद जात्रा (व्यंग्य-तस्वीर)

May 28, 2009
Collect by Amrit, Isrl
माकुने सूद जात्रा (व्यंग्य-तस्वीर)
जनताबाट ठाडै बहिष्कृत माकुने सूदलाई भारतको ठाडो हस्तक्षेपमा प्रधानमन्त्री बनाई “प्रतिक्रान्ति”लाई मूर्तरुप दिइएको दिन हो आज ९ जेठ २०६६ का दिन। यसलाई “माकुने सूद जात्रा” नाम दिएको छु मैले। रबरस्ट्याम्प राष्ट्रपतिले सेनासँग साँठगाँठ गरी जननिर्वाचित सरकार ढालेर एउटा हरुवालाई राज्यको कार्यकारी प्रमुख प्रधानमन्त्री बनाइएको छ। नेपाली जनमतलाई तहसनहस पारिएको यस खेलमा प्राकृतिक श्रोत भारतलाई सुम्पिनेदेखि बेबी-किङ् ब्युँताउनेसम्मका अराष्ट्रवादी र गैरलोकतान्त्रिक षडयन्त्रहरू लुकेका छन्। प्रतिक्रान्तिकारी माकुने सूदहरूलाई बिभिन्न शैलीमा नंग्याउने क्रममा केही व्यंग्य तस्वीर बनाएको छु।
यी तस्बीरहरुलाई अमृत पंडित (नमस्ते नेपाल चौतारी का सस्थापक) मार्फ़त पथायाको छू यदि तपैका पानी यी तस्बीर माँ कही जिज्ञासा भये अबस्य लेख्नु होला धन्यवाद








click here back to home page

Friday, May 15, 2009

वार्षिक २० हजार विद्यार्थी विदेश पलायन

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम -
संवाददाताराजनीतिक अस्थीरता बन्द हड्ताल असुरक्षा लगायतका कारणले वार्षिक २० औं हजार विद्यार्थी उच्च अध्ययनका लागि विद्यार्थीहरु विदेशमा अध्ययनका लागि जाने गरेका हुन्छन् । अध्ययनका लागि विदेश गएका विद्यार्थीमध्ये अधिकांश उतै बसोबास गर्छन । विदेशमा नै अध्ययन गरेकाले राम्रो रोजगारी पाउछन् ।शिक्षा मन्त्रालयका अनुसार उच्च शिक्षा अध्यायन गर्न वार्षिक २० हजारभन्दा बढीले सहमतीपत्र लिने गरेका हुन्छन । चालु आर्थिक वर्षमा हालसम्म १९ हजार विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेश जान शिफारिस लिएका छन् । गत बर्ष २१ हजार ३५ जनाले मन्त्रालयबाट यस्तो पत्र लिएका थिए ।
अध्ययनका लागि विदेश जानेमध्ये आधाभन्दा बढीको गन्तव्य अस्ट्रेलिया हुने गरेको छ । यस वर्ष विदेश जान नो अब्जेक्सन पत्र लिनेमध्ये नौ हजार सात सय ५८ जनाले अस्टे्रलिया रोजेका छन् । दोस्रो गन्तव्यका रुपमा अमेरीकाका लागि दुई हजार आठ सय बेलायतका लागि एक हजार आठ सय ४९ साइप्रसका लागि एक हजार एक सय ३८ र जापानको लागि ६ सय ९६ जनाले पत्र लिइसकेका छन् ।
शान्ति सुरक्षाका कारण नेपालमा उच्चशिक्षाको अवस्था खस्कँदै गएपछि विदेश अध्ययनका लागि जाने विद्यालर्थीको खंख्या बढेको हो । राजनीतिक अन्योलका कारण विद्यार्थी विदेशिन बाध्य छन् । वार्षिक ३५ हजारले स्नातक उत्तीर्ण गरे पनि स्वदेशमा दुई हजारले मात्र रोजगारी पाउछन् ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

बारामा महिलालाई जिउदै जलाउने प्रयास

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम -
संवाददाताबारामा गए राति एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास असफल भएको छ । बारा जिल्लाको छतवा गाविस वडा नम्बर ९ की ६० वर्षिया रेखा साह तेलीलाई जलाएर मार्ने प्रयास भएको हो ।पैसा सापट नदिएको झोंकमा स्थानीय राजेन्द्र महतो र राजदेव महतोले घरमै सुति रहनु भएकी साहलाई जिउमा मटि्टतेल खन्याएर आगो लगाई मार्ने प्रयास गरेका हुन । आगोले जलेर गम्भिर घाइते हुनु भएकी साहको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको ।
साहसंगै आगोले पोलेर घाइते भएका उहाँका २२ वर्षिय नाती विनोदप्रसाद साहको कलैया अस्पतालमा उपचार भइरहेको छ । घाइते साहको दुवै हत्केला जलेर क्षतविक्षत भएको छ । आगो लगाएर मार्ने प्रयास गरेका आरोपित दुवै जना फरार रहेको प्रहरीले जनाएको छ ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

२ करोडको ढगी गरी गाविस अध्यक्ष फरार

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम
- संवाददातापश्चिम चितवन स्थित गितानगर गाविसका पूर्व गाविस अध्यक्ष मणीराज श्रेष्ठ २ करोड भन्दावढी रकम ठगी गरेर परिवार सहित भागेका छन् ।
विश्वास गरेर राख्न दिएको दुई सय भन्दा बढी किसानको २ करोड २७ लाख रकम लिएर श्रेष्ठ राजधानी गएर बसेको स्थानिय वासिन्दाले बताएका छन् । उनले २०१७ सालदेखि गाउँलेको रकम विश्वासका भरमा राख्दै आएका थिए । श्रेष्ठ ५ महिना अघि गाउँलेलाई थाहा नदिई परिवार सहित भागेका हुन् ।भाग्नु अघि उनले आफ्नो नाममा रहेको गाउँकै १५ कठ्ठा जग्गा छोरा अर्जुन श्रेष्ठको नाममा पास गरेको गाउँलेले जानकारी दिएका छन् । श्रेष्ठले विश्वासको भरमा गाउँलेको धान,मकै लागयतका खाधान्न समेत राख्ने गरेका थिए ।यसरी ठगिनेहरुमा हरिमाया अधिकारीको ७ लाख, रामराज न्यौपानेको ५ लाख, उदय तिवारीको ४ लाख, होमनाथ न्यौपानेको ४ लाख, पदमराज ढकालको साढे ५ लाख ,शालिकराम पोखरेल ४ लाख, सुरेन्द्र कल्याण ढकाल साढे दुईलाख रहेका छन् ।
त्यसैगरि विष्णुभक्त अधिकारी ३ लाख,बासुदेव तिवारी साढेदुईलाख,एकनाथ न्यौपाने ३ लाख, खेमलाल गौतम साढे २ लाख,नानी मैया पौडेल साढे ३ लाख, रामपियारी गुरुङ साढे २ लाख,कृष्णदेव अधिकारी ३ लाख, पुष्प न्यौपाने ३ लाख, गोविन्द न्यौपानेको ३ लाख ठगिएको छ । त्यस्तै डील्लीराम तिवारी ५ लाख, ऋषीराम तिवारी साढे दुईलाख,सीता लामिछाने साढे ३ लाख लगायत २ सय बढी किसानको नगद रकम श्रेष्ठले ठगी गरेका हुन । रकम फिर्ता गर्न पटक पटक गाउमै समिति बसेर पहल गरेपनि अहिलेसम्म रकम फिर्ता नभएपछि संघर्ष समिती गठन गरी पहल शुरु गरेको समितिक संयोजक नन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
यसअघि रकम फिर्ता गराउन ४ महिना अघि गाउँकै केदार कोइराला र काशीराज श्रेष्ठको मध्यस्थमा ठगी गरेर भागेका श्रेष्ठको गाउँ स्थित २ वटा घर र १८ कठ्ठा जग्गा गाउलेलाई दिने कुरा उठेपनि पछि उनीहरुले नै पहलका लागी आएका श्रेष्ठका छोरा अर्जुन श्रेष्ठलाई समेत भगाइएको स्थानिय वासिन्दाले बताएका छन् । अर्जुन समेत भागे पछि मध्यस्थकर्ताहरुले अब आफुहरुले सो रकमका सम्बन्धमा केही गर्न नसक्ने भन्दै पन्छिएको स्थानिय वासिन्दा बताउछन् ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

पदको लोभमा हैन, : ओली

नेकपा एमालेका बरिष्ठ नेता केपि शर्मा ओलीले पदको लोभमा नभई परिस्थितीका कारण वर्तमान अवस्थामा नेकपा एमालेले सरकारको नेत्रित्व गर्ने लागेको बताउनु भएको छ ।प्रजातान्त्रिक राष्ट्रिय युवासंघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै राजनितिक जटिलताको निकासका लागि आफुहरुल् आफ्नो नेत्रित्वको सरकार गठनमा जोड दिएको बताउनुभयो ।
नेता ओलीले आफुहरु राष्ट्रिय सरकारको पक्षमा रहेको भएपनि नेकपा माओवादी त्यसको बाधक बनेको बताउनुभयो । यद्यपि अन्यदकहरुसँग सहमति कायम गरी बहुमत जुटाएर सरकारको गठन गर्ने उहाँको भनाई थियो ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्