इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, April 19, 2009

स्वरोगार कार्यक्रममा राजनीतिक हस्तक्षेप : जोशी

सुर्खेत, वैशाख ५,
(नागरिक)- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारले घोषणा गरेको स्वरोजगार कार्यक्रममा राजनीतिक हस्तक्षेप भएको आरोप लगाएका छन्।शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै जोशीले यस्तो आरोप लगाएका हुन्। कुन राजनीतिक दलले हस्तक्षेप गर् यो भन्नेचाहीँ उनले खुलाएनन्।स्वरोजगार कार्यक्रमका लागि फारम भर्न न्यूनतम १८ देखि अधिकतम ५० बर्ष उमेर तोकिए पनि राजनीतिक पहुँचलाई प्रयोग गरी १६ देखि ८२ बर्षसम्मका व्यक्तिले फारम भरेको जोशीको भनाई छ। उनले भने 'आमनेपालीको साझा कार्यक्रमलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी सफल बनाउन हामी सबै सचेत हुनैपर्छ।' स्वरोजगार कार्यक्रम सीप सिकेर रोजगारी गर्न सक्नेका लागि ल्याइएकोले अयोग्य व्यक्तिलाई छनौट गर्न नहुनेमा उनले जोड दिए।सरकारद्धारा संचालित तालिम कार्यक्रमहरु तालिममै सीमित हुने भएकोले पनि स्वरोजगार कार्यक्रममा उद्योग वाणिज्य संघ प्रत्यक्ष संलग्न भएको अध्यक्ष जोशीले स्पष्ट पारे। उनले भने 'यदि स्वरोजगार कार्यक्रम राजनीतिक हस्तक्षेपको सिकार भएन भने हजारौँ नेपाली नागरिकलाई रोजगार वा वेरोजगार बनाउन सकिन्छ।'कार्यक्रममा महासंघका उपाध्यक्ष भाष्करराज कर्णिकारले नयाँ बन्ने संविधानमा स्वतन्त्रतापूर्वक व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरिनुपर्ने बताए। निजी क्षेत्रलाई अग्रस्थानमा राखेर योजना तय गर्न उनले सरकारलाई सुझाब दिए।

Wednesday, April 15, 2009

युटीएलबाट फोन गर्न मिनेटको ६० पैसा

काठमाडौं, वैशाख २ (दैनिकी)- युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को फोनबाट राति कुराकानी गर्दा मिनेटको ६० पैसा मात्र लाग्ने भएको छ। यो फोनबाट राति १० बजेदेखि भोलीपल्ट बिहान ६ बजेसम्म कल गर्दा मिनेटको करबाहेक ६० पैसा मात्र ग्राहकले महसुल तिर्नुपर्नेछ। यो महसुल युटीएलको फोनबाट युटिएलमै कल गर्दामात्र हो।युटीएल नेपालमा टेलिफोन सेवा सुरु गर्ने नेपाल टेलिकमपछिको निजी क्षेत्रको पहिलो कम्पनी हो। यसमा भारतीय लगानी छ। युटीएलले वैशाख १ गतेबाट लोकल र एसटिडी दुवै किसिमको कलको महसुल घटाएको छ।युटीएलबाट युटीएलकै नेटवर्कभित्र अरु समयमा लोकल कल गर्दा ८० पैसा मात्र महशुल लाग्ने गरेको छ। एउटै अाचलभित्र युटीएलबाट युटीएल नेटवर्कभित्रको फोनमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ मात्र लाग्छ।कम्पनीले युटीएलबाट युटीएल नेटवर्कमा देशभित्रै एसटीडी कल गर्दा लाग्ने महशुल प्रतिमिनेट ३ रुपैयाँ करबाहेक बाट घटाएर सामान्य समयका लागि २ रुपैयाँ तथा राति १० बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि १ रुपैयाँ कायम गरेको छ।त्यसैगरी युटीएलबाट स्पाइस नेपालको मेरो मोबाइलमा स्थानीय कल गर्दा लाग्ने महशुल प्रतिमिनेट २ रुपैयाँबाट घटाएर १ रुपैयाँ ५० पैसा कायम गरेको कम्पनीले जनाएको छ। मेरो मोबाइलमा एसटीडी कल गर्दा लाग्ने प्रतिमिनेट महशुल २ रुपैयाँ ५० पैसाबाट घटाएर २ रुपैयाँ कायम गरिएको छ।युटीएलबाट नेपाल टेलिकमको मोबाइल फोनमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँमात्र लाग्छ। नेपाल दूरसाचार प्राधिकरणको निर्देशिकाअनुसार प्रतिमिनेट १ रुपैयाँ ३० पैसासम्म महशुल लगाउन पाउने अधिकार कम्पनीसँग थियो । कम्पनीले १ रुपैयाँ मात्र महशुल लगाएको हो ।त्यस्तै युटीएलबाट टेलिकमको नेटवर्कमा एसटीडी कल गर्दा ४ रुपैयाँ लाग्ने गरेकोमा घटाएर ३ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

Monday, April 6, 2009