इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Friday, September 4, 2009

पारस यसो भन्छन्


भारतीय सञ्चारमाध्यमहरुले, विशेष गरी टिभीहरुले एकै समयमा एकै खालका समाचार प्रसारण गरी आफूलाई लगाइएको आरोपको खण्डन गरेका छन्। यसअघि पत्रकार सम्मेलनै गरी खण्डन गर्ने कि वक्तव्य मात्र निकाल्ने भन्ने सम्बन्धमा पारस निकटकाले सरसल्लाह गरेका थिए। अन्त्यमा, पत्रकार सम्मेलन गर्दा पुराना कुराहरु पनि कोट्याएर अलमलमा पार्न सक्ने हुनाले वक्तव्यबाट मात्रै खण्डन निकाल्ने निधो हिजो बल्ल भएको थियो। यही अनुरुप एक राजावादी पत्रकारले ड्राफ्ट गरेको वक्तव्य पारसलाई देखाएपछि हिजो राति केही सञ्चारमाध्यमहरुमा फ्याक्सबाट पठाइएको थियो।
नेपालको तरल राजनीतिक अवस्थामा पूर्व युवराजमाथि भारतीय सञ्चारमाध्यमहरुद्वारा लगाइएको नियोजित जस्तो देखिने आरोपका कारण जसले यो षड्यन्त्र रचेको हो, त्यो बुमर्‍याङ भएर उतै फर्किएको देखिएको छ। अधिकांश नेपालीले पारसले दाउडसँग मिलेर भारतमा नक्कली नोटको कारोबार गरेको भनी बिना प्रमाण हचुवा तालमा लगाइएको आरोपलाई विश्वास गरेको देखिएन। यसले नेपालीको मनमा गढेर बसेको भारतविरोधी भावनालाई झन् भड्काउने काम मात्र गरेको देखिन्छ।
पारसको वक्तव्यमा के छ त ?



केही भारतीय स‌ंचारमाध्यमहरुमा फेरी एक पटक मेरो नामा जोडेर मेरो विरुद्ध नेपाली जनमानसमा भ्रम र दुराशय फैलाउने उद्देश्यका साथ सम्प्रेषित समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
अहिले पुनः म माथि केही भारतीय सञ्चारमाध्यमहरु र तिनकै हवाला दिँदै केही स्वदेशी सञ्चारमाध्यमहरुद्वारा लगाइएका कपोलकल्पित मनगढन्त र विद्वेषपूर्ण समाचारहरु नेपाली जाति विरुद्ध विदेशी भूमिबाट पटकपटक गरिने लान्छनायुक्त प्रचारवाजीकै एक सुनियोजित कडी मात्रै हो भन्ने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई विदित्तै छ ।
मैले एक साधारण नेपाली नागरिकको हैसियतले आफ्नो दायित्व र जिम्मेवारी बहन गरिरहेको वर्तमान अवस्थामा नेपालको तरल राजनीतिक परिस्थितिको फाइदा उठाउँदै विदेशी भूमिबाट मेरा विरुद्ध लगाइएको आरोपको म खण्डन गर्दछु ।
नेपाल लगायत विश्वका जुनसुकै भागमा सामान्य नागरिकको जीवन बिताइरहेका नेपाली नागरिकहरुमाथि मलाई जसरीनै लाञ्छना र दुराशययुक्त आरोपहरु लगाइँदा राज्यले नेपाली नागरिकको हक अधिकारको संरक्षण गर्ने आफ्नो सर्वप्रमुख दायित्व निर्वाह गर्नेछ भन्ने कुरामा पनि म त्यतिकै विश्वास राख्दछु।
पारस शाह

सिन्को भाँच्न सक्या हैन माकुनेले

जुन संवेदनशील मुद्दाहरु उठाएर कँग्रेस एमाले लगायतको गठबन्धनले नेकपा माओवादीलाई सत्ताच्यूत गरेको थियो त्यही विन्दु र मुद्दाबाटै माधवकुमार नेपाल नेतृत्वको गठबन्धन सरकारको पतन प्रारम्भको संकेत देखिएको छ। संविधानसभा चुनावमा जनताको शानदार झापु खाएका माकुने जस्केलाबाट संविधानसभाका सभासद् हुँदै प्रधानमन्त्री बन्न सके। तत्कालिन राजा ज्ञानेन्द्रसँग विन्ति पत्र हाल्दा पनि प्रम हुन नपाएका माकुनेले चुनाव हारेर पनि प्रम बन्ने तृष्णा त पूरा गरे। तर, प्रचण्डको बदली गर्ने शासकीय क्षमता प्रदर्शन गर्न सकेनन। सय दिनमा माकुनेले सयौँ रिवन काटे, कयौं ठाउँ भ्रमण गरे, हिन्दुस्तानको दर्शन गरे। आफू सहित ४२ बेकम्मा राजनीतिक नेतालाई मन्त्री बनाए तर प्रचण्डसत्ता ढाल्दाका सबै मुद्दा ज्यूँका त्यूँ राखिरहे।