इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Wednesday, March 25, 2009

सुझाव संकलन आँखामा छारो हाल्ने अभ्यास हो र?

झारा टराइ!
प्रश्नावली तयारीमा भएको त्रुटि र व्यवस्थापनमा भएको कमजोरीका कारण सुझमव संकलन कार्य झाराटराइमा सीमित हुन पुग्यो। सुझाव संकलन गर्न जिल्लामा गएका अधिकां‌श सभासदले औपचारिकता पूरा गरेर राजधानी फर्कन थालेका छन्। सुझाव संकलन कार्य सुरु भएपछि सुदूर पश्चिम र तराईमा भएको आन्दोलनका कारण कार्यक्रम यसै प्रभावित भएको थियो।
सुझाव स‌ंकलनका लागि प्रश्नावली बनाउँदा सम्बन्धित विशेषज्ञको सहयोग लिइएको भए पछि देखापरेका थुप्रै समस्याहरू सम्भवतः आउने थिएनन्। संकलित सुझावको सार निकाल्नका लागि पनि सभासद् वा कर्मचारीलाई जिम्मा दिनुको साटो विशेषज्ञको सहयोग लिइएमा बढी यथार्थ प्रतिवेदन तयार हुने छ।त्यसमाथि मदेसी जनअधिकार फोरमजस्तो राजनीतिक दलले त आफ्ना सदस्यहरूलाई बीचैमा फिर्ता पनि बोलायो। घरपायक नपरेको वा दूर्गम ठाउँमा जानु परेकाले पनि कतिपय सभासदले असन्तुष्टि प्रकट गरेका थिए। यसैले निकै महत्त्वपूर्ण र गम्भीर रूपमा सम्पादित हुनुपर्ने सुझाव स‌कलन कार्य अन्नतः झारा टराइ हुन पुग्यो।सुझाव स‌ंकलनका लागि सभासद्हरूले प्रयोग गरेका प्रश्नावली सामान्य जनताका लागि अत्यन्त कठिन र लामो भएको गुनासो प्रश्नकर्ता र उत्तरदाता दुवै पक्षले गरेका थिए। जटिल शब्दहरू प्रयोग गरिएका लामा प्रश्नावली सामान्य जनताका लागि सहज नलाग्नु अस्वाभाविक होइन। यस्तो अवस्थामा उत्तरदाताले मनको कुरा भन्नुभन्दा सिकाइएको वा खोजिएको उत्तर दिएर पन्छन खोज्छन्। त्यसले सुझाव संकलनको मूल उद्देश्य पूरा भने हुँदैन।
नयाँ संविधान निर्माणमा सामान्य जनताका अभिमतलाई स्थान दिन र सुझाव संकलन कार्यमा भएको धनजनको लगानीलाई सार्थक बनाउनुपर्छ। कम्तीमा पनि सुझावहरूको सार त सार्वजनिक गर्नैपर्छ। सुझाव संकलन झारा टराइ मात्र हैन होला नि!सुझावका लागि तयार गरिएको प्रश्नावली एकै बसाइमा भर्न पनि नसकिने प्रकारको भएकाले घरमा लानेहरूको संख्या निकै हुनुपर्छ। त्यसरी लगिएको प्रश्नावली अत्यन्त थोरैले मात्र फिर्ता बुझाएका रहेछन्। सुझाव संकलन गर्न सुर्खेत आएको टोली नं २९ ले वितरण गरेका र संकलन भएका प्रश्नावलीको संख्याले यसलाई पुष्टि गरेको छ। प्रश्नावली जनताको चेतना र शिक्षाको स्तरअनुरूप नभएका कारण सुझाव संकलन अभियान निरर्थक भएको उत्तरदाताहरूले ठानेका छन्। हुनत, सुझाव संकलनका लागि गएका टोलीले स्थानीय स्थानीय अगुवाहरूसँग अन्तर्क्रिया पनि गरेका छन्। तर, यस्ता अन्तर्क्रियामा राजनीतिक निषेध र भेदभाव भएको आरोप पनि लागेको छ। यसैले टिपोट गरिएका सुझावहरूको विश्वसनीयतामा प्रश्न गर्ने पर्याप्त कारण देखिन्छ। सभासद्हरूले गर्ने टिपोट बढी न‍ै राजनीतिक आग्रह प्रेरित हुने भएकाले जनमत सहीरूपमा व्यक्त नहुने जोखिम पनि उत्तिकै छ। त्यसै पनि सभासदहरू जनमत संकलनका लागि उपयुक्त जनशक्ति होइनन्। उत्तरदाताको मनको कुरा बुझ्ने र त्यसलाई नबंग्याइ वस्तुगतरूपमा अभिलेखन गर्ने कौशल सभासदमा नहुनु अस्वाभाविक पनि होइन। यद्यपि, पदेन विद्वान् ठानिने नेपाली संस्कारले सभासद्हरूलाई आफूहरू सुझाव संकलनका लागि उपयुक्त र योग्य जनशक्ति नभएको स्वीकार गर्न गाह्रो लाग्ला। सुझाव स‌ंकलनका लागि प्रश्नावली बनाउँदा सम्बन्धित विशेषज्ञको सहयोग लिइएको भए पछि देखापरेका थुप्रै समस्याहरू सम्भवतः आउने थिएनन्। संकलित सुझावको सार निकाल्नका लागि पनि सभासद् वा कर्मचारीलाई जिम्मा दिनुको साटो विशेषज्ञको सहयोग लिइएमा बढी यथार्थ प्रतिवेदन तयार हुने छ। यद्यपि, यस्ता कामहरू देखाउन र औपचारिकता पूरा गर्नका लागि मात्रै हुने गरेका छन्। तैपनि नयाँ संविधान निर्माणमा सामान्य जनताका अभिमतलाई स्थान दिन र सुझाव संकलन कार्यमा भएको धनजनको लगानीलाई सार्थक बनाउनुपर्छ। कम्तीमा पनि सुझावहरूको सार त सार्वजनिक गर्नैपर्छ। सुझाव संकलन झारा टराइ मात्र हैन होला नि!

प्रधानमन्त्री पुत्रद्वारा रक्सी नपिएको दाबी

प्रधानमन्त्रीका छोरा प्रकाशको वक्तव्यसहित
काठमाडौं, चैत १२
प्रधानमन्त्रीको स्वकीय सचिवालयका कम्प्युटर अपरेटर एवं एकीकृत नेकपा माओवादीका कार्यकर्ता प्रकाश दाहालले मंगलबार नेपाल समाचारपत्रमा प्रकाशित समाचारलाई खण्डन गर्दै आफूले रक्सी सेवन नगरेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशले बुधबार आफ्नो फेसबुक मार्फत जारी वक्तव्यमा थकानका कारण कुर्चीमा निदाएको वखत आफ्नो फोटो खिचेर पत्रकारले बदनाम गरेको आरोप लगाएका छन्। यसअगाडि मंगलबार समाचारपत्र मार्फत पार्टीको आचारसंहिता विपरीत प्रकाशले मदिरा सेवन गर्ने गरेको खुलासा भएको थियो। प्रधानमन्त्री दाहाल सहभागी भएको कार्यक्रमस्थल धुलिखेलको एउटा रिसोर्टमा आइतबार मदिरा सेवनबाट लठ्ठिएको अवस्थामा प्रकाश भेटिएपछि त्यस्तो खुलासा भएको थियो।
प्रकाशले कहिलेकाहीँ मदिरा पिउने गरेको तर बेहोसै हुने गरी पिउने बानी भने उनको नभएको प्रधानमन्त्री कार्यालय स्रोतले दावी गरेको छ।
माओवादीले आचारसंहिता बनाई कुनै पनि नेता तथा कार्यकर्तालाई मादक पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रकाश माओवादी मुख्यालयको काम गर्ने जिम्मेवारी पाएका कार्यकर्ता हुन्।
स्रोतको दाबी अनुसार सोमबार धुलिखेलमा प्रकाशले बेहोस हुने गरी मदिरा सेवन नगरी हल्कामात्र सेवन गरेका थिए। ´जस्तो समाचार आयो त्यस्तो होइन। अलिअलि जाडो थियो। उनले रिसोर्ट नभई बाहिर मदिरा सेवन गरेका हुन्। छेउमा रहेको आगो ताप्दै गर्दा उनी कुर्सीमा झुलेकामात्रै हुन्´, प्रकाशसँगै दैनिक कार्य गर्दै आएका एक सहकर्मीले भने।
प्रकाश प्रधानमन्त्री दाहालका पुत्र हुन्। बुबासँगै धुलिखेल पुगेका प्रकाश सञ्चो नभएकाले आगो ताप्दै गर्दा निदाएको दाबी प्रधानमन्त्रीका एक अंगरक्षकले गरे।
´हामीसँग उनले एउटा फ्रुटीमात्र खाएका थिए। उनलाई ज्वरो आएको थियो। धेरैबेर आगो तापेपछि उनी त्यहीँ निदाएका हुन्´, ती अंगरक्षकले भने।
उपकुलपतिहरुसँग भित्र लामो समयसम्म बैठक चलेका कारण बाहिर कुरेर बस्दा निदाएको दाबीसमेत ती अंगरक्षकले गरे। ´पार्टीमा नखाने कुरा त भएन। तर, त्यस्तो भएको बेला पत्रकारहरूलाई भित्र छिर्न दिन्नौं´, उनले भने।
प्रधानमन्त्रीका छोराद्वारा जारी विज्ञप्तिको पूर्ण विवरणराज्यको चौथो अङ्ग मानिएको सञ्चार जगतको म सधैं आदर र सम्मान गर्दछु। हिजो प्रकाशित समाचारपत्र दैनिकमा ‘प्रधानमन्त्री पुत्र मदिरामा मस्त’ भन्ने शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकृष्ट भएको छ। धुलिखेल रिसोर्टमा म गएको सत्य हो। सिमसिमे पानी परिरहेकाले चिसो बढिरहेको थियो। आगो ताप्ने व्यवस्था भएकाले आगो ताप्दै हामी बसिरहेका थियौं। बिहानैदेखि बेलुकीसम्म काममा खटिरहनु पर्ने भएकाले मलाई थकाइको महसुस भएको थियो। डिनर खाने बेलामा म पहिल्यै खाएर आगो ताप्न आइसकेको थिएँ। अरु साथीहरु डिनर खान जानुभएकोले म मात्रै बसिरहेको थिएँ - आगोको छेऊमा। आगोको तापले म झकाउन पुगेछु। त्यही मौका छोपी केही पत्रकार मित्रहरुले मेरो तस्वीर लिन तँछाडमछाड गर्नुभएछ। मलाई देख्‍ने केही साथीहरुले निदाएको अवस्थाको तस्वीर किन लिनुपर्‍यो पनि भन्नुभएछ। हल्लाखल्ला सुरु भएपछि म उठेँ र के भयो भनेर साथीलाई सोधें। मेरो तस्वीर लिइसकिएको रहेछ। यदि म मदिरामा लठ्ठ भएको भए मैले मदिरा खाइरहेको तस्वीर नै हालेर पुष्टि गरिदिएको भए पाठकहरु प्रति न्याय हुने थियो। म विनम्र आग्रह गर्दछु, त्रिपुरेश्वरको चित्रकला प्रदर्शनी अवलोकन गरेपछि गाडी चलाउँदै धुलिखेलसम्म पुगेँ। धुलिखेलको कार्यक्रमपछि पनि मैले नै गाडी चलाएर कार्यालय पुगेको हुँ। यदि तपाईले खिचेको तस्वीर मदिरा खाएर मस्त भएको अवस्थामा भएको भए भोलि पल्टसम्म पनि उठ्न सक्ने थिइन र गाडी चलाउन सक्ने पनि थिइन।प्रेसको सँधै सम्मान गर्ने तपाईंको एउटा पाठकलाई यसरी किन खेद्‍नु हुन्छ ? मैले बुझ्न सकेको छैन। यस्तो भ्रामक समाचारको विश्वासमा नपर्न म समस्त शुभचिन्तकहरुमा आग्रह गर्दछु।प्रकाश दाहालबालुवाटार, काठमाडौं ।

निजीका विद्यार्थीलाई आफ्नै स्कूलमा एसएलसी

पाँच प्रतिशत कर अभिभावकले होइन विद्यालयले नै तिर्नुपर्छ– अर्थमन्त्री रुबी रौनियार,काठमाडौं, फागुन ३० पाँच प्रतिशत शैक्षिकसेवा शूल्क कर तिर्ने विषयमा सरकार र निजी विद्यालयबीच चलेको विवादले एसएलसीका विद्यार्थीलाई असर नपर्ने बचन अर्थमन्त्रीले दिएका छन्। यो वर्षको एसएलसी चैत १२ गतेबाट सुरु हुँदैछ भने करलाई लिएर एसएलसी रोक्ने सरकारी भनाइले गर्दा निजी विद्यालयका विद्यार्थीमा त्रास फैलिएको थियो। ´उनीहरुले आफ्नै विद्यालयबाट एसएलसी दिन पाउने छन्´ त्रिविवि केन्द्रीय क्याम्पसको चुनावी सभालाई सम्वोधन गर्न पुगेका मन्त्री डा.बाबुराम भट्टराइले दैनिकीलाई भने, ´ढुक्क भए हुन्छ।´ आफ्ना भनाइका क्रममा अर्थमन्त्रीले यो कर अभिभावकलाई नभइ सम्वन्धित विद्यालयलाई नै बोकाउन खोजेको समेत स्पष्ट पारे। ´यो थप कर पनि विद्यालयले नै उनीहरुको कमाइबाट दिने हो´ उनले भने, ´उनीहरुले प्रचार गरेजस्तो अभिभावकलाई अतिरिक्त भार होइन यो।´ तर साना र भर्खरै खोलिएका निजी स्कूलका हकमा भने अभिभावकसँग समन्वय गरेर कसरी संगै जान सकिन्छ भन्ने तर्फ सोचिए सरकारलाई आपत्ति नरहने समेत उनले स्पष्ट पारे। अहिले सम्पूर्ण निजी विद्यालयलाई एसएलसी दिन लगाए पनि कर नतिर्नेलाई परिक्षा समाप्त भएपछि कारवाही गरिने समेत उनले उल्लेख गरे। करलाई कसरी सहज रुपमा तिर्ने भन्ने बारेमा भने निजी तथा आवासीय विद्यालयहरुका संगठन प्याब्सनका अध्यक्ष भोजबहादुर शाहसँग प्रस्ताव माँग गरिएको समेत अर्थमन्त्रीले बताए।

पहिलो दिनको एसएलसी सकियो

उच्च शिक्षा प्रवेशका लागि खुडकिलो मानिएकोएसएलसी परीक्षाको पहिलो दिन बुधबार सामान्य घटनाबाहेक शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। यस वर्ष नियमिततर्फ तीन लाख ६४ हजार पाँच सय ९१ र एक्जाम्टेडतर्फ ४७ हजार चार सय ९० परीक्षार्थीले परीक्षा फर्म भरेका थिए। यसका लागि परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले एक हजार चार सय पाँच परीक्षा केन्द्र तोकेको छ।
यस वर्षको परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट २७ हजार ६ सय ८४ र सबैभन्दा कम मनाङ जिल्लाबाट ५६ जना विद्यार्थीले फर्म भरेका थिए।यसैगरी २२ वटा खुला विद्यालयका विद्यार्थीसमेत परीक्षामा सहभागी भएकोपरीक्षा नियन्त्रण कार्यलयले जनाएको छ। यस वर्ष कोरियाली छात्रा रिमसोहेले पनि परीक्षा दिइन।
बिहान आठ बजेदेखि सुरु भएको तीन घन्टाको परीक्षामा यस वर्ष पनि अपाङ्गका लागि डेढ घन्टा समय थप गरिएको छ।
एक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्षका दरले एक हजार चार सय पाँचजना केन्द्राध्यक्ष, तीन सयभन्दा बढी परीक्षार्थी भएको केन्द्रमा दुई र सोभन्दा कम परीक्षार्थी भएको केन्द्रमा एकजनाका दरले सहायक केन्द्राध्यक्ष खटिएका थिए।
त्यसैगरी २५ परीक्षार्थी बराबर एक जना निरीक्षक, ७५ परीक्षार्थीबराबर एक पियन र एक परीक्षा केन्द्रमा कम्तीमा १० जना प्रहरी खटाइएको थियो।
नवलपरासी आज पनि बन्द
नवलपरासीका व्यापारीले गरेको सदरमुकाम बन्दका कारण बुधबार पनि सदरमुकाम परासी बजार प्रभावित बनेको त्यहाँबाट पत्रकार केबी रानाले जनाएका छन्। नवलपरासीमा बजार कलकारखानालाई बन्द निषेधित क्षेत्रको माग राख्दै मंगलबारदेखि अनिश्चितकालिन सदरमुकाम बन्दको घोषणा गरेको उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ।व्यापारीहरुको मागप्रति सर्वसाधरणहरुले समेत प्रतिबद्वता जनाएका छन्। बन्दका कारण सदरमुकाम परासीको उद्योग, कलकारखाना, यातायात पूर्णरुपमा ठप्प छन्। बुधाबारदेखि सञ्चालित प्रवेशिका परिक्षा भने परासीमा सहज रुपमा संचालन गर्न दिइएको छ। एसएलसीका लागि भन्दै बुधबार मोटरसाइकल चल्न दिइएको थियो। यसैगरी चितवनबाट प्राप्त समाचारअनुसार पहिलो दिनको अ‌ग्रे‌जीको परीक्षामा २८ जना अनुपस्थित भएका छन्।

बाणिज्य बैंकमा रोजगारीका अवसर

विजयबाबु खत्रीबैंक तथा वित्तीय संस्थाको संख्या वढ्ने क्रममा भएकाले थप आकर्षक रोजगारका अवसर आउने क्रममा छन् । सम्वन्धित विषयवारे जानकारी र वित्तीय क्षेत्रमा काम गर्ने इच्छा छ भने काम पाउने संभावना वढी छ । बैंक तथा वित्तीय क्षेत्रका वारेमा कम जानकारी छ भने पनि आजै तयारी शुरु गरे हुन्छ । देशमा बेरोजगारको कमी छैन तर बैंक तथा वित्तीय संस्था संचालकहरु भन्छन्-"आकर्षक र जांगरीला" दक्ष जनशक्ति बजारमा उपलब्ध छैनन । सबैजसो वाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाका प्रमुखहरु अरु बैंकबाट जनशक्ति तान्न सक्ने व्यक्तिलाई मानव संसाधन विभाग प्रमुख बनाउन चाहन्छन् । किनभने नयां व्यक्तिबाट मात्र बैंक चल्दैन । बैंक तथा वित्तिय संस्थाका शाखामा कम्तिमा १० जनशक्ति चाहिन्छ । वित्तीय संस्थाले हरेक दिन जसो एउटा शाखा खोल्ने गरेका छन । नयां वित्तीय संस्था खोल्ने क्रम पनि रोकिएको छैन । ६ बाणिज्य बैंक ३६ विकास बैंक र आधा दर्जन फाइनान्स कम्पनीले नयां लाइसेन्सको पखाईमा छन् । नयां खुल्ने वाणिज्य बैंक तथा अन्य प्रकारका वित्तिय संस्थालाई झन्डै एक सय जनशक्ति चाहिन्छन् । स-साना गाउं र शहरमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्न थालेका छन् । बाग्लुगं, बेसीशहर, पाल्पा, गोरखा आदि यसका उदाहरण हुन् । निजी क्षेत्रका बैंकले यी स्थानमा शाखा खोल्दै छन् । विदेशवाट आउने आय रेमिटेन्सका लागि पनि निजी बैंकहरु विस्तारको चरणमा छन् । निजी क्षेत्रका बैंकका काम पाउन केही दक्षता आवश्यक पर्छ । निश्चित शैक्षिक योग्दा प्रविधि र विषयवस्तुको जानकारी भए बैंकका काम गर्न योग्य भइन्छ । अधिकांश बैंकले पनि यस्तै जनशक्तिको माग गर्छन । उदारीकरणपछि उपभोक्ता आकर्षित गर्न बैंक तथा वित्तिय संस्थाहरु सकेसम्म सहज र सरल सेवा दिन प्रतिस्पर्धा गरेकाले बैंकमा कर्मचारीको संख्या पर्याप्त मात्रामा चाहिएको छ । २५ बर्ष अघि वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमात्र हुदां बैंकीङ क्षेत्रमा करिअर बनाउनु निकै नै जटिल थियो तर अहिले युवा युवतीका लागि बैंक तथा वित्तिय संस्थामा थुपै्र अवसर सिर्जना भएका छन । पछिल्लो २-३ बर्ष यता बैंक तथा वित्तिय संस्थाको संख्या ह्वात्तै बढेकाले यो क्षेत्रमा काम गर्ने सिमित जनशक्तिका लागि धेरै अवसर एकैचोटी सिर्जना भए । सबभन्दा पछिल्लो वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडल भन्छन्- दक्ष जनशक्तिको कतिसम्म अभाव छ भने बैंकहरुले दुई तहभन्दा बढी पदोन्नती दिन तयार भएपनि खोजेजस्ता जनशक्ति अझै पाउन सकिदैंन। देशभर क वर्गका बैंकको संख्या २५ पुगेको छ । ख वर्गका विकास बैंकको संख्या करिव ६०, ग वर्गका फाइनान्स कम्पनीको संख्या करिव ८० छ । हरेकलाई केन्द्रीय कार्यालयमा ४०-५० जना कर्मचारी चाहिन्छन् । लघु वित्त ग्रामीण विकास बैंक लगायत देशका सबै स्थानमा बैंक तथा वित्तिय संस्थाको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २ सय १३ वटा पुगीसकेको छ र यी वित्तिय संस्थामा करिब १० हजारभन्दा बढी जनशक्ति संलग्न भैरहेका छन् । यी संस्थाले नियमित रुपमा नयां जनशक्ति लिदैं आएका छन् । राष्ट्र बैंकका अनुसार हाल देशभर करिब ६ सय ५० हाराहारीमा बैंकका शाखा संचालनमा छन् । हरेक शाखामा औसतमा १० जनाले काम गरिरहेका हुन्छन । ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्-शाखा विस्तार निर्णय गर्न पाएपनि जनशक्तिको अभाव छ । दशक लामो द्धन्दको अन्त्य भई शान्ती प्रकि्रया शुरु भएकाले बैंकहरु ग्रामीण क्षेत्रतर्फ विस्तार भएकाले पछिल्लो समयमा बैंकहरु शाखा विस्तार गर्न चाहने भएकाले पनि देशभर यो क्षेत्रमा काम गर्ने कर्मचारीको संख्या बृद्धि भैरहेको छ । केही समयअघि नवील बैंकले विभिन्न स्थानमा एकैचोटी नौ वटा शाखा शुरु गरेको थियो । अर्को ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी बर्ष देशभर ३० भन्दा बढी शाखा स्थापना गर्ने सार्वजनिक गरिसकेको छ । यो क्रम सबै बैंक तथा वित्तिय संस्थाको छ । झन्डै एक दशक अघि जसरी उपभोक्ता कर्जाको शुरुवात भएको थियो त्यसैगरी छिट्टै बैंकहरु ग्रामीण बैंकमा जाने तरखर देखिएको छ । रेमिटान्सको रुपमा भित्रिएको मध्ये अधिकांश रकम गाउं शहरी क्षेत्रमा जाने भएकाले वित्तीय संस्था पनि यस तर्फ आकर्षित भएका हुन् । बैंकमा शाखा विस्तारबर्ष निक्षेप२००१ ४३०२००२ ४१३२००३ ४४७२००४ ४२३२००५ ४२२२००६ ४३७२००७ ५७४२००८ ६५० स्रोतः राष्ट्र बैंकबैंक तथा वित्तिय संस्थामा काम पाउन सजिलो छैन । काम शुरु गरे लगत्तै आकर्षक तलव र अन्य सुविधा पाइने भएकाले वेरोजगार युवायुवतीवीच बैंकको विज्ञापने सबभन्दा पहिला आकर्षित गर्छ । यही चाहना अनुसार हरेक दिन बैंकिगसम्बन्धी तालिम दिने संस्थाको संख्या बृद्धि भैरहेको छ । केएफएले यस्तो तालिम दिन शुरु गरेपछि अरु आधा दर्जन बढी संस्था स्थापना भएका छन । यी संस्थाले विभिन्न पत्रपत्रिकामा दैनिक तालिम कक्षा शुरु हुन लागेको विज्ञापन गर्छन । काठमाडौं वाहिर पनि यस्ता संस्थाको स्थापना भएका छन । विकसीत मुलुकजस्तो नेपालमा बैंकसम्बन्धी विशिष्ठ पाठ्यक्रम छैनन । विदेशमा प्राज्ञीक र विशेष प्रकारका तालिमभन्दा पनि विशेष पकारका कोर्षहरु उपलब्ध हुने गरेका छन । भारतको मुम्बईमा पनि पुने बैंकीड इन्ष्टिच्यूट छ । डिप्लोमा र ३ बर्षसम्मका बैंकिग एमवीए कोर्षहरु अध्ययन भैरहेका हुन्छन । नेपालमा पनि एपेक्स कलेजले बैंकिग विषयमा अध्यापन गराइरहेको छ । पोखरा विश्व विश्वविद्यालयको सम्बन्ध लिएर विविएसमा बैंक एन्ड इन्स्युरेन्स विषयलाई पढाउने गरिएको छ ।

मलाई प्रधानमन्त्रीले थुनाए : शेर्पा

नेपाल बास्केटबल संघका अध्यक्ष तथा अनेरास्ववियुका पूर्व नेता लामा टेन्डी शेर्पा मगलबार रिहा भएका छन। स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा चैत २ गते शेर्पालाई त्रिचन्द्र क्याम्पसबाट सुरक्षाकर्मीले पक्राउ गरेका थिए। शेर्पाको तत्काल रिहाइ माग गर्दै संघले सोमबार बास्केटबलका सम्पुर्ण कार्यक्रम स्थगित गरेको थियो। पाँचौ वृहत राष्ट्रिय खेलकुद महोत्सवअन्तर्गत सोमबारै हुने तय भएका पश्चिमान्चल र मध्यमान्चल छनोटको फाइनल संघको निर्णयका कारण स्थगित भएका थिए। स्थगित दुवै फाइनल बुधबार वा बिहीबार गरिने रिहाइपछि अध्यक्ष शेर्पाले बताए।´अव खेल रोक्नुपर्ने कुनै कारण छैन। हामी आजै बैठक बसेर भोलि वा पर्सि दुवै फाइनल गराउनेछौ´ शेर्पाले दैनिकी डटकमसंग भने-´साथीभाई र संघको दवावका कारण रिहा भए।´शेर्पालाई स्ववियु निर्वाचनमा विद्रोही उमेदवार उठाएको कारण सरकारले पक्राउ गर्न लगाएको आरोप लगाइएको थियो। राजनीतिक पुर्वाग्रहका कारण स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई पक्राउ गराएको उनले आरोप लगाए।´मलाई प्रधानमन्त्रीले नै पक्राउ गर्न लगाएका हुन। अव म यो विषयमा पार्टीमा सल्लाह गर्छु र त्यसपछि मात्र निर्णय गर्छु´ नेकपा एमालेका शेर्पाले भने-´सरकारले जति धरपकड गरेपनि चैत १७ गते हुने बाँकी रहेका चुनावमा म सकि्रय भएर लाग्नेछु।´

Sunday, March 22, 2009

काग्रेस सरकारमा जाने कुनै निर्णय भएकै छैन : काग्रेस नेता अर्याल

नेपाली काग्रेसका नेता लक्ष्मण अर्यालसंगको कुराकानी ।
भर्खरै तपाईं माओवादीको वर्चस्व रहेको रुकुम जिल्लामा सुझाव संकलन गरेर आउनुभयो, जनताको मत कसरी प्रकट भएको पाउनुभयो?
संविधानसभाका ११ ओटा समितिले आ–आफूसँग सम्बन्धित प्रश्नावलीहरू बनाएर पठायौं। आमजनतामा त्यो प्रश्न बुझ्न सक्ने र त्यसको गाम्भीर्यताका आधारमा उत्तर दिन सक्ने क्षमता देखिएन। यसबारेमा उनीहरूलाई बुझाउनु नै पर्ने अवस्था रह्यो। एउटा गाउँमा गयो, त्यहाँ २७ सय मत खसेको ठाउँमा सवा सय मानिसहरूमात्र उपस्थित भए। तिनीहरूलाई फर्म वितरण गरियो र फर्म वितरण गर्दा कसैले दुई ओटा, कसैले ५– ७ ओटा भरे, कसैले ११ ओटै भरे। त्यसमा के–कति बुझे–बुझेनन् भन्ने प्रश्न आउँछ। उदाहरणको लागि, लोकसेवा आयोगको वर्तमान संरचना ठीक छ कि छैन? छैन भने किन छैन भन्ने प्रश्नको उत्तर दिने मानिसले लोकसेवा आयोगलाई बुझ्नुपर्योय। दोस्रो कुरा यसको अहिलेको संरचना र परिवर्तन गर्न सकिने कुरा के हो भन्ने कुरा पनि बुझ्नुपर्यो । त्यसैले हामीले जनतासम्म पुग्नुपर्छ भन्ने कुरा ठीक छ। तर संविधानको एउटा प्रारम्भिक मस्यौदा तयार गरेर गएको भए त्यसमा संशोधन गर्न सकिन्थ्यो। तर अहिले जुन प्रकारले गइयो, त्यसरी जाँदा जनतामा त्यति ठूलो चासो भएको जस्तो पनि लागेन। जसले चासो देखाएर आए तिनीहरू पनि अन्योलमा रहेको जस्तो लाग्यो।
यसरी आएको मतको विश्वसनीयता कत्तिको हुन्छ त?
विभिन्न जिल्लामा माओवादीहरूले एकलौटी किसिमले फाराम भराएर पठाएका भन्ने कुराहरू पनि आइरहेको छ। त्यसैले भोलिका दिनमा यसैको आधारमा संविधान निर्माण गर्ने भन्ने कुरामा प्रश्नवाचक चिन्ह खडा गर्छ। तराईका बहुसङ्ख्यक जिल्लाहरूमा त सभासद्हरू जानै सक्नुभएको छैन। तराईमा ठूलो जनसङ्ख्या भएको कारण त्यहाँ समय पनि बढी लाग्छ। हामी डुलेका, बास बसेका ठाउँहरूमा मानिसहरूको कुरा सुन्दा जनचासो व्यापक छ।
अहिले जिल्लाहरूबाट आएका समाचारअनुसार कतिपय जिल्लामा गाविस सचिवलाई फर्म भर्नका लागि जिम्मा दिइयो। यसले केही अर्थ राख्दैन। उसले एउटा पार्टी विशेषसँग आबद्ध भएको खण्डमा त्यहीअनुसार भरेर पठाउन सक्छ। ११ ओटै समितिका उत्तरहरू एउटा प्रवीणता प्रमाणपत्र तहसम्म पास गरेको मानिसले मात्र दिन सक्ने खालका प्रश्नावलीहरू छन्। यसमा पढेलेखेका सभासद्हरू त एकछिन् घोरिनुपर्ने खालका प्रश्नावलीहरू छन्। त्यसकारणबाट आम नागरिकबाट यसको सीधा उत्तर आउँछ भन्ने ठान्नु पनि ठूलै अपेक्षा हुन्छ। यसको सकारात्मक पाटो के हो भने अहिलेसम्म संविधानसभाका सदस्यहरूले केही गरेका छैनन् भन्ने नकारात्मक प्रचारहरू थिए, तिनीहरूको खण्डन भएको छ। सभासद्हरू संविधान निर्माणको काममा नै जुटेका रहेछन् भन्ने सन्देश आम जनतामा परेको छ।
जनमत संकलन पहिलेको संविधानसभाको कार्यसूचीमा थिएन। अपर्झट यो कुरा कहाँबाट आयो?
जनताको राय सुझाव लिने सन्दर्भमा जनताले यस्ता लम्बा–चौंडा कुराहरू नबुझ्ने हुन् कि भन्ने कुरा पनि उठेको हो। प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिमा पनि हामीले सरल प्रश्नावली तयार गरौं भनेर नै लागेका थियौ। १३ ओटा प्रश्न बनाउँदा पनि पनि प्रश्न बुझ्न सक्ने क्षमताको बारेमा हामी ४२ जनाभित्रै पनि शंका लाग्यो। मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
जनताका जाने भन्ने सन्दर्भमा 'नाइँ' भन्ने कुरा आएन। बरू यसका लागि संविधानको प्रारम्भिक मस्यौदा तयार गरेर जाने हो कि भन्ने कुरा पनि उठेको हो। जनतालाई सोध्ने कुरामा विरोध गर्ने कुरा पनि भएन। अहिले ३० लाख फारम छापिएको छ। भरेर आउँदा ३–४ लाख आउला। त्यो भित्र पनि कसले कतिओटा भरेका छन् भन्ने कुरा आउँछ। रामबहादुर, श्यामबहादुर, हरिबहादुरका नाममा एउटा गाविस सचिवले भरेर आएका फर्महरूलाई मान्यता दिएर जनताको राय नै यही होला भन्ने लाग्दैन। यत्रो पैसा खर्च गरेर सभासद्हरूले के उपलब्धि गरे त भन्दा हामी संविधान निर्माणकै लागि जुटेका छौं भन्ने सन्देश जनतामा गएको छ। अहिलेको जनमतको तथ्यांकीय हिसाबमा संविधान बनाउन थाल्ने हो भने त हामी कता पुग्छौं, कता!
अहिले सबै दलहरूले प्रधानमन्त्रीय पद्धति भनिरहेको अवस्थामा सरकारको नेतृत्व गरिरहेको दल एनेकपा माओवादीले राष्ट्रपतीय प्रणालीलाई स्थापित गर्नका लागि यो अभियान ल्याएको पनि भनिन्छ नि?
माओवादीले फाराम वितरण गर्दा पनि कञ्जुस्याइँ गरेको देखिएको छ। त्यसकारण माओवादीले यसो गर्न चाहेको होइन भनेर भन्न सकिन्न। म्याग्दीमा माओवादी सभासद्ले यहाँ सचिवलाई जिम्मा लगाइदिएर जाउँ भन्नुभयो रे! भोलि शासकीय स्वरूपकै सन्दर्भमा भरिएका सबैभन्दा बढी फारम यहाँ आइपुग्नेछन्। जनतालाई अन्य पक्षहरूको विषयमा पनि चासो नभएर होइन कि माओवादीको स्वार्थ शासकीय स्वरूपको निर्धारणमै छ। यसबाट पनि प्रायोजित रूपमा फाराम भराउने काम भइरहेको छ।
प्रमुख प्रतिपक्षी दल र त्यसको प्रमुख सचेतकको हैसियतले यसलाई कसरी समाधान गर्नुहुन्छ?
तथ्यांकीय हिसाबमा भन्ने हो भने दुई करोड ८० लाख जनताको मत एक लाख फारमले व्यक्त गर्न सक्दैन। पार्टीहरूले हिजो घोषणापत्रका आधारमा जनताको मत पाए। त्यसकारण यी विषयहरू घोषणापत्रमार्फत अभिव्यक्त भइसकेका छन्। त्यसकारण यी विषयहरूको निर्क्यौल संविधानसभाले नै निकाल्ने हो। यो जनमत संकलनको गणितीय हिसाबमा जान मिल्दैन।
अहिलेको सरकारप्रति जिल्लावासीहरूबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
अहिले पनि हिजो निर्वाचनमा जस्तै वाईसीएल प्रयोग गरेर बुथ कब्जा गर्ने धङधङी बाँकी नै छ। तर यति हुँदाहुँदै पनि जनतामा आत्मविश्वास बढेर आएको छ। माओवादीले हिजो जुन सपना बाँडेको थियो, त्यो सपनामात्र रहेछ। पुरा गर्न नसक्ने रहेछ भन्ने कुरामा जनता प्रष्ट भएका छन्। अहिले सरकारले स्वरोजगार कार्यक्रम भनेर गाउँ–गाउँबाट दुई सय १० रूपैयाँ तिराएर फाराम भर्न लगाइएको छ। रूकुम र जाजरकोटका मानिसहरू तीन घण्टा हिँडेर सुक्खा रोटी खाएर आएर फारम भरेका छन्। उनीहरूलाई त्यो फारम भरेपछि दुई लाख रूपैयाँ आउँछ भन्ने आशा देखाइएको छ। तर १० रूपैयाँ पनि नपर्ने त्यो फाराम भर्नका लागि दुई सय १० रूपैयाँ किन लिइयो भन्ने कुरामा उनीहरूको ध्यान गएकै छैन। मैले रूकुम र जाजरकोटको उदाहरण पाएँ। कतिपय ठाउँहरूमा यो फाराम भर्ने नाममा चार–पाँच लाख उठाइएको पनि पाइयो। एउटा गाविसमा तीन हजार फाराम वितरण भएका रहेछन् भने तिनीहरूलाई दुई लाख रूपैयाँ के आधारमा र कसरी दिने भन्ने कुरा आउँछ।
सरकारले जनतालाई झुक्याउन लागेको हो?
यी कुराहरू भोलिका दिनमा प्रष्ट हुन्छन्। हामी व्यवस्थापिका संसद्मा पनि यस विषयमा कुराहरू उठाउँछौं। जनतालाई सरकारले ढाँट्ने काम गर्नुभएन। स्वरोजगार एउटा निश्चित योजनाभित्र रहेर ल्याइएको कार्यक्रम होला। यसका लागि सम्पूर्ण जनतालाई किन फर्म भराउनुपर्योा। जनताबाट यसरी पैसा उठाइनु आपत्तिजनक कुरा हो। कतै सरकारले फाराम भराइसकेपछि यो कार्यक्रम नै रद्द गर्ने हो कि भन्ने पनि लाग्छ। पञ्चायतकालमा कीर्तिनिधि बिष्ट प्रधानमन्त्री भएका बेला स्नातक उत्तीर्णहरूलाई ५० हजार रूपैयाँबिना धितो ऋण दिने कार्यक्रम ल्याइएको थियो। तर दुईचारजना जान्ने सुन्नेले त्यो पैसा खाइदिए। अरूले पाएनन्। पछि पैसा पनि उठ्न सकेन। अहिले पनि त्यस्तै सिको गरिएको हो कि भन्न लाग्छ। स्वरोजगार कार्यक्रम आफैंमा राम्रो हो तर यसको पारदर्शिता हुनुपर्छ भनेर हामीले बजेट जारी गरिँदा नै बोलेका छौं। मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
कांग्रेसले सरकारको यो कार्यकालको मूल्यांकन कसरी गरेको छ ?
सुरूमा क्रमभङ्ग गर्ने र छलाङ मार्ने भन्दै साँढेले डुकार गरेझै गरेर आएको थियो माओवादी सरकार। अहिले ६– ७ महिनाको दौरानमा गाउँ तहमा विकास निर्माणका कार्य कतै पनि सुरू भएको छैन। जहाँ–जहाँ उपभोक्ता समिति बनाउने भन्यो, त्यहाँ वाईसीएलले कसैलाई छिर्नै दिँदैन। माओवादीको एकलौटी सोचका कारण सर्वदलीय समितिहरू बन्न सकेनन्।
यो सरकार क्रमभंगता गर्ने नाममा जायज–नाजायज सबै काम गर्दैछ। कर्मचारी सरूवामा त्यस्तै चलखेल भएको छ। सीधा कर्मचारीतन्त्रमा माओवादीले उथलपुथल ल्याउने काम गरेको छ। शान्तिसुरक्षाको प्रत्याभूति कतै पनि छैन। प्रहरी र सेनामा पनि माओवादी राजनीति गर्न खोज्दैछ।
खासगरी राष्ट्रिय सेनामा दलगत भावना प्रवेश गराउनका लागि सरकारले अहिले अवकाश पाएका आठओटा जर्नेलको म्याद नथप्ने निर्णय गर्न लागिरहेको छ। यस्ता निर्णय कुनै मन्त्री विशेषको लहडले हुने कुरा होइनन्। राष्ट्रको सेनाको मनोबल गिराउने कार्यतिर माओवादी लागिरहेको छ। यो कसैलाई पनि स्वीकार्य हुन सक्तैन। हामीले सेनालाई राजनीतिबाट टाढै राख्नुपर्दछ। सेनाको रिक्त पद पूर्ति गर्ने सवालमा पनि माओवादीले बबाल गर्योन। राज्यका संरचनाहरू भत्काएर क्रमभंगताका नाममा सर्वसत्तावादी रूपमा हावी हुन खोजिरहेको छ माओवादी। विकास निर्माणमा होइन, राज्यका सम्पूर्ण संयन्त्रहरूलाई कसरी पकडमा लिन सकिन्छ भनेर सरकार लागिरहेको छ। यसका लागि उसले धार्मिक ठाउँहरूमा समेत आक्रमण गरेको छ। न्यायपरिषद्मा पनि यिनीहरूले राजनीतिक हस्तक्षेपको परिपाटी बसाल्न खोजेका थिए। दाहाल सरकार आइसकेपछि यसले विधिको शासनलाई समाप्त पार्न लाग्यो।
नेपाली कांग्रेसले प्रतिपक्षीको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने कुराहरू आइरहेको छ नि?
सदनमा हामीले सशक्त भूमिका निर्वाह गरिरहेका छौं। हिजोका दिनका पाठहरूलाई सिक्दै हरेक दिन सदन अवरूद्ध गर्नुपर्छ भन्ने पक्षमा पनि हामी छैनौं। महत्वपूर्ण सबालहरू हामीले उठाइरहेका छौं, यस्ता कुरामा सरकारबाट जवाफ नआउँदा केही दिन हामीले सदन बहिष्कार पनि गर्यौंर। प्रधानमन्त्री स्वयंले तीन महिनाभित्र पुरा गर्छु भनि बोलेका कुराहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन्। हामी माओवादी सरकारलाई काम गर्न दिन चाहन्छौं।
हामीले सरकारले गरेका नकारात्मक कामहरूलाई रोकेका छौं। बजेट भाषण गर्दा बाबुरामजीले ३५ ओटा बुँदा पढ्नै छुटाइदिनुभयो, त्यसमा उहाँले माफी माग्नुपर्यो।। मातृका यादव मन्त्री भएर पनि सर्वसाधारणको घरजग्गा लुट्न गए, त्यो प्रकरणमा उनलाई मन्त्रीबाट हटाउनुपर्यो । बाबुरामजीले अर्थमन्त्री भएर चौतारीमा भाषण गरेजस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भनेर बोल्नुभएको थियो। ती कुराहरू बजेटमा समावेश नगरिएका कारण माफी मागेर केही कुराहरू मिलाउनुपर्योछ। रामहरि श्रेष्ठ प्रकरणमा हामीले सशक्त रूपमा आवाज उठायौं। पशुपति भट्ट प्रकरण, मुद्दा फिर्ता लिने निर्णयका बारेमा हामीले सशक्त आवाज उठायौं र सरकार यसमा पछि हट्यो। बजेटमा प्रधानमन्त्री कार्यालयमार्फत खर्च गर्न छुट्याइएको रकममा अर्थ समितिले अनुगमन गर्ने भएको छ। तर विकास निर्माणका लागि कांग्रेसले कहीँ कतै अवरोध गरेको छैन। प्रचण्ड प्रधानमन्त्री भइसकेपछि उसले टायर बालेर सडक अवरोध गरेको छैन। ल्हासा, काठमाडौं, भरतपुर, भैरहवा जोड्ने रेलमार्ग बनाउन हामीले रोकेका छैनौं।
विकास निर्माण नहुनुका कारण धेरै छन्। त्यसको प्रमुख कारण वाईसीएललाई नै ठेक्कापट्टा दिनुपर्ने, अरूलाई दिए वाईसीएललाई चन्दा दिनुपर्ने उपभोक्ता समितिका नाममा ६० लाख रूपैयाँसम्म वाईसीएललाई दिने भनेपछि यो भन्दा ठाडो भ्रष्टाचारी काम अरू केही हुनै सक्तैन। यसरी कसरी विकास निर्माणका काम अगाडि बढ्छ। उहाँहरूले बजेटमा देखाएका कार्यक्रम त २५ प्रतिशत पनि पूरा हुँदैन।
यहाँ सार्वजनिक सुनुवाइ समितिमा पनि हुनुहुन्छ। माओवादीले अहिले गरेका संवैधानिक नियुक्तिहरू कस्ता रहेछन्?
यसका लागि टाढा जानै पर्दैन। लोकसेवा आयोगमा सदस्य नियुक्त भएका एकजना व्यक्तिलाई लोकसेवा आयोगको काम के हो भनेर सोधियो। उनले लोकसेवा आयोगको काम के हो त्यो त मलाई थाहा छैन, त्यहीँ गइसकेपछि पत्ता लगाइहाल्छु नि भने। ओबामालाई राष्ट्रपतिको अनुभव त छैन निर्वाचन भएपछि उसले राष्ट्रपति पद चलाइहाल्छ भनेर उदाहरण पनि दिएछन्। अर्का एकजनालाई लोकसेवामा क्षमता, योग्यताको कुरा हुन्छ कथं कदाचित त्यहाँ वर्ग, जाति, लिङ्गका कुराहरू आए भने योग्यतालाई हेर्नुहुन्छ कि लिङ्ग या जाति विशेषलाई हेर्नुहुन्छ भन्दा उहाँले म लिङ्ग या जाति विशेषलाई हेर्छु भन्नुभयो। क्षमता र योग्यता प्रमुख रहने लोकसेवा आयोगमा त्यस्ता मानिसहरू परेका छन्।
यहाँले विगतमा जलस्रोत मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ। अहिले हामी चरम लोडसेडिङ्गको मार बेहोरिरहेका छौं। सरकार १० हजार मेगावाट विद्युत् उत्पादनको नारा लगाइरहेको छ। अहिलेको यो परिस्थितिको जिम्मेदारी
कसले लिने?
१० हजार मेगावाट बिजुली भनेको कति हो भन्ने कुरा प्रचण्ड र बाबुरामजीलाई थाहा रहेनछ कि जस्तो लाग्यो। सबैभन्दा पहिला उहाँहरूले एक हजार मेगावाट बिजुली भनेको कति हो। यो उत्पादनका लागि कतिओटा आयोजनाहरू चाहिन्छ भन्ने बारेमा अध्ययन गर्नुपर्योा। यस्ता कुराहरूमा ज्ञान नै नभइकन यी कुराहरू सरकारका नीति र कार्यक्रममा पनि हालिए। बजेट भाषणमा पनि आयो। पुसमा उहाँहरूले लोडसेडिङ्ग कसरी हटाउने भनेर ३५ बुँदे कार्यक्रम ल्याउनुभयो, ती बुँदाहरू आजसम्म एउटा पनि कार्यान्वयन हुन सकेका छैनन्। दुई सय मेगावाटको थर्मल प्लान्ट ल्याउने कुरा पनि त्यत्तिकै हरायो। दुहवी, हेटौंडामा रहेका थर्मल प्लान्टहरू मर्मत गरेर सञ्चालनमा ल्याउन नसक्नेले दुई सय मेगावाट थप्ने कुरा किन गर्नु? अनि थर्मल प्लान्टबाट उत्पादन हुने ३०–३५ रुपैयाँ युनिट पर्ने बिजुलीलाई ७ रुपैयाँमा सरकारले कसरी बेच्ने भन्ने कुरा पनि आउँछन्। माओवादीमा बोलिदिएपछि सबै कुरा हुन्छ भन्ने भान परेको छ।
विगतमा २०१ मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विरोध गरे। आजभन्दा ६ वर्षअगाडि नै यो योजना पूरा भइसक्थ्यो। यो आयोजना बनिसकेपछि त्यसबाट सडकको पहुँच पुग्ने वरिपरिका अन्य क्षेत्रहरूमा पनि स–साना आयोजना स्थापना हुन्थे। तर यसलाई स्थगित गरियो। अर्को माओवादीले माथिल्लो मर्स्याङ्दी आयोजनालाई समयमा सम्पन्न गर्न सकेन। उसले द्वन्द्वकालमा विभिन्न साना आयोजनाहरूलाई समाप्त पारिदियो। द्वन्द्वकै कारण जलविद्युत्मा लगानी गर्न निजी क्षेत्र तयार भएन। लगानी गरेकाहरूले पनि चन्दा आतंकका कारण समयमा काम पुरा गर्न सकेनन्। समष्टिगत रूपमा माओेवादीको द्वन्द्व र एमालेेले समाप्त गरेको अरुण योजनाका कारण अहिलेको समस्या उत्पन्न भएको हो। अझै पनि यो सरकारमा आश्वासन बाँड्ने तर ठोस कार्यान्वयनमा नजाने समस्या देखिएको छ। यही तरिकाले जाने हो भने अझै पनि चार–पाँच वर्ष यस्तै अन्धकारको सामना गर्नुपर्छ भन्ने मलाई लाग्छ।
प्रसङ्ग बदलौं, नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले कांग्रेस प्रतिपक्षमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय
गरेको छ। त्यो निर्णयमा कुनै परिवर्तन भएको छैन।
सरकारमा सहभागी हुने एजेन्डा केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गरेको छैन। हाम्रा अनौपचारिक छलफलमा पनि कांग्रेस सरकारमा जाने विषयमा छलफल नै
भएको छैन।
दलहरूबीच समझदारी नभई संविधान निर्माणकार्य कसरी सम्पन्न हुन सक्छ?
सरकारले संविधानसभालाई कुनै प्रभाव पार्दैन। संविधानसभाका लागि १४ ओटा समितिहरू छन्। यी मध्ये ११ ओटा विषयगत समितिहरू छन्। समितिहरूमा विभिन्न पार्टीका आ–आफ्ना रायसुझाव हुन्छन्। सरकारको यसमा कुनै भूमिका हुँदैन। त्यसकारण कांग्रेस सरकारमा गए संविधान निर्माण सजिलो हुने/नगए असजिलो पर्ने भन्ने होइन। व्यवस्थापिकामा सरकारको आलोचना हुनु स्वाभाविक हो। तर संविधानसभामा हामीहरूबीच आपसी समझदारी कायम भएको छ। त्यहाँ संविधानका विषयमा मात्र छलफल हुन्छ। कांग्रेस सरकारमा नजाँदैमा संविधान बन्न अप्ठेरो पर्यो भन्ने कुरामा कुनै सार छैन। नेपाली कांग्रेस समयमै लोकतान्त्रिक संविधान निर्माण होस् भन्ने चाहान्छ र यसैका लागि जुटिरहेको छ। २०६७ जेठ १५ मा संविधान निर्माण गरेर नेपाली जनतालाई दिनुपर्छ भन्नेमा हामी दत्तचित्त छौं। तर त्यसका लागि सरल, सहज वातावरणचाहिँ छैन। संघात्मक प्रणालीमा जाने कुरामा पनि केही अप्ठेराहरू छन्। अहिले थारू समुदायबाट भएको आन्दोलनबाट पनि यो पुष्टि भएको छ। अन्ततः प्राकृतिक स्राेत, राजस्व तथा आर्थिक अधिकार बाँडफाँडमा नै संघात्मक प्रणाली निर्भर गर्दछ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

पूर्व राजा ज्ञानेन्द्र र भारतीय विपक्षदलका नेता लालकृष्ण विच भेट

विगत एक महिना देखी भारतको निजी भ्रमणमा रहेका अपदस्त नेपालका पूर्व नरेश ज्ञानेन्द्र दिल्लिमा राजनैतिक भेटधाटमा व्यस्त रहेका छन । उनको यो भेटको तारताम्य भारतका नेता करणसिंहले मिलाइरहेको समाचार श्रोतले जनाएको छ । यसै विच उनले अाज भारतीय विपक्षदलका नेता लालकृष्ण अाडवाडीसंग भेटधाट गरेका छन ।
भेटमा नेपालको वदलिदो राजनैतिक गतिविधीका वारेमा गम्भिर छलफल भएको वताएको छ । ज्ञानेन्द्रले नेपालको राजनैतिक गतिविधी माथी प्रकाश पारेका थिए ।
यस अगाडि ज्ञानेन्द्र शाहले भारतीय काग्रेस अाइकी नेतृ सोनिया गान्धी लगायतका नेताहरूसंग भेटधाट गरिसकेका छन भने नेपालका केही नेताहरूको दुइहप्ता अगाडि भारतको दिल्लीमा गोप्य भ्रमण गरेर फर्कीसकेका थिए उनीहरूको भेटलाइ नेपालमा शंकाले हेरिएको थियो ।

Saturday, March 21, 2009

बाख्राको दूध, बाख्राकै चीज

बिहानको पाँच बज्न भ्याएको हुँदैन चित्लाङका अशोकसिंह ठकुरीको घरमा चहलपहल सुरु हुन्छ । उनकी श्रीमती रीता बाख्राको हुलमा छिरसिकेकी हुन्छिन् । उनी बाख्राको दूध दुहुनमा तल्लीन छिन, अशोक पाठापाठीलाई भैंसीको दूध पियाउँदैछन् ।
झट्ट हेर्दा बाख्राहरू दुधालु जस्ता लाग्दैनन् । प्रायः स्थानीय जातका र केही उन्नत खालका छन् । तैपनि एकदुई गर्दै तीन दर्जन बाख्राको दूध जम्मा गर्दा भाँडोमा धेरै नै देखिन्छ । पाठापाठीबाट जोगाएर निखारेको दूध चानचुन १६ लिटर पुग्छ । एक लिटर बाख्राको दूधको मूल्य न्यूनतम ४० रुपैयाँ छ अर्थात् गाईभैंसीकोभन्दा झन्डै दोब्बर । त्यसबाट बनेको चीज किलोको एक हजारदेखि दुईहजार रुपैयाँमा बिक्ने गरेकाले बाख्राको दूधले यो मूल्य पाएको हो ।

हेटौंडाबाट उत्तरमा पर्ने यो चित्लाङ गाउँ काठमाडौंबाट नजिकैको गन्तव्य समेत हो । 'पmान्सका राजदूत नै आएर यो केन्द्रको उद्घाटन गरेका हुन् अशोकले आगन्तुकको सूचीमा एक नम्बरमा राखेको नाम सुनाए । तयार भएको चीज काठमाडौंका पाँचतारेसहितका स्तरीय होटलमा खपत हुन्छ । केन्द्रमा टाँसिएको सूचनाअनुसार समिट होटल, हर्मन बेकरी, युरोपियन बेकरी, डेलिसियस गुर्भेट, रोड हाउस क्याफे, डोल्से भिटा क्याफे, होटल याक एन्ड यति तथा र्‍याडिसन होटलमा यहाँको चीज जाने गरेको छ ।

चीजको यो चमकदमकले चित्लाङेलाई भने त्यति लोभ्याएको रहेनछ । केन्द्र सञ्चालन हुँदा बाख्रा पालेर दूध बेच्न ल्याउनेहरू २० घरपरविार थिए भने अहिले यो संख्या चारमा झरेको छ ।

'यही पेसाबाट केही गर्न सक्छु भन्ने आँट ममा छ अरूले त्यो अनुसार नसोचिदिनाले यस्तो भएको हो, अशोकले कारण खोले । आजभन्दा लगभग छ वर्षअघि अशोक पmान्स पुगेर बाख्राको चीज उत्पादन गर्ने तालिम लिएका थिए । उनको हिम्मत यसो हुनाले बढेको रहेछ । पmान्सको बाख्रा फार्म र चीज उत्पादन केन्द्रको जस्तै वातावरण यहाँ बनाउने ध्याउन्न उनको छ तर सबैतिरबाट त्यो तहको सहयोग नपाएको गुनासो उनी गर्छन् ।

चीज उत्पादन केन्द्र पmान्सेली संस्थाको सहयोगमा खुलेको हो । सुरुमा यो केन्द्र सरकारी स् वामित्वमा रहेको चित्लाङको बाख्रा फार्मभित्र थियो । पmान्सेली नै आएर केन्द्रको बारेमा छलफल गर्दा अशोकले सुझाव दिए, 'गाउँलेको जीवनस्तर सुधार गर्ने हो भने यस् तो केन्द्र सरकारी निकायमा होइन, गाउँलेलाई नै सञ्चालन गर्ने जिम्मा दिए राम्रो हुन्छ ।'

यो भनाइ राख्दा विदेशीले उनको फोटो खिचिरहेका थिए, अरू कुरा केही गरेनन् । पछि चित्लाङमा पmान्सबाट उनको फोटो आयो र त्यसैसँग एउटा सन्देश पनि थियो, 'इच्छुक छ भने यो फोटोबालालाई चीज उत्पादन तालिमका लागि पmान्स पठाइदिनु । अशोक पmान्स पुग्ने मेसो यसरी जुरेको रहेछ । उनी विसं २०५९ सालको साउनमा उता लागे ।

भाषा उनी केही बुझ्दैन थिए । कक्षा १० सम्म पढेका उनलाई अंग्रेजी पनि गाह्रो थियो । तर एक हप्ताको प्रयोगात्मक कक्षामा बस् दा भनेको सुनेर होइन, गरेको काम ध्यान लगाएर मात्रै हेरे । एक हप्ताको तालिमपछि लगभग एक महिना विभिन्न बाख्रा र्फमहरू घुमे । त्यसपछि नेपाल फर्केर त्यहाँ सिकेको ज्ञानलाई यहाँ प्रयोग गर्न थाले ।

सुरुमा राम्रोसँग उत्पादन हुन सकेन । बनाउन नजानेर धेरै दूध खेर गयो । गाउँका अरू मान्छे आत्तिन थाले । तर अशोक हिम्मत हार्नेबाला थिएनन् । अरूले छाड्दै गए पनि उनले यहाँबाट केही गर्न सकिन्छ भन्ने विश्वास त्यागेका छैनन् । 'साथीले दूध पनि राम्रो ल्याइदिनु भएन त्यसैले कोओपरेटिभ मार्फत जाँदा समस्या आउन सक्छ भन्ने हेक्का मैले सुरुमै राखेको थिएँ, खरो स्वभावका अशोकले खस्रा कुरा सुनाए ।

उन्नत जातका बाख्राको प्रबन्ध सरकाले गरदिेओस् भन्ने चाहना उनले व्यक्त गरे । त्यस्तै विदेश निर्यात प्रयोगशालाबाट प्रामाणित गर्ने काममा सहयोग होस् भन्ने उनको माग छ । निर्यात गर्न कुनै निकाय या व्यक्ति तयार भइदिए सुविस्ता हुने उनले ठानेका छन् । प्रोटिनले भरपिूर्ण भएर पनि सुपाच्य हुनु बाख्राको चीजको विशेषता हो । यो गुण बुझेकाले नै चीज केन्द्र धानेका हुन् भन्छन् अशोक ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

यौन हरेक दुःखको औषधि

अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा, संसारमै सुखद् मानिने यो गतिविधिमा स्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रान्ति पाल्नुभएको छ भने आजैदेखि हटाउनुस् । विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ ।
'स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,' जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, 'पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।' स्वस्थ यौनसम्बन्धबारेे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् ।
यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्राडा झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् ।
'यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो,' उनी भन्छन्, 'यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै
छैन । विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् ।'
उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् ।
'यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ?' उनी भन्छन्, 'तर धेरै जनासँग सम्भोग सुख
लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।'
उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ 'पार्टनर' फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात्
स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो ।
यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् ।
नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा 'आक्सिटोसिन' हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई 'लभ हार्मोन' समेत भनिन्छ ।
यौनले रक्तचाप पनि नियन्त्रण गर्छ । स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा
के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् ।
स्वस्थ यौन गतिविधिको सीधा प्रभाव शारीरिक स्वास्थ्यमा समेत पर्छ । सातामा एक/दुईपटक सम्भोग गर्दा शरीरमा रोग प्रतिरोधी पदार्थ 'इम्युनोग्लोबलिन' वृद्घ िहुन्छ । विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने 'इम्युनोग्लोबलिन' रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ ।
हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रमसमेत व्याप्त छ । बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् ।
हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौनक्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा
उल्लेख छ ।
यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ ।
विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला ।
युरोलजी इन्टरनेसनलको बि्रटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा के वृद्ध सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ ।
यौनबाट फाइदा महिलालाई पनि कम छैन । चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको
छ । यसको कारण 'पेल्भिक पmलोर' मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् ।
सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो ।
नियमित यौनले
दुखाइ, मोटोपन, तनाव घटाउँछ
रक्तचाप सामान्य राख्छ
एकआपसमा विश्वास बढाउँछ
राम्रो निद्रा लाग्छ
आत्मसम्मान बढाउँछ
संक्रमण रोकथाम गर्छ
महिलामा कम्मर दुखाइ हटाउँछ
पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ................मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

भारतमा के गर्दैछन् पूर्वराजा ?

नयाँदिल्ली, चैत ७ - नागरिक भएपछिको पहिलो भारत यात्रालाई पूर्वराजा ज्ञानेन्द्रले पूर्णतः 'होलिडे टि्रप' बनाउन चाहेका छन् । दुई वर्षको तनावपछि उनी अहिले बिदाको मुडमा रहेको निकट स्रोतले कान्तिपुरलाई बतायो । भ्रमणलाई जोडेर भइरहेका अनुमान र विश्लेषणबारे भने उनी अनभिज्ञ छैनन् ।
'राजतन्त्र ब्युँताउन भारत गएको' भन्ने माओवादी आरोपबारे पनि उनी जानकार छन् । दिल्लीस्थित ज्ञानेन्द्रनिकट स्राेत भ्रमणको कुनै राजनीतिक उद्देश्य नरहेको दाबी गर्दै नागरिक भएपछिको पहिलो विदेश यात्रालाई उनले पूर्णतः 'होलिडे टि्रप' बनाउन चाहेको बताउँछ ।
'अहिलेको अवस्थामा टीभी, न्युजपेपर नहेर्ने कुरै भएन नि,' माओवादी आलोचनाबारे पूर्वराजालाई थाहा छ भन्ने प्रश्नमा स्रोतले शुक्रबार कान्तिपुरसँग भन्यो, 'तर व्यक्तिगत भइसकेको मान्छे आउँदा किन यत्रो ह्यु एन्ड क्राई
-होहल्ला) ? -साधारण) मान्छे भइसकेपछि मुभमेन्ट गर्न नपाउने भन्ने भएन नि । तपाईं आउनुभएको छ, म आएको छु । कोही चाइना जान्छन्, कोही इन्डिया जान्छन् ।'
राजा रहँदा ज्ञानेन्द्र सबैको 'ट्रम्प कार्ड' भएको र अहिले पनि कतिपयले आफ्नो कमजोरी लुकाउन उनैलाई दोष दिने गरेको स्रोतको प्रतिक्रिया थियो । 'आफू झगडा गर्दा कुरा मिलेन भने राजालाई देखाइदिएको छ,' आफ्नो परिचय र पूर्वराजासँगको सम्बन्धको प्रकृति सार्वजनिक नगरेमात्र बोल्ने सर्तमा स्रोतले भन्यो, 'उनीहरूले नै राजालाई विग फोर्स -ठूलो शक्ति) बनाइदिएका छन् ।'
आन्दोलनताका देशको विकास नहुनुमा राजतन्त्रलाई जिम्मेवार ठहर्‍याइएको तर राजतन्त्र हटेपछि पनि विकासको मार्गतिर देश बढ्न नसकेको राजाको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । 'राजा हटे देश स्वर्गै हुन्छ भनेको होइन,' स्रोतले भन्यो, 'आज तीन वर्ष भयो राजा पावरलेस भएको तर खै, देशमा के भयो ?'
पूर्वराजाले भारतमा मुख्यतः आफन्त र परिवारजनलाई भेटेको बताइए पनि उनको राजनीतिक भेटघाट जारी छ । उनले बुधबार भारतीय सत्तारूढ गठबन्धनकी नेतृ सोनिया गान्धीलाई भेटेका थिए । भेटमा भारतको सरकारी धारणा वा सहभागिता प्रकट नभएको यहाँस्थित विदेश मन्त्रालय स्रोतले बताएको छ । 'उहाँले प्रधानमन्त्री र कुनै पनि सरकारी अधिकारीसँग भेट्नुहुने छैन,' स्रोतले दाबी गर्‍यो, 'उहाँ निजी भ्रमणमा आउनुभएको हो ।' गान्धीसँगको भेट पनि
विदेश मन्त्रालयमार्फत नभएको स्रोतले बतायो ।
दिल्लीको धौलाकुवास्थित ताज प्यालेस होटलको छैटौं तल्लामा बसेका पूर्वराजालाई दिल्ली सरकारले 'स्कर्टिङ', गाडी र केही सुरक्षाकर्मी उपलब्ध गराएको छ । 'त्यो पनि केन्द्रीय सरकारले उपलब्ध गराएको होइन,' विदेश मन्त्रालय स्रोतले भन्यो, 'निजी भ्रमणमा आएका निश्चित व्यक्तिहरूलाई उनीहरूले माग गरेमा राज्य सरकारहरूले सुरक्षा उपलब्ध गराउँछन् ।'
पूर्वराजाका साथमा
पूर्वरानी कोमल, दरबारका पूर्वसचिव सागर तिमल्सिना र सुरक्षाका लागि नेपाली सेनाका एक मेजर छन् । तीबाहेक 'दुई-तीन जना निजी सहायक' रहेको बुझिएको छ ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
गान्धी परिवारसँग ज्ञानेन्द्रको चिनाजानी अहिलेको होइन । सन् १९६९ मा राजीव गान्धी र इटालियन सोनियाको विवाह भएलगत्तै त्यतिबेलाका अधिराजकुमार ज्ञानेन्द्रले उनीहरूलाई नेपाल निम्त्याएका थिए । अनि तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने प्रस्ताव राखेपश्चात् १९७६ मा ज्ञानेन्द्रलाई तत्कालीन भारतीय प्रधानमन्त्री तथा राजीवकी आमा इन्दिराले दिल्ली निम्त्याएकी थिइन् ।
त्यसबखत उनीद्वारा ज्ञानेन्द्रको सम्मानमा आयोजित दिवाभोजका एक सहभागी तथा हाल सिंगापुरमा रहेका नेपालविज्ञ प्राध्यापक एसडी मुनीले कान्तिपुरसँग भने, 'भारतमा पूर्वराजघराना र हिन्दु आस्थावानहरूको एउटा उल्लेख्य समूह छ, जो नेपालका राजाप्रति सहानुभूति राख्छ । तर ज्ञानेन्द्रले ती सबैलाई टाढा पारे । सन् १९८९ मा राजीव गान्धीले त्यही समूहको कुरा सुन्न अस्वीकार गर्दै -नेपालविरुद्ध) व्यापार प्रतिबन्ध लागू गरे जसले पहिलो जनआन्दोलन गरायो ।'
नेपाली राजतन्त्रबारे
सहानुभूति राख्ने भारतीयहरूले अब चाहेर पनि केही गर्न नसक्ने प्राध्यापक मुनीको भनाइ छ । 'भारतको त्यो राजावादी समूहले नेपालमा राजतन्त्र ब्यँुतिएको देख्न चाहे पनि त्यसले खासै केही गर्न सक्ने अवस्था छैन, किनभने नेपालको अवस्था
व्यापक रूपमा बदलिसकेको छ,' उनले भने । निकट भविष्यमा नेपालमा राजतन्त्र कुनै पनि रूपमा उदय हुने सम्भावना आफूले नदेखेको उल्लेख गर्दै मुनीले थपे, 'पछि त झनै अप्ठेरो हुन्छ ।'
नेपाली राजतन्त्रप्रति सहानुभूति राख्ने भनी मुनीले संकेत गरेका समूहमध्येको एउटा यहाँको विपक्षी भारतीय जनता पार्टी -भाजपा) हो, जसले नेपालमा तीव्र गतिमा भइरहेको गणतन्त्रात्मक रूपान्तरणलाई हिच्किचाउँदै स्वीकारेको छ । यो पार्टी
अहिले चुनावी मोर्चामा छ र आगामी सरकार उसको
नेतत्वमा बनेमा नयाँ संविधान लेख्दै गरेको नेपालमा राजतन्त्रले ब्युँतिने आड पाउला भन्ने कतिपयको शंका छ ।
'खै कसरी नेपालीहरूमा भाजपाको छवि राजाप्रति
सहानुभूति राख्ने पार्टीका रूपमा बन्यो थाहा भएन,' नेपालका लागि पूर्वराजदूत तथा भाजपाका विदेश मामिला विज्ञ एनएन झाले कान्तिपुरसँग भने, 'भाजपा नेपालमा कुनै पनि समूहको पक्ष या विपक्षमा छैन । यो लोकतन्त्रको पक्षमा छ । त्यत्ति हो ।'
२००५ मा 'कु' गरेपछिको डिसेम्बरमा ज्ञानेन्द्र र गत डिसेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका झाले भाजपा सत्तामा पुगे पनि निश्चित विषयमा नेपालप्रतिको नीति कांग्रेसकै जस्तो हुने बताए । 'केही कुराहरूमा हाम्रो नीति कांग्रेसको भन्दा फरक हुने छैन,' उनले भने, 'जस्तो कि नेपालमा भारतप्रति शत्रुवत सरकार हुनुहुँदैन, त्यो प्रस्ट छ । चीनप्रति अत्यधिक भर पर्ने सरकारलाई धेरैले यहाँ -भारतप्रति शत्रुवत) का रूपमा अथ्र्याउने छन् ।' उनले थपे, 'हाम्रो चाहना त यत्ति हो नेपालमा जो सत्तामा आए पनि भारतसँगको सम्बन्ध सुमधुर होस् ।'
जनआन्दोलन-२ लगत्तै प्रधानमन्त्री र प्रधानसेनापतिमार्फत 'बेबी किङ' -ज्ञानेन्द्रका नाति हृदयेन्द्र) मार्फत राजतन्त्रलाई निरन्तरता दिने कुरा आउँदा ज्ञानेन्द्रले मानेका थिएनन् । समय घर्किसकेपछि अहिले उनमा 'त्यही भए पनि हुन्छ' भन्ने भावना आएको हुनसक्छ, जसले सबभन्दा बढी भय माओवादीमा उत्पन्न गराएको छ । ज्ञानेन्द्रको भारत भ्रमणकै सेरोफेरोमा दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने प्रधानमन्त्री दाहालको उक्तिलाई पूर्वराजामाथि दबाब सिर्जना गर्ने माओवादी रणनीतिका रूपमा धेरैले अथ्र्याएका छन् । पूर्वराजालाई भारतले आफूविरुद्ध प्रयोग गर्ने डर माओवादी घोषणामा लुकेको कतिपयको ठम्याइ छ । तर माओवादी बेकारमा तर्सेको एक भारतीय विश्लेषकले बताए ।
'अब पहिलेजस्तो १२ बुँदे सम्झौता होला भन्नु बेकारको कुरा हो,' भारतीय गुप्तचर संस्था 'र' को उच्च अधिकृत रहिसकेका साउथ एसिया एनालिसिस ग्रुपका अध्यक्ष डा. एस चन्द्रशेखरणले भने, 'आफूविरुद्ध केही नभएसम्म भारतले नेपालमा केही गर्दैन । नेपालमा बढिरहेको भनिएको चिनियाँ प्रभावबारे मूल्यांकन अहिल्यै
गर्नु निकै चाँडो हुनेछ । अहिले नेपालका दुइटा एजेन्डा छन्, संविधान बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने । माओवादीले तिनै कुरामा आफूलाई केन्दि्रत गर्नुपर्छ ।'
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

मोबाइलबाट प्रेम प्रस्ताव

काठमाडौं, चैत ७ -
उनको इनबक्समा प्रेम प्रस्तावका थुप्रै एसएमएस छन् । नअटेर कति त मेटी पनि सकिन् । तर केटाहरूले पठाउन छाडे पो ?
'रातको दुई बजे पनि म्यासेज गर्छन्,' रेशा श्रेष्ठ हल्का रिसाइन्, 'बदमासहरू !' यस्तै एसएमएस र ब्लफ कलसमेतबाट उनको जीवनमा धेरै 'बदमासहरू' आउन खोजिरहेका छन् ।
'तिमी एकदमै मन पछ्र्याै,' राजधानीको कलेजमा ११ कक्ष्ााकी रेशा चिन्नु न जान्नुका केटाहरूले समेत मोबाइल गरेर हैरान छिन् । उनीहरू भन्छन् रे, तिम्रो स्वर नसुनी मलाई त खान पनि रुच्दैन, निद्रा पनि लाग्दैन ।
यो सुन्दा रेशाको कन्सिरी तात्छ । 'तिमेरुलाई नरुचे नरुचोस्,' उनी पनि के कम ? भन्दिन्छिन्, 'मलाई त टन्न रुच्छ, फ्वाँफ्वाँ निदाउँछु । काम पाइनस् कुकुर ?'
रेशाकी सहपाठी सुशीला श्रेष्ठ पनि यसरी चिन्दै नचिनी प्रेम गछर्ु भन्नेहरूलाई बेस्सरी हपार्दा रमाइलो मान्छिन् । तर त्यतिमै 'बदमास' कुर्लिन छाड्दैन । ऊ झन् बढी खितखिताउन थाल्यो भने सुशीला भाइको समेत सहारा लिन बाध्य हुन्छिन् । 'भाइले बेसरी हप्काएपछिचाहिँ धेरै दिनसम्म कल गर्दैनन्,' उनले हल्का आक्रोश पोखिन् ।
यो अनुभव रेशा र सुशीलाको मात्रै होइन । अधिकांश तन्नेरीका मोबाइल यस्तै गफगाफमा व्यस्त हुन्छ । नचिनेकाले पनि मिसकल दिन्छन् । प्रेम प्रस्तावदेखि लिएर नानाभाँतीका म्यासेज पठाउँछन् । ब्लफ कल पनि गर्छन् । एक पटक होइन, दुई पटक होइन, एउटाले होइन, दुइटाले होइन । चाहे पनि नचाहे पनि यस्ता सन्देशहरू 'रेशाहरू' को दैनिकीमा अभिन्न भइसकेका छन् ।
त्यसो त सबैजना रेशाजस्तै हुन्छन् र रिसाइहाल्छन् भन्ने केही छैन । मोबाइलमै एकअर्कामा माया साट्ने र भेटेर प्रेमको उत्सव मनाउने पनि छन् । रेशाकै सहपाठी रोमन सिंह त्यस्तैमध्येका हुन् । सिंह व्यवस्थापनको पढाइ र प्रेमलाई छ महिनादेखि एकसाथ 'व्यवस्थापन' गरिरहेका छन् ।
'म एसएलसी सकेर बसेको थिएँ,' हाडीगाउँका रोमनले फक्रन थालेको प्रेम अनुभव सुनाए, 'कुरैकुरामा एक दिन मोबाइल गरेर आई लभ यू भनिदिएँ ।' उनकै स्कुलमा १० कक्षाकी छात्राले रोमनको यो निम्तो हर्षका साथ स्वीकारिन् । त्यसपछि त रोमनले उनीसँग कुरा नगरेको दिनै
छैन । फुर्सद/बेफुर्सद मोबाइल कानमा टाँसिरहनु र मीठो कुरा सुनिरहनुमै 'रोमनहरू' रमाउँछन् । मोबाइलले अहिलेको पुस्तालाई प्रेम व्यक्त गर्न चिठी लेख्ने, कविता कोर्नेजस्ता पुराना तरिकाहरूबाट पूरै उन्मुक्ति दिएको छ ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Thursday, March 12, 2009

इजरायलमा दिलीप रायामाजी, नीमा रुम्बा, क्रांति आले र जीतू नेपालको प्रस्तुति

समाचारःअर्जुन जयसवाल
तेल अभिब, इजरायल ।


दिलीप रायमाझी र रूपा

यही मार्च ६ र ७ तारीख इजरायलको तेलअभिभ शहरमा नेपाली सांझ - २ नामक सांस्कृतिक कार्यक्रम भव्यताका साथ संपन्न भयो । विशेष गरि विभिन्न चाड पर्व उत्सव तथा विदाको अवसर पारेर कार्यक्रम गरिदै आएको भए पनि यस्पालीको प्रस्तुति त्यसरी गरिएको थिएनl यद्यपि दर्शकहरुको खचाखच उपस्थितिले विदेशमा नेपाली कला संस्कृति तथा संगीतप्रतिको मोह कतिको छ भन्ने स्पष्ट देखाएको थियो । यस तस्बीरमा पप गाएक क्रान्ती .....दर्शकहरूका नजिकै । नमस्ते इंटरनेशनल प्रा. ली. को आयोजनमा भएको सो नेपाली सांझ काठमांडू स्थित अपांग पुनर्स्थापना केन्द्रको सहयोगार्थ सञ्चालन गरिएको जानकारी संस्थापक संचालक श्री पाल्देन शेर्पाले बताउनु भयो ।कार्यक्रमको संयोजक इजरायल स्थित प्रतिभा समूहका कलाकार श्रीमती चुनु बानियाले गर्नु भएको थियो । नीमा रुम्बाले आउ आउन...... भन्दै मूख्य पेजमा फर्कन यहाँ थिच्नुस् कार्यक्रममा नेपालबाट आएका कलाकार दिलीप रायमाझी, गायकहरु क्रांति आले, नीमा रुम्बा तथा हास्य कलाकार जीतू नेपालका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । २ दिन सम्म चेलेको सो सांस्कृतिक सांझमा जीरे खुर्सानीका प्रख्यात हास्य कलाकार मुन्द्रे अर्थात जितु नेपालले नेपाली राजनीति, राजसंस्था, लोड शेडिंग जस्ता समसामयिक बिषय बस्तुलाइ समेटेर हास्यव्यंग्य प्रस्तुत गरि दर्शकहरुलाई खूब हसाएका थिए ।उनी प्रजातंत्र दिवसको बेला खुट्टा भाचिएपनि प्रस्तुतिकै लागि बैशाखीका साथ उपस्थित भएका थिए ।त्यसै गरि कलाकार दिलीप रायमाझीले शिला तामांग र रूपा घिमिरेसंग नृत्य प्रस्तुत गरि दर्शकलाइ झुमाएका थिए भने ख्यातिप्राप्त गायक नीमा रुम्बाले आउ आउन र लोलिता बोलको गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाए । भर्खरै प्रणय सूत्रमा बाधिएका गायक क्रान्ति आलेले सरकारी जागीर र च्यान्बा होई ..बोलको गीत गाउदा दर्शकहरु सिट छाडेर नाचेका देखिन्थे । इजरायलमा दिलीप रायामाजी, नीमा रुम्बा, क्रांति आले र जीतू नेपालको पहिलो प्रस्तुति यी चार जनै कलाकारहरुको इजरायलमा पहिलो प्रस्तुति हो अघिलो बर्ष पनी पाल्देन शेर्पा कै नेतृत्वमा नेपाली साँझ -1 मा , अल्भिरा चिल्ड्रेन होमको सहयोगार्थ सुगम पोखरेल , राजू लामा र अभिनास घिसिंगले इजरायलमा कार्यक्रम देखेका थिए , तस्बीरमा गाएक क्रान्तिले दर्शकहरूलाइ तताउदैँ................
कार्यक्रममा चुनु बानियाद्वारा निर्देशित मारुनीमा बिनु बनिया, रिता बनिया, अस्मिता त्रिपाठी र सुनीता शर्माले नृत्य प्रस्तुत गरेका थिए भने चार बर्षकी बालिका छोडेन शेर्पाले गैरी खेतको र लाली गुराँस अजम्बरी भन्ने गीतमा नृत्य प्रस्तुत गरि सम्पूर्ण दर्शकदीर्घालाइ चकित पारेकी थिइन । कार्यक्रमकमा अपांग पुनर्स्थापना केन्द्रको सहयोगार्थ यस http://www.nnchautari.com/ का संस्थागत सल्लाहकार र एन.आर.एन. इजरायका अध्यक्ष र श्री भुवन सिंह कुंवरले ब्यक्तीगत रूपमा १,११,१०१ (एकलाख एघारहजार एकसय एक) रुपैँया चन्दा दिनुभएको थियो भने अन्य व्यक्तिहरुबाट गरि जम्मा करीब २,६०,००० रुपैया संकलन भएको थियो । साथै कार्यक्रमकै प्रथम दिन शुक्रबार साँझ दर्शकहरू बिच अत्याधिक मदिरा सेबनका कारणले केहि झै झगडा समेत हुन गएको थियो भने हाम्रा कलाकार समूहलाइ इजरायल प्रबेशकै क्रममा इजरायलकै एअरपाेर्टमा इमीग्रेशन प्रहरीले १० घण्टा सम्म प्रबेशाज्ञा नदिइ अन्ततः केहि रकम धराैटी राखेर मात्र इजरायलमा यस उदारणीय र सेवात्मक भावना फैलाउने रमाइला कार्यक्रम सफलतापूर्बक प्रस्तु गर्ने सुअबशर पाएका हुन् ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

Thursday, March 5, 2009