इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, June 15, 2009

लौ हेरौ प्रधानामन्त्रीको सम्पत्ति विवरण

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम -
संवाददाताप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गर्नुभएको छ ।
.सो अनुसार उहाँसँग कोटेश्वर, काठमाडौँमा श्रीमतीका नाममा रहेको एक रोपनी दुई आना एक पैसा तीन दाम जग्गामा बनेको साढे दुईतलाको घर, गौर रौतहटमा १७ धुर जग्गामा आ�नो नाममा रहेको दुईवटा घर र चन्द्रनिगाहपुर रौतहटमा श्रीमतीका नाममा रहेको करिब ११ धुर जग्गा छ ।
त्यस्तै,श्रीमतीको आयका रुपमा सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी रहेको छ । यसैगरी नवयुग सहकारीमा आ�नो आयको रु. १० हजारको सेयर तथा श्रीमतीको आयको सेयर मनमोहन मेमोरियल अस्पतालमा रु. एक लाख, प्रस्तावित पिपुल्स बैङ्क नेपालमा रु. दुई लाख ७० हजार, रावा बैङ्क सहकारी कोषमा रु. नौ लाख ८० हजार र कृषि विकास बैङ्क कोटेश्वरमा रु. ६२ हजार ५७८,घरको आयबाट राष्ट्रिय वाणिज्य बैङ्क गौरमा रु १५हजार ८५२।४० र नेपाल बैङ्क लिमिटेड कुपन्डोलमा रु सात हजार २००।५२,स्टयान्डर्ड चार्टर बैङ्क नयाँ बानेश्वरमा रु. दुई लाख ३३ हजार २२६।०२ र एभरेस्ट बैङ्क लिमिटेड सिंहदरबारमा रु. तीन लाख ३३ हजार ३९६।६६ बैङ्क ब्यालेन्सका रुपमा रहेको छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

राजधानि बन्द र सवारीसाधन रहित सडक (जून १५ २००९)




राजधानी बन्दले पढाइ रोकियो

खुमानसिं तामाङ
काभ्रे, सोमबार सार्वजनिक वा अन्य कुनै बिदा थिएन । कलेज बन्दको सूचना दिइएको पनि होइन । राजधानी बन्द भएर सवारी नचलेपछि विद्यार्थी र प्राध्यापक आउन नसकेकाले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा पढाइ रोकिएको छ ।
काठमाडौं र भक्तपुरमा सवारी नचले काठमाडौं विश्वविद्यालयको पढाइ यसरी नै ठप्प हुने गरेको छ । 'हामी छात्रावासमा बस्नेले पनि पढ्न पाउँदैनौं,' इलेक्टि्रकल इन्जिनियरिङ तेस्रो वर्षका आशिष लुइँटेलले भने, 'कहिले त कक्षासम्म पुगेर फर्किने गरेका छौं ।' कुनै योजना पनि बनाइएको नहुने र पढाइ पनि नहुने भएकाले अचानक बन्दले विद्यार्थीको समय बर्बाद हुने गरेको उनले बताए । काठमाडौंबाट विद्यार्थी र प्राध्यापक नआएकाले सबै कक्षा ठप्प हुने गरेको हो । परीक्षासमेत रोकिन्छ । काठमाडौंमा वाईसीएल कार्यकर्ताको मृत्युको विषयमा भएको बन्दले सोमबार विश्वविद्यालयको पढाइ र परीक्षा दुवै हुन सकेन । करिब आधाजसो प्राध्यापक र कर्मचारी काठमाडौंबाटै आउने गर्छन् । प्राध्यापक र विद्यार्थीका लागि विश्वविद्यालय प्रशासनले ६ वटा बसको व्यवस्थासमेत गरेको छ । भाडाको बसमा आउने पनि छन् । धेरैजसो विद्यार्थी छात्रावास र विश्वविद्यालय नजिकै डेरा लिएर पढ्दै छन् ।
'गाडी बन्द भएकाले कलेज गएनौं,' कम्प्युटर इन्जिनियरिङ स्नातक तहका कुमारप्रसाद दाहालले भने, 'काठमाडौंमा बस नचलेपछि विद्यार्थी र शिक्षक आएनन् ।' उनी विश्वविद्यालय नजिकै डेरा लिएका छन् । बन्दको बेला परेका परीक्षा विश्वविद्यालयले सार्ने गरिएको उनले बताए । पढाइ र परीक्षा रोकिने समस्याले नै विश्वविद्यालयले यातायात सुविधा कटौती गरेको छ । तर बन्दमा पढाइ र परीक्षा सञ्चालन गर्न सकिएको छैन । '१५ वटासम्म बस चलाउने गरेका थियौं,' विश्वविद्यालयको भौतिक सुविधा र यातायात अधिकृत महेन्द्र निरौलाले भने, 'बन्दले असर नगरोस् भनेर नै बर्सेनि कटौती गरेका हौं ।' आईएससी र स्नातक पहिलो वर्षलाई यातायात सुविधा दिइएको छैन । कहिलेकाहीँ परीक्षा काठमाडौंमै समेत चलाउने गरिएको निरौलाले सुनाए । 'दुवैतिर परीक्षा पनि लिने गरेका छौं,' उनले भने । अबको तीन वर्षभित्र सबै विद्यार्थीलाई बस सुविधा कटौती गरिने दाबी निरौलाको छ ।
विश्वविद्यालय राजधानी काठमाडौंदेखि करिब ३० किलोमिटर टाढा रहेको छ । राजधानी बन्दले आईएससीदेखि विद्यावारिधिसम्मको पढाइ ठप्प हुन्छ ।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्