इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Monday, August 31, 2009

अवसरवादी

पञ्चायत कालमा पञ्चे, बहुदल कालमा काँग्रेस, एमाले अनि अस्तिसम्म माओवादीको सरकार आउँदा माओवादी बन्नेहरु धेरै देखिएका छन्। सत्तामा नरहुन्जेल भारतको चर्को विरोध गर्न अनि सत्तामा पुगेपछि भारतको भक्त बन्ने नेताहरु पनि देखिएकै छन्। राजाको शासनकालमा चर्का राजावादीहरु अहिले त्यतिबेलाका गणतन्त्रवादीहरु भन्दा पनि चर्का गणतन्त्रवादी बनेका छन्। अवसरवादीहरु तपाईँहाम्रो वरपर धेरै हुन्छन्। मौका आयो गुमाउनु हुन्न, अवसर आयो छोपिहाल्नुपर्छ, शायद यही सोच्छन् उनीहरु। अवसर अनुसार परिवर्तन हुन जानेका भए डायनासोर अझै पृथ्वीमा रहन्थे होला- उनीहरु यस्ते सोच्छन् होला।
आजको अन्नपूर्ण पोस्टमा युवराज गौतमको एउटा लेख छापिएको छ। लेखको एउटा वाक्यले तीतो सत्य ओकलेको छ। उनी लेख्छन्- संभव छ, कुनै दिन ओसामा बिन लादेनले आतंककै बलमा नेपाल कब्जा गरे भने धेरै अवसरवादी रातारात मुसलमान हुनेछन्। किनभने अवसरवाद नै नेपालीको राष्ट्रिय चरित्र हो।
तपाईँले पनि भोग्नुभएको छ अवसरवादीहरुको चर्तिकला ? ठीक हो त अवसरवादी हुनु ?

पशुपतिमा फेरि राजनीति: रक्षा गर पशुपतिलाई



माओवादी सरकारको पालामा पशुपतिनाथको मन्दिरमा निकै बबाल भयो। तत्कालीन सरकारले पहिलो पटक नेपाली पुजारी नियुक्त गर्दा ठूलो आलोचना र आन्दोलन सहनु पर्यो। बाध्य भएर सरकारले त्यो निर्णय फिर्ता लिएको घोषणा सदनबाट गर्नुपर्यो। अब शायद त्यसैको इख पोखिँदैछ फेरि। किनभने सत्तारुढ दलले नियुक्त गरिसकेको पशुपति क्षेत्र विकास कोषले दुई जना भारतीय पुजारीलाई पुजारी नियुक्त गर्न सिफारिस गरेछ।

कोषले पशुपतिको उत्तरमुखका लागि गिरीश र बासुकीनाथ मन्दिरका लागि राघवेन्द्रलाई सिफारिस गरेको हो। पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति मन्त्री मिनेन्द्र रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो सिफारिस कोषका संरक्षक प्रधानमन्त्री माधवकुमार नेपाललाई गरेको रहेछ।
त्यसै पनि आन्दोलन गरिरहेका माओवादीहरुलाई यो घटनाले नयाँ मुद्दा दिएको छ। आफ्नो पालामा आफूहरुलाई पार्नु अप्ठेरोमा पारेको इख उनीहरुले बिर्सेका छैनन् पक्कै नै। अब उनीहरुले पालो फेर्ने तयारी गरिरहेका छन्।
माओवादी सरकारले पशुपतिका पुजारी नियुक्त गरेका डा ऋषिप्रसाद शर्मा नै अगाडि आएका छन् आन्दोलनको नेतृत्व गर्न। उनको संयोजनमा नेपाली पुजारी नियुक्त गर्न स‌घर्ष समिति बनाइएको छ।
हिजो उनीहरुले पशुपति क्षेत्र विकास कोषका सबै विभागहरुमा अनिश्चितकालीन तालाबन्दी गरे। आज यो समितिले दिउँसो ऋषि धमलाको क्लबमा पत्रकार सम्मेलन पनि गर्दैछ।
हिजोको तालाबन्दीका कारण पशुपति क्षेत्रमा दिनभर तनाव रह्यो। प्रहरीले आज पनि बिहानैबाट त्यहाँ जनपद र सशस्त्र प्रहरी तैनाथ गरेको छ।
राष्ट्रियताका मामिलामा एकढिका हुने अवस्था कहिले आउला हँ हामीमा ? धर्ममा पनि राजनीति मिसाउने कुबुद्धिहरुको दिमागमा कहिले सदबुद्धि आउला हँ ? हे भगवान, सँधै पशुपतिनाथले हामी सबैको रक्षा गरुन् भन्नुपर्थ्यो, अब यो राजनीतिकरणबाट कसले रक्षा गर्ला पशुपतिनाथलाई हँ ?
google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

Friday, August 21, 2009

किन आएछन् भारतीय गृहमन्त्री सुटुक्क ?

अचम्मै भो, हिजोअस्तिसम्म केही खबर थिएन। आज सुटुक्क भारतीय गृहमन्त्री काठमाडौँ आइपुगे। काठमाडौँ विमानस्थलको अति विशिष्ट कक्षमा ट्रान्जिट पेसेन्जरका रुपमा बसेका उनलाई हाम्रा गृहमन्त्री भीम रावलले भेटे। भुटान जाने क्रममा ड्रुक एअरको विमान तेल भर्न भनी काठमाडौँ विमानस्थल उत्रिएको थियो। के यो संयोग मात्रै थियो त ? घटनाक्रम हेर्दा त्यस्तो शंका गर्ने ठाउँ प्रशस्त छ। आखिर किन आएका रहेछन् त उनी ?
विमानस्थलभित्र दुई गृहमन्त्रीबीच गोप्य रुपमा के के कुरा भो, त्यो थाहा हुने कुरा भएन। किनभने सञ्चारकर्मीहरुलाई दृश्य खिच्न समेत प्रतिबन्ध लगाइएको थियो। तर केही भएको भए आउँदा दिनमा थाहा हुने नै छ।
सुनिए अनुसार भारतले प्रधानमन्त्री नेपाललाई सुपुर्दगी सन्धिमा हस्ताक्षरका लागि मौखिक प्रस्ताव राखेको थियो। अस्ति भारतीय प्रधानमन्त्री मनमोहन सिंहसित हैदरावाद हाउसमा सहयोगी बिना भएको गोप्य वार्तामा पनि यो कुरा उठेको थियो भनिन्छ। हुनसक्छ प्रधानमन्त्री स्तरमा सन्धिमा हस्ताक्षरको सहमति भएको होस्। यदि त्यसो भएको भए दुई देशबीच गृहमन्त्री स्तरीय बैठकबाट सन्धि अनुमोदन गर्नुपर्नेछ।
के यो भेट त्यही सन्धि अनुमोदन गर्नका लागि भएको हो त ?
हो भने विवाद निम्तिने छ। किनभने यो विवादास्पद सुपुर्दगी सन्धिमा हस्ताक्षर नगर्नका लागि प्रधानमन्त्रीलाई यहाँका दलहरुले दबाब दिइसकेका थिए भ्रमण अघि नै।
हेरौँ, भोलि प्रधानमन्त्री दिल्लीबाट फर्कँदासम्म केही कुरा खुलिहाल्ने हो कि !
भारतको निरन्तर दबाब सुपुर्दगी सन्धिका लागि केही वर्षदेखि भारतले निरन्तर दबाब दिँदै आएको हेर्दा पनि प्रष्ट हुन्छ, यसमा भारतको ठूलो स्वार्थ लुकेको छ। केही वर्षदेखि भारतले हरेक राजनीतिक तथा कूटनीतिक तहका वार्तामा सुपुर्दगी सन्धिलाई प्रमुख प्राथमिकता दिएको दियै छ। राजाको प्रत्यक्ष शासनमा समेत सन्धिका लागि भारतले प्रयास गरेको थियो। तर त्यतिबेला यो सन्धि भएन।
राजाको शासन ढलेपछि गिरिजाप्रसाद कोइरालाको सरकारसँग सन्धिबारे द्विपक्षीय सहमति भइसकेको थियो। हस्ताक्षर गर्न तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला दिल्ली जानसमेत तयार भइसकेको थियो। तर माओवादीको चर्को विरोध र चीनले समेत असहमति जनाएका कारण अन्तिम समयमा त्यो यात्रा स्थगन भएको थियो भनिन्छ।
कोइरालादेखि भारत रिसाएको थियो त्यतिबेला। कोइरालाले बालुवाटारबाट बेलाबेलामा राष्ट्रियता खतरामा छ भन्नुको कारण पनि त्यही हो भनिन्छ। भारत रिसाउनुको प्रमुख कारणमध्ये एक सुपुर्दगी सन्धि नहुनु थियो भनिन्छ।
केही विश्लेषकहरुले माओवादी नेतृत्वले भारतसँग सुपुर्दगी सन्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको र त्यही कारण माओवादीको त्यतिबेलाको सत्तारोहण प्रक्रिया सहज भएको विश्लेषण पनि गरेका थिए। यद्यपि, माओवादी सरकारको पालामा पनि यो सन्धि भएन।
गत असारमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव शिवशंकर मेननले प्रधानमन्त्री माधव नेपाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई सुपुर्दगी सन्धि सहमति जुटाउन चर्को दबाब दिएर गएका थिए। मेनन भ्रमणको उद्देश्य नै प्रधानमन्त्री माधवकुमार नेपाललाई भारत भ्रमण गराएर सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न लगाउने रहेको बताइएको थियो।
किन विवादास्पद ?एक देशमा अपराध गरी अर्को देशमा लुकेका अपराधीलाई बुझाउनुलाई सुपुर्दगी भनिन्छ। यस्तो प्रावधान राखेर नेपाल र भारतबीच सन् १९५३ मा सुपुर्दगी सन्धि भइसकेको छ। तर, प्रक्रिया झन्झटिलो भएका कारण यो सन्धि व्यवहारमा खासै प्रयोग भए । भारतको पन्जाब राज्यका तत्कालीन मुख्यमन्त्री प्रतापसिंह कैरोनका हत्यारा सुच्चा सिंहलाई नेपालले भारतसमक्ष सुम्पेको थियो। त्यही एउटा घटनाबाहेक यो सन्धि कार्यान्वयनका घटना अरू छैनन्। बरु प्रक्रिया नपुर्‍याएर धेरै आरोपीहरु बुझाइएको छ। उदाहरणका लागि द्वन्द्वकालमा माओवादी नेता वामदेव क्षेत्री, राम कार्कीलगायतलाई आपसी समझदारी भन्दै भारतले नेपाललाई बुझाएको थियो। केही महिनाअघि मात्र चितवनमा पक्राउ परेका किडनी व्यापारी डाक्टर अमितलाई भारतले ठाडो हस्तक्षेप गरी त्यसरी नै भारत लगेको थियो। अदालतमा त्यससम्बन्धी कारबाही चलाएर प्रमाणहरू नकेलाई कसैलाई पनि सुपुर्दगी गर्न नपाइने सन्धिको व्यवस्था छ। चोरी, डकैती, हत्या, कुटपिट, लुटपाट, आर्थिक अपराधजस्ता विभिन्न १७ प्रकारका अपराधमा संलग्न अभियुक्तलाई पर्याप्त प्रमाण र कानुनी आधारका साथ सुपुर्दगी गर्न सकिने प्रावधान सन्धिमा छ ।
यो सन्धि परिमार्जनको औपचारिक प्रक्रिया ०५५ सालमा भएको रहेछ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला पनि त्यसमा छलफल भएको थियो। माओवादी सरकारको पालामा सन् १९५० को सन्धि खारेज गरी नयाँ सन्धि गर्न भारत तयार भएको थियो। त्यो सन्धि पुनरावलोकनसँगै भारतले यो सन्धिमा पनि हस्ताक्षर गर्न दबाब दिएको थियो।
तेस्रो मुलुकका नागरिकलाई पनि सुपुर्दगी गर्नुपर्ने प्रावधानले यो सन्धि बढी विवादमा परेको हो। यस्तो प्रावधानका कारण अरू मुलुकसँगको सम्बन्धमा असर पर्न सक्छ भन्दै नेपाली पक्षले सन्धिमा हस्ताक्षर गर्न असहमति जनाउँदै आएको हो। यही सन्धिलाई टेकेर कुनै पनि विदेशीलाई भारतले आफूलाई सुपुर्दगी गर्न बाध्य बनाउन सक्नेछ। अपराधी खोज्ने बहानामा भारतीय सुरक्षाकर्मी जुनसुकै बेला नेपालभित्र पस्ने स्थिति पनि नआउला भन्न सकिन्न। देशको सार्वभौमिकतामा नै आँच आउने स्थिति हुनसक्छ। अरु मित्रराष्ट्रहरुको सम्बन्धमासमेत असर पर्नसक्ने खतरा यसबाट रहन्छ। पुरानो सन् १९५३ को सन्धिमा भने तेस्रो देशको नागरिकले नेपाल वा भारतमा अपराध गरेर कुनै देशमा पसेको छ भने त्यस्ताको हकमा सुपुर्दगी गर्ने/नगर्नेबारे निर्णय गर्न सम्बन्धित देश स्वतन्त्र रहने प्रावधान थियो ।

स्याटेलाइटलाई अध्यागमन अधिकृतको जवाफ

१५ अगष्ट २००९ स्याटेलाइटले लेखेको “कहिले सुध्रिएलान् अध्यागमनका अल्छी कर्मचारीहरु” शीर्षकको ब्लग (ब्लग हेर्न यहाँ क्लिक गर्नुस्) लाई कपोलकल्पित, दुराशयपूर्ण र स्वार्थभावले प्रेरित भन्दै अध्यागमन विभाग माइतिघरका अध्यागमन अधिकृत शेषनारायण पौडेलले पठाएको खण्डन जस्ताको तस्तैः
सर्वप्रथमत उक्त ब्लगमा अध्यागमन विभागको मुद्दा शाखाको सम्बन्धमा अतिरञ्जित आरोपहरु लगाइएको र दुराशयपूर्ण तवरले रित्तो रहेको भनी म बस्ने कुर्सी देखाइएकोले महाशयका आरोपहरुलाई देहाय बमोजिम बूँदागत रुपमा खण्डन गर्न चाहन्छु-
१. महाशयको लेखको पाँचौ हरफमा उल्लेख भएको उक्त इराकी नागरिक अनेशलाई पहिलो दिन साउन २६ गते एयरपोर्टबाट माइतिघरस्थित अध्यागमन विभागमा छानबिनको लागि ल्याइएकोमा छानबिन गरी महावीर पुनको जिम्मा लगाउन ५ घण्टा लाग्यो भन्ने वाक्य नै महाशयको आरोप बदनियतपूर्ण छ भनी प्रमाणित गर्न काफी छ। निज इराकी नागरिकलाई एयरपोर्टबाट दिउँसोको करिब १ बजे विभागमा ल्याइएको थियो। निजसँग महावीर पुन र महाशय सँगै हुनुहुन्थ्यो। म आफ्नो सीटमा बसेर भीडभाडको बीचमा काम गरिरहेको थिएँ। महावीर पुनलाई शुरुमा चिन्न सकिनँ। उहाँले आफ्नो परिचय दिनु भएपछि अभिवादन गरेँ र उहाँ यस विभागमा आउनु पर्नाको कारण सोधेँ। उहाँले उक्त इराकी नागरिक आफ्नो Wireless Internet Network को कार्यका सघाउन नेपाल आएको र नेपालबाट इराक फर्कने क्रममा टर्कीको भिसा नभएकोले टर्कीको इस्तानबुल अध्यागमनले डिपोर्ट गरी नेपाल फर्काएको बताउनु भयो। इस्तानवुल अध्यागमनले जारी गरेको डिपोर्ट पत्रमा बिना भिसा यात्रा गर्न खोजेकोले डिपोर्ट गरिएको भन्ने व्यहोरा स्पष्टै लेखिएको थियो।
त्यसपछि उक्त इराकीलाई म नजिकैको कुर्सीमा बस्न आग्रह गरेँ र विनम्रतापूर्वक संक्षिप्त बयान लिएँ। अध्यागमन ऐनमा विदेशबाट डिपोर्ट वा इन्ट्रिरिफ्युज भई आउने व्यक्तिहरुलाई एयरपोर्ट अध्यागमन कार्यालयले विभागमा छानबिनको लागि पठाउनु पर्ने र महानिर्देशकले ताकेको अध्यागमन अधिकृतले अनिवार्य रुपमा विस्तृत बयान लिई धरौटी माग गर्न, तारेखमा छाड्न वा अदालतको अनुमति लिई थुनामा राख्न सक्नेछ भन्ने उल्लेख छ।
त्यसपछि हतारमा प्रतिवेदन तयार गरी म आफैले फाइल बोकेर निर्देशकज्यूको कार्यकक्षमा गई उक्त व्यक्ति महावीर पुनको कार्यसँग सम्बन्धित भएको, टर्कीको भिसा नहुँदा डिपोर्ट भई आएको र बयानको आधारमा खराब नियत नदेखिएकोले निजलाई यथासक्य छिटो टर्कीको भिसा वा इराकसम्मको हवाईटिकट पेश गर्नको लागि थप कारबाही केही नगरी धरौटी पनि नलिई महावीर पुनकै जिम्मा लगाएर पठाउने प्रतिवेदन ल्याएको व्यहोरा अनुरोध गरेँ र निर्देशकज्यूबाट सो प्रतिवेदन सदर भयो।
जबकि डिपोर्ट भएर आएकाहरुलाइ धरौटी नलिई अन्य व्यक्तिको जिम्मा लगाएर पठाएको मैले सम्झेसम्मको यो पहिलो घटना थियो।
त्यसपछि मैले उक्त निर्णयको व्यहोरा इराकी नागरिक र महावीरजीलाई सुनाएँ र हवाईटिकट लिन सजिलो होस् भनेर अनुसन्धानको क्रममा रहेको सो इराकीको पासपोर्ट र व्यक्तिलाई महावीरजीको जिम्मा लगाएर पठाएँ। यतिबेलाको समय ठीक १.४५ भएको थियो। गत साउन १८ गतेदेखि भदौ ५ गतेसम्म गरी हरेक दिन २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भर्खरै अध्यागमन विभागले Document Examination को लागि खरिद गरेको VSC 6000 मेसिनको सञ्चालन सम्बन्धी तालिममा मलाई विभागले खटाएकोले ठीक पौने २ बजे राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार तर्फ लागेँ र २ बजेबाट तालिममा सहभागी भएँ।
यसरी हामीले उक्त इराकीको पहिलो दिनको काम व्यस्तताको बावजुद पनि करिब ४५ मिनेट भित्रमा सिध्याएका हौँ। १ बजे विभागमा आएको मान्छेको काम सिध्याएर उनीहरुलाई विदा गरेर म २ वजे खुमलटार पुगिकेको छु भनेपछि महाशयको घडीले कसरी ५ घण्टा विभागमा कुरेको देखायो ? महाशयको घडीमा १० मिनेटको १ घण्टा पो हुँदोरहेछ कि ? भलै महाशय त्यस दिन १० बजे नै विभागमा आउनु भयो रे, फेरि १० बजेदेखि पौने २ बजेसम्म त जम्मा ३ घण्टा ४५ मिनेट हुन्छ, फेरि पनि ५ घण्टा कसरी भयो ? यसबाट महाशयको खराब नियत र बैगुनी प्रवृत्तिमा कुनै शंका रह्यो र ?
२. महासयको लेखको छैटौ हरफमा साउन २८ गते इराकसम्मको हवाई टिकट लिएर आयौँ तर प्रस्थान पत्र बनाउन दिनभरी लाग्यो भन्ने निराधार आरोप छ। त्यस दिन अर्थात् साउन २८ गते मुद्दा सम्बन्धी कार्यमा अत्यन्त व्यस्त भएकोले खुमलटार तालिममा आधा घण्टा ढिलो आउने खबर साथीहरुलाई गरेको थिएँ। अदालतमा सोही दिन पेश गर्नुपर्ने सम्पूर्ण कागजातहरु तयार भइसकेपछि सो दिन २.१५ बजे तालिममा जान अफिसबाट बाहिरिएको थिएँ। त्यतिबेलासम्म त महाशयको सवारी हाम्रो अफिसमा भएको थिएन। तालिम चलिरहेको थियो, करिब ४ वजेतिर मेरो मोबाइलमा अफिसबाट फोन आयो। मेरो शाखाको एकजना स्टाफले फोनमा “सर, अस्तिको इराकी भर्खरै आएको छ, टर्कीको भिसा त छैन तर इराकसम्मको भोलिकै हवाई टिकट लिएर आएको छ, भोलि सार्वजनिक विदा छ के गर्ने” भनेर सोध्नुभयो। अनि मैले त्यसो भए अस्तिकै प्रतिवेदन माथि तुरुन्त एउटा टिप्पणी उठाएर सदर गराउनुस् र अर्को कुनै शाखाका अध्यागमन अधिकृतलाई सही गराएर आजै काम सकेर पठाइदिनुस् भनेर भनेँ। तारेख वा जमानीमा रहेको व्यक्तिको फाइल टुङग्याउन अनुसन्धान अधिकृतले अनिवार्य रुपमा आफ्नो राय सहितको टिप्पणी निर्णयको लागि महानिर्देशकसमक्ष पेश गर्नुपर्ने र निर्णय गराई सोही बमोजिम गर्ने व्यवस्था अध्यागमन ऐनमा छ। तर उक्त दिन कार्यालयको कामले महानिर्देशक बाहिर जानु भएको भएतापनि फोनको भरमा निर्णय गराएर म तालिममा भएको हुनाले अर्को शाखाको अध्यागमन अधिकृतलाई चिठीमा सही गराई निजलाई प्रस्थान अनुमति जारी गरिएको र त्यसको पर्सिपल्ट मात्र उक्त फाइल महानिर्देशकबाट सदर गराइएको छ, त्यतिबेलासम्म महाशयको इराकी आफ्नो देश पुगिसकेको थियो। यो भन्दा के बढी लचकता र तदारुकता अपनाउन सकिएला र ?
फेरि महाशयले उक्त दिन सो काम सिध्याउन दिनभरी लाग्यो भन्ने हास्यास्पद आरोप लगाउनु भएको छ। दिउँसो २.१५ बजे मात्र म तालिमको लागि बाहिरिएको हुँ। त्यसबेला सम्म त संस्थाका लागि अत्यन्त महत्वपूर्ण मानिने डकुमेन्ट एक्जामिनेसन सम्बन्धी अफिसले खटाएको तालिममा सहभागी भइरहेको अध्यागमन अधिकृतको कुर्सीलाई खाली रहेको भनी फोटो खिची दुष्प्रचार गर्ने महाशय अफिसमा आउनु भएको थिएन। उक्त दिन महाशयको सवारी करिब ४ बजे भएको र पाँच बजेभित्रमा काम सकी कर्मचारी घरतर्फ लागेका छन् भने कसरी महासयले दिनभरी पर्खनु प-यो भनेर भन्नुभयो ? भलै महाशय म तालिममा हिँडेको पाँचै मिनेट अर्थात २.२० मा आउनु भयो रे। तैपनि त दिनभरी कसरी लाग्यो ? महाशयको घडीमा १ घण्टाको १ दिन हुन्छ भने त हामीले के नै गर्न सक्छौँ र !
३. फेरि महाशयले अध्यागमन अधिकृतको रित्तो कुर्सी पनि देखाएर बहादुरी दर्शाउनु भएको रहेछ। अध्यागमन विभागले राहदानी, भिसा लगायतका कागजातको आधिकारिकता परीक्षणको लागि भर्खरै खरिद गरेको VSC 6000 नामको अत्याधुनिक Document Examination मेसिनको सञ्चालन सम्बन्धी तालिम लिन मेरो नेतृत्वमा ६ जना कर्मचारीहरुलाई साउन १८ गते देखि भदौ ५ गते सम्मको लागि हरेक दिन २ बजेदेखि ५ बजेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाएको थियो। साउन २६ गते महाशय हाम्रो कार्यालयमा आउँदा त म सिटमै थिएँ, त्यसको फोटो खिच्नु भएनछ। फेरि सोही दिन मैले महावीरजी र इराकीसँग मलाई केही समयमा तालिमको लागि खुमलटार जानु छ भनी हात मिलाएर उहाँहरुलाई विदा गरी पौने २ बजे अफिसबाट बाहिरिएको कुरा महाशयले किन बिर्सनु भयो कुन्नि ? फेरि २८ गते पनि त हाम्रा स्टाफले सर तालिममा हुनुहुन्छ भनेर भनेको कुरा उहाँकै लेखमा छ भने पछि अध्यागमन अधिकृतको रित्तो कुर्सी किन देखाउनु भएको होला ? महाशय, मेरो कुर्सी तालिममा जाँदा मात्र हैन, महानिर्देशकको कक्षमा फाइल पेश गर्न जाँदा, अफिसको काममा बाहिर जाँदा, कार्यालय समय अगाडि-पछाडि र सार्वजनिक विदाको दिनसमेत खाली हुन्छ। तपाई जस्ता कलुषित मनोभावनाबाट ग्रसित व्यक्तिहरुले तालिममा गएकै समयको त किन म ट्वाइलेट जाँदा खाली देखिएको कुर्सीको पनि त फोटो खिची व्यापार गरेको भए के आश्चर्य हुन्थ्यो र ?
४. महाशयले नेपालको अध्यागमनले उक्त इराकी नागरिकलाई अनावश्यक दुःख दिएको भन्ने सम्बन्धमा स्पष्ट पार्न चाहन्छु। नेपालको अध्यागमनले निजलाई साउन २५ गते टर्की हुँदै इराकतर्फ जान सहज रुपमा प्रस्थान गराएको हो। टर्की अध्यागमनले भिसा नभएकोले पुनः नेपालमै डिपोर्ट गरी पठाउनुमा नेपालको अध्यागमनको के दोष, महाशय ? के नेपालको अध्यागमनले टर्कीको भिसा बिना पनि जानै पर्छ भनी ठेलेर पठाएको हो र ?
फेरि महाशयले नेपालको अध्यागमनले उक्त इराकीलाई अपराधीको व्यवहार ग-यो भनी बेतुकको आरोप लगाउनु भएछ। महाशय तपाईँकै लेखको तेस्रो हरफमा भएको व्यहोरा उद्धृत गरौँ न “अनेशलाई टर्कीको भिसा नहुनाले त्यहाँको अध्यागमनले हत्कडी लगाएर जहाजमा हालेर नेपाल पठाएपछि अनेशका दुःखका दिन शुरु भए” अनेशलाई हत्कडी लगाउन नेपालबाटै अध्यागमनका कर्मचारी टर्की गएका थिए कि महाशय ?
हत्कडी लगाएर पठाउने अन्य देशको अध्यागमनको व्यवहार अति राम्रो र उक्त हत्कडी फुकाएर सर्वसाधारण सरह व्यवहार गरी उच्च प्राथमिकताका साथ काम सकाई आफ्नो देश फर्काउने हाम्रो कार्यलाई निकृष्ट देख्ने तपाईको मानसिक सन्तुलनमा शंका गर्ने पर्याप्त आधार छैनन् र ?
अध्यागमन ऐनले अनुसन्धान अधिकृतलाई अनुसन्धानको लागि प्रहरीले पाए सरहको सम्पूर्ण अधिकार दिएको छ। हामीसँग थुनुवा कक्ष छ, हत्कडी छ। कानूनतः अनेशलाई एयरपोर्टबाटै हत्कडी लगाएर अध्यागमन विभागमा ल्याई हाम्रो थुनुवा कक्षमा थुन्न सकिन्थ्यो। महाशय तपाईँको यस विभागमा सवारी हुँदा हाम्रो थुनुवा कक्षमा अनुसन्धानको क्रममा अन्य व्यक्तिहरु बसिरहेको देख्नु भएन ? अनेश एउटा अभियुक्त हुँदाहुँदै पनि थुनुवा कक्षमा नपठाई मसँगैको सोफामा राखी हतारमा म आफैले बयान लिई प्रतिवेदन पेश गरी महावीर पुनलाई बुझाई पठाएको बिर्सनु भयो ? तपाईँलाई हाम्रो चरित्र हत्या गर्न केले प्रेरित गर्‍यो ? सर्पलाई दूध ख्वाएर पाल्यो भने पछि पाल्ने मानिसलाई नै डस्छ भन्ने नेपाली उखान तपाईँको स्वार्थी व्यवहारले चरितार्थ गर्दैन र ? फेरि महावीर पुन र महाशयसँग आएको विदेशीलाई अध्यागमन कानून लाग्दैन भन्ने कहाँ लेखेको छ ? कसैको निधारमा उसको इतिहास वा योगदान, खराब वा असल भनी लेखिएको त हुँदैन नि, ती विषयहरु अनुसन्धानबाट थाहा हुने कुरा हुन्, त्यसैको लागि अनेशलाई यस विभागमा कानून बमोजिम ल्याइएको हो। अनुसन्धानबाट छाड्न सकिने आधार देखिएकोले छाडिएको हो।
६. महाशयले हामीलाई बूढा र अशिक्षित कर्मचारी भनी आलोचना गर्नु भएछ। मुद्दा शाखाको प्रमुखको हैसियतमा मेरो कुरा गर्ने हो भने म निजामती सेवामा खुल्ला प्रतिस्पर्धाबाट सीधै शाखा अधिकृतमा प्रवेश गरेको भर्खर ५ वर्ष हुँदैछ। मेरो उमेर ३० वर्षको हाराहारीमा छ। तपाईँमा दृष्टिभ्रम भयो कि ? तपाईले हाम्रा शैक्षिक प्रमाणपत्रहरु कहाँबाट प्राप्त गरी हामीलाई अशिक्षितको दर्जामा राख्नुभयो ? महाशय निजामति कर्मचारीको जागिर तपाईँ जस्तो कसैको पिछलग्गु भएर प्राप्त हुने चीज होइन, यो त कानूनले तोके बमोजिमको योग्यता पुगेका हजारौँहजार व्यक्तिहरु बीचबाट कडा प्रतिस्पर्धामार्फत् प्राप्त हुने पद हो। तपाईँसँग क्षमता छ भने हामीसँग प्रतिस्पर्धा गर्न आउनुस्, तपाईँलाई कसले रोकेको छ र ? होइन भने स्यालले रुख चढ्न नसकेर अङगुर अमिलो छ भनी दोष लगाएसरह भएन र ?
फेरि मुद्दा शाखा भनेको अत्यन्त पाका, अनुभवी र दक्ष मानिस चाहिने शाखा हो, हामीले दिनहुँ अदालतमा मुद्दा दर्ता गर्नुपर्ने र मुद्दाको संवेदनशीलतालाई ध्यानमा राखी अक्षरसः रुजु गर्नुपर्ने र समयको पनि ज्यादै ख्याल गर्नुपर्ने भएकोले तपाईँजस्ता हावामा बग्ने गैरजिम्मेवार अल्लारेहरु यस शाखामा काम लाग्दैनन्। त्यसैले, यस शाखामा नयाँ पुराना कर्मचारीहरुको उपयुक्त सम्मिश्रण मिलाइएको छ।
७. महाशयले हाम्रो देशका अध्यागमनका कर्मचारीहरुको व्यवहार बारेमा आलोचना गर्नु भएछ। अन्य देशमा हामी नेपालीहरुलाई गरिने व्यवहार तपाईँलाई भन्दा हामीलाई बढी थाहा छ। उक्त इराकी नागरिक टर्कीबाट डिपोर्ट भई नेपाल बाहेक अन्य देशमा गएको भए ऊ आजसम्म सो देशको अध्यागमनकै कठघरामा हुने थियो। सायद उसले कोर्रा पानि खाइसकेको हुन्थ्यो। उसको साथमा ल्यापटपका त कुरा छाड्नुस जुत्ता, पर्स र बेल्ट पनि राख्‍न पाउँदैनथ्यो। छानबिनपछि उसलाई हत्कडीले बाँधेर पुलिस लगाएर केही वर्ष त्यस देशमा प्रवेश गर्न नपाउने गरी इराकसम्म पुर्‍याइन्थ्यो। विदेशबाट डिपोर्ट भै आउने नेपालीहरुले यस विभागमा रुँदै देखाउने कोर्राका डामहरु, अकल्पनीय पीडाहरु र मानसिक रुपमै विक्षिप्त भएका अवस्थाहरुबाट कहाँको अध्यागमन कस्तो छ भन्ने हामीलाई राम्रो ज्ञान छ।
फेरि तपाईँले इराकी नागरिकलाई नेपालमा उचित व्यवहार भएन भनी एउटा नाटक रच्नु भयो, हामी नेपालीकै अवमूल्यन गर्न खोज्नु भयो। महाशय, केही वर्षअगाडि १२ जना निर्दोष नेपालीलाइ अनेशकै देशमा क्रुरतापूर्वक भएको हत्या बिर्सनु भयो ? त्यसबेला अनेशको देशको सरकारले के हेरेर बसेको थियो ? त्यो बर्बरतापूर्ण हत्याकाण्डलाई के भन्नु हुन्छ ? के नेपालमा कुनै विदेशीले त्यस्तो नियति भोग्नु परेको छ ? होइन भने तपाईँ आफ्नै मातृभूमिको किन खोइरो खन्नु हुन्छ ?
तपाईँलाई हामी जस्ता कर्मचारी भएको देशको नागरिक हुनुपर्दा पीडा बोध भएछ, मलाई पनि तपाईँ जस्ता स्वार्थी एवं जुन थालमा खायो त्यही थालमा छेरेर हिड्ने सेवाग्राहीको सेवाप्रदायक हुनु पर्दा कताकता आत्मग्लानीको महसूस हुन्छ।
अन्तमा,
महाशयका लेखका आरोपहरुमा महावीर पुन जस्ता एक इतिहास बनाइसकेका व्यक्ति र उक्त इराकी नागरिकको संलग्नता छ जस्तो लाग्दैन। कहीँ कतै पनि महाशयले महावीरजी र उक्त विदेशीलाई उद्धृत नगरी आफ्ना मनगढन्ते आरोपहरु तेर्साएका छन्। २-४ अक्षर टाइप गर्न जानेको छु भन्दैमा आधारहीनरुपमा हाम्रो चरित्र हत्या गर्ने अधिकार तपाईँलाई कसले दियो ? महाशयको लेख र मेरो प्रतिक्रिया सम्बन्धमा महावीरजीलाई आफ्नो विचार पठाइदिनु हुन अनरोध गर्दछु।

एन.आर.एन,इजरायलको प्रथम वार्षिक साधारण सभा आज हुदैँ

प्रथम वार्षिक साधारण सभा सम्बन्धि अत्यन्त जरुरी सूचना !
आदरणीय सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको प्रथम बार्षिक साधारण सभा नेपाली राजदुतावासका महामहिम राजदुत श्री बैजनाथ थपलियाज्यूको प्रमुख आतिथ्यमा निम्न लिखित मिति समय र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबै पंजिकृत सदस्यज्यूहरुलाई यसै सूचनालाई पत्रको रुपमा स्वीकार गरी उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ ।
इजरायलमा रहेका विभिन्न नेपाली सामाजीक संघसंस्थाहरु अनलाइन मिडियाका पत्रकारहरु व्यवसायीहरु सल्लाहकार बुदीजिवी शुभेच्छुक तथा सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित भै कार्यक्रमलाई भव्य रुपमा सफल पार्न हार्दिक निमन्त्रणा गरिन्छ । गैर आवासिय नेपाली संघको मूल उद्देश्यलाई प्राप्त गर्न र इजरायलमा रहेका सम्पूर्ण गैर आवासीय नेपालीहरुको हक हित र अधिकारलाई सुनिश्चित संरक्षण र प्रवर्धन गर्ने र गराउने कार्यमा यहाँहरुको अमूल्य सल्लाह र सुझावको ठूलो योगदान हुने भएकोले उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।
अन्तमा सम्पूर्ण पंजिकृत सदस्यज्यूहरुलाई सभामा उपस्थित भै आफ्नो हक र अधिकारको उचित प्रयोग गरिदिनुहुन प्रथम वार्षिक साधारण सभा तयारी समितिको तर्फबाट हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम तालिका
मिति २२ अगस्ट २००९ शनिबार ।उद्घाटन सत्र दिउँसो ठिक १२ बजे देखि २ बजेसम्म ।बन्द सत्र दिउँसो ठिक २ बजेदेखि ४ बजेसम्म ।निर्वाचन बेलुकी ४ बजेदेखि……………। स्थान लेबाण्डा स्ट्रीट ३२ कम एण्ड सी चर्च चौथो तल्ला तेलभिव ।
छलफलका विषयहरु १। महासचिवबाट संघको वार्षिक प्रतिबेदन २। कोषाध्यक्षबाट संघको आर्थिक प्रतिबेदन ३। आई।सी।सी।सदस्यको निर्वाचन ४। विविध
भुवन सिंह कुँवरसंयोजकवार्षिक साधारण सभा तयारी समिति

Saturday, August 15, 2009

अब नेपाली भाषा मै रोक लाउने रे

नबराज न्यौपाने
उपराष्ट्रपति परमानन्द झाले लिएको हिन्दी भाषाको शपथलाई अमान्य घोषणा गरी नेपाली भाषामा शपथ लिन बाध्य पार्ने प्रयास भइरहेको भन्दै क्रुद्ध मधेश तराई फोरम नामक एक जातीय पार्टीले नेपाली भाषामा लेखिएका पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यम तराईमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
शनिबार राजधानीको सञ्चार समूहमा आयोजित पत्रकार सम्मेलनमा बाँडिएको वक्तव्यमा नागरिक सर्वोच्चताको नाममा राष्ट्रपतिविरुद्ध आन्दोलन चर्काएको र उपराष्ट्रपति हिन्दीमा खाएको शपथको विषयमा विवाद झिकेर मधेशीमाथि खस ब्राम्हणवादी भाषा र संस्कृति लादन खोजेको भन्दै भदौं ७ गतेदेखि उनीहरुकै भाषामा ०भाषिक र सांस्कृतिक आन्दोलनको घोषणा गर्दै राष्ट्रिय पत्रपत्रिका, क्षेत्रीय पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यम केवल टिभीसमेत प्रतिबन्ध लगाइएको उल्लेख छ। त्यसैगरी, कार्तिक नौ गतेदेखि सबै सरकारी कार्यालयमा नेपाली भाषामा कामकाज गर्न प्रतिबन्ध लगाउने भनी व्यक्तव्य उल्लेख छ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अमर यादवले नेपाली भाषाका पत्रिकाले मधेशीमाथि विभेद गरेको आरोप लगाउँदै मनले नमाने पनि बाध्य भएर यस्तो अप्रिय निर्णय गर्नु परेको बताए। उनले भने ‘नेपाली भाषामा प्रकाशित पत्रपत्रिकाहरु जहाँ त्यो भाषाभाषी बस्छन्, त्यही लगेर बिक्री वितरण गर्नू हाम्रो मधेशमा होइन, यदि मधेशमा बिक्री वितरण गर्ने हो भने हिन्दी भाषामा लेखेर ल्याउनू।’
उति नाम नसुनिएको यो पार्टीले गरेको आन्दोलनको घोषणाको प्रभाव कति पर्छ, त्यो आफ्नो ठाउँमा छ। तर खुलेआम यसरी संविधानप्रदत्त हक अधिकार खोस्ने भन्दै पत्रकार सम्मेलन गरी गरी घोषणा गर्नेलाई सरकारले कस्तो कारबाही गर्छ, हेर्न बाँकी छ। नत्र त जसले जे भनेर पत्रकार सम्मेलन गरे पनि हुने भो हाम्रो नेपालमा। प्रेस स्वतन्त्रताको ठेक्का लिएको नेपाल पत्रकार महासंघ र अन्य सम्बद्ध निकायले यसलाई कसरी लिन्छन् त्यो पनि हेर्न बाँकी नै छ।
हेर्नुस्, नेपाली भाषामा रोक लगाउने भनी नेपाली भाषामा लेखिएको प्रेस वक्तव्य-

यसपाली, नेपालमा कृष्णअष्टमी पर्ब







नमस्ते, अहिले म पाटनको कृष्ण मन्दिर अगाडि छु। यहाँ अहिले निकै भीड देखिन्छ। आजको रातलाई हिन्दू धर्मावलम्बीहरु मोहरात्रिका रुपमा मनाउने गर्छन्। आजै राति भगवान कृष्ण जन्मिएको भनिन्छ। आज रातभर पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको भीड लाग्छ। राति १२ बजेदेखि त भजन सुरु हुन थाल्छ। केही समयअघि अर्थात् राति नौ बजे कृष्ण मन्दिर पुगेर खिचेका केही दृश्य यहाँ राख्दैछु।




अहिले राति साढे नौ बजिसकेको छ। तर भीड हेर्नुस्, घटेको छैन, झन् बढेको बढ्यै छ। वरपरका मन्दिरहरुमा मानिसहरु बसिरहेका छन्। सबैको मुख उज्यालो देखेँ है मैले त।


लाइन व्यवस्थित छ। प्रहरीको उपस्थिति त्यति धेरै नभए पनि स्वस्फूर्त अनुशासन कायम छ।



निकै रमाइलो छ यहाँको वातावरण।


यी दाइ पाँच रुपैयाँ गोटा पर्ने दियो बालेर आरती गर्दै भगवानप्रति आफ्नो श्रद्धा दर्शाउँदैछन्।


आम्मामा, महिलाहरुको कति लामो लाइन हो। पुरुषहरुको त खासै लाइन देखिएन। ऊ त्यहाँसम्म मात्रै त हो। महिलाको भने सडकसम्मै पुगेको छ।


जतिसुकै लामो लाइनमा बस्नु परे पनि उनीहरु हतास देखिँदैनन्।


अब त पालो आइपुग्नै लाग्यो। उ उताबाट लाइन बस्नेहरुले गीत गाउन थाले। हैन तीजको गीत पो गाएछन् कि क्या हो !


यस्तो मयुरको प्वाँखको बिक्री पनि खुबै भइरहेको देखियो आजभोलि।


यो रात रमाइलो अनि साथ तिम्रो। सम्झेर राख्‍न मोबाइलबाट भए पनि खिचेँ है फोटो राम्रो।



यो मन्दिर १७ औं शताब्दीमा तत्कालीन पाटनका राजा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका हुन्। काठमाडौँ उपत्यकाका अधिकांश मन्दिर प्यागोडा शैलिमा छन्। तर यो शिखर शैलीमा बनेको छ।


यो मन्दिरको अर्को एउटा विशेषता के हो भने यो पूरै ढुंगाबाट बनाइएको हो। नेपालको एक मात्र २१ गजुर भएको मन्दिर पनि यही हो।


अब फर्कने बेला भयो। जाँदाजाँदै पाटन दरबार क्षेत्रको यो एउटा फोटो पनि।

के ,लेलान् त अब उपराष्ट्रपतिले नेपालीमा शपथ

लेलान् त अब उपराष्ट्रपतिले नेपालीमा शपथ

सत्ता साझेदार दलहरुको बैठकले उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा नै शपथ लिनुपर्ने अदालतको निर्णय कार्यान्वयन हुनुपर्ने निर्णय गरेका छन्। आज बसेको उनीहरुको बैठकले यस्तो निर्णय गरेको हो। हिजो सर्वोच्चले उपराष्ट्रपतिले नेपालीमा नै शपथ लिनुपर्ने फैसला गर्दै शपथ लिने हो कि नलिने हो बारे जानकारी दिन सरकारलाई आदेश दिएको थियो। शपथ नलिएसम्म उपराष्ट्रपतिको हैसियतले काम गर्न रोक लगाउन अन्तरिम आदेश भने अहिले नै दिन नपर्ने सर्वोच्चको फैसला थियो।

२२ दलको यस्तो निर्णयपछि मलाई नेपाली भाषा आउँदैन भनी नेपालीमा नै भन्ने उपराष्ट्रपतिले नेपाली भाषामा शपथ लेलान् कि नलेलान् त्यो निश्चित छैन। तर ‘जनता (वास्तवमा दलहरु भनेको क्या घुमाएर) ले भने बारम्बार नेपालीमा शपथ खान तयार छु’ भनेर उनले पहिले नै भनिसकेका छन्। हेरौँ उनले के निर्णय गर्ने हुन्।

तर, टुक्रिएको मधेसी जनअधिकार फोरमका एक गुटका अध्यक्ष विजयकुमार गच्छदारले दिएको जानकारी भने फरक छ। यस पटकलाई नेपालीमा नै शपथ लिन लाउने भने पनि सरकारले शपथसम्बन्धी विवाद टु‍ग्याउन संविधान संशोधन गर्ने प्रस्ताव संसदमा लाने निर्णय दलहरुले गरेका रहेछन्। अर्को वर्षसम्म नयाँ संविधान नबनाउने दाउ हो कि क्या हो यिनीहरुको। नत्र किन नयाँ संविधानमा सबै व्यवस्था नगरी यही संविधानलाई फेरि संशोधन गर्न लागेका ?

जे होस्, संविधान संशोधन पछि भने अब शपथ सम्बन्धी विवाद नआउने भएको छ। किनभने संविधान संशोधन गरियो भने हिन्दी त के, चाइनिज भाषामा पनि शपथ लिन पाइनेछ। जुनसुकै भाषामा शपथ लिए पनि मान्य हुने प्रावधान संविधानमा थप्न लागिएको हो। शपथ अनुसार इमान्दारीले काम गर्‍यो कि गरेन भन्नेलाई प्राथमिकता दिनुको साटो त्यसको भाषालाई महत्त्व दिने काम अब हट्छ र उनीहरुका अनुसार।

Tuesday, August 11, 2009

सबाधान !! इजरायल सरकार ,साबधान !!


  • प्रबाशी कामदारहरूलाइ खेदॊ गर्न बन्द गर !
    निर्वासनको विरुद्घ जन एकता हॊऔँ
    शनिवार १५ अगष्ट २००९
    तेलअभिब,इजरायल ।

    कार्यक्रमः
    Ø ६:०० बजे साँझ, हामीहरु तेलअभिब स्थीत रोथचील्ड बुलवार्ड र नहालत बिन्यामीन स्ट्रीटको केन्द्रमा भेला,जम्मा हॊऔँ ।

    Ø ७:३० बजे साँझ, हामीहरु रॊडमार्चपास गर्दै लेभेन्सकी पार्कमा आइपुग्नेछौं जहाँ भब्य बिरोध र्‍याली आयोजना हुनेछ । एक साथ हामीहरूले भन्ने छौं:
    बालबालीकाहरुलाई निष्कासन गर्ने धम्की बन्द गर ।
    यिनिहरु इजरायली बालबालिका हुन्, उनिहरुलाई इजरायली नागरिक्ता दे ।
    कामदारलाई निष्कासन गर्न बन्द गर ।
    म्यानपावर कम्पनिहरु बिरुद कार्वाही गर।
    जसले कामदारहरुलाई अवैधरुपमा लुटछ र गैरकानुनी बनाँउछ ।
    घुमाँउरो ढोका बन्द गर।
    अर्थात,
    एक हात बाट बिदेशीकामदारहरूलाइ गैह्रकानूनी भनि निष्कासन गर्ने र अर्को हात बाट नयाँ कामदारहरूकै अत्याधिक लगानीमा इजरायल झिकाउने प्रवृतिले गर्दा प्रत्यक्ष रुपमा कामदारहरूको शोषणले म्यानपावर कम्पनि धनि भएका छन् अतःयस्लाइ बन्द गर।


    आयॊजकः
    प्रबाशी इजरायलका भिसा नभएका कामदारहरू र इजरायलमै जन्मेका बच्चाहरू
    एबं इजरायलका सामाजीक संस्थाहरू
    मानब अधिकारबादी संस्था, हटलाइन र काबलावभेद,
    यूनाइटेड नेपाली कृष्टचीयन मण्डली,इजरायल ।
    नमस्ते नेपाल चौतारी,परीवार,इजरायल ।
    माल्का बेबीकेयर सेन्टर,इजरायल

Monday, August 10, 2009

हद नै गरेछ नि पागल प्रेमीले, चर्तिकला




कुरा अलि पुरानै हो। तर माइसंसारका पाठकका लागि नौलो नै होला भन्ने आशाले आज राख्दैछु। यस्तो दृश्य केही महिनाअघि नै देखिएको थियो। अझै पनि देखिन्छ न‍ै। तर हातमा कहिल्यै क्यामेरा नभएकोले खिच्न भने पाएको थिइनँ। आज आर्ट काउन्सिल जानलाई क्यामेरा बोकेको थिएँ। बाटैमा यी दृश्य पनि खिचिहालेँ।यी ‘पागल’ प्रेमी को हुन्, यिनकी प्रेमिका को हुन्, किन यिनले आफ्नो प्रेम सहरभर चर्चामा आउने बनाए, केही थाहा हुन सकेको छैन।


शायद मुनामदन जस्तै नयाँ जोडी स्मिता-कृष बनाउने रहर जागेको हुनुपर्छ। जे होस्, आफ्नी प्रेमिकाका लागि सहरका भित्ता पेन्ट गरेर हिँड्ने जाँगर चानचुने कुरा चैँ हैन है !

अचम्म्...दूतावासै छैन दूत छान्न हतार

यो अजब नेपालमा एउटा गजबको समाचार सुन्ने मौका पाइयो फेरि। भएछ के भने अस्ति नै मन्त्रिपरिषद्को बैठकले दुई देशका राजदूत नियुक्त गरेको रैछ। एक जना क्यानाडाका लागि अनि अर्का चैँ श्रीलंकाका लागि। श्रीलंका त दक्षिण एसिया कै देश भइहाल्यो, त्यहाँ त दूतावास पनि धेरै अघिदेखि छ। तर क्यानाडा भने अहिलेसम्म दूतावास नै छैन। दूतावास नै नभएको ठाउँमा पुराना मुख्य सचिव भोजराज घिमिरेलाई राजदूत बनाउने निर्णय ठोक्देछ मन्त्रिपरिषद्को बैठकले।
सोमबार तिनै राजदूतहरुको संसदीय सुनुवाई थियो। हैन यो दूतावास नै नभएको देशमा कसरी दूत नियुक्त गर्‍यो सरकारले हँ ? सरकारलाई कुन कुन देशमा दूतावास छ भन्ने कुरा पनि थाहा छैन कि क्या हो भन्दै सभासदहरु कुर्लिए। यसका कारण निर्धारित संसदीय सुनुवाई नै स्थगित हुन पुग्यो।
हुन पनि क्यानाडामा अहिले दूतावास छैन। कूटनीतिक सम्बन्ध कायम भएको देश भएकोले हाल अमेरिका कै राजदूतले क्यानाडाको मामिला पनि हेर्ने गरिरहेका छन्।
दूतावास नै नभएको देशमा राजदूत नियुक्त गरेको विषयमा अब संसदीय समितिले सरकारसँग जानकारी लिने भएको छ। यो जानकारीपछि मात्रै साउन २८ गते सुनुवाई हुनेछ।
दूतावास नभएको देशमा राजदूत नियुक्त भएका भोजराज घिमिरेविरुद्ध दुई वटा उजुरी परेका छन्। श्रीलंकाका लागि राजदूत नियुक्त सुशीलचन्द्र अमात्यविरुद्ध भने कुनै उजुरी परेको छैन। अमात्य एमालेका तिनै समानुपातिकबाट निर्वाचित सदस्य हुन्, जसले माधव नेपालका लागि आफ्नो सभासद् पदबाट राजीनामा दिएका थिए। त्यसो त त्यतिबेला संवैधानिक समितिको अध्यक्ष बनाउनका लागि भनी माधव नेपाललाई सभासद बनाइएको थियो। तर पुर्पुरो बलियो भएपछि माधव नेपाल प्रधानमन्त्री नै बने। अनि आफ्नो लागि ठाउँ बनाइदिने अमात्यको गुण सम्झेर पो हो कि उनलाई श्रीलंकाको राजदूत बनाइदिए नेपालले।

नेपाली राष्ट्रीय भाषामा इजरायली भषा सिक्नुस्








नेपाली – हिब्रॊ (इजरायली भषा) गाइड





( अधिबक्ता – श्याम रॊक्काद्वारा इजरायलीहरू दशैका टीका र जमरा थाप्दै)




इजरायली पुर्खाहरू बिभिन्नदेशः इराक,मॊरक्कॊ,पॊल्याण्ड,स्पेन,इटली,अमेरीका,हंगेरी र यस्तै २० भन्दा बढी राष्ट्रबाट आइ बर्तमान इजरायल स्थापीत गरी बस्दै गरेका हुनाले उनिहरूले बॊल्नेक्रममा हिब्रॊभषालाइ केहि द्वेद उच्चारण गरेका सुनिने गरीन्छ अतः मैले यहाँ उल्था गर्ने क्रममा सकभर शुद्द र बॊलिचालीका शब्दहरू तपाइहरूलाका लागी जानकारीर्थ लेख्ने प्रयास गरेकॊ हुँ र (शतप्रतीसत)१००% बिशुद्द नहुन गएमा क्षमाप्रार्थी छु र सल्लाह ,सुझाब र प्रतिक्रीया समेत चाहन्छु । धन्यबाद ।










सेनाः........... चबा
प्रहरीः.........मीस्तारा
शीक्षक..........माेरे
शीक्षीका......माेरा

दैनिक उपयॊगी शब्द र बाक्यहरूः




अभिबादन(नमस्ते) ------------- सलॊम (सेलॊम)
माफ गर्नुस (एक्सक्यूज मी) ------------स्लीखा
कृपया बेबकासा (बकासा)
धन्यबाद ,धेरै धेरै धन्यबाद-------------- -तॊदा, तॊदा रब्बा
के,कस्तॊ छ ?-------------------- मानिस्मा ? (माइनेनीम ?)
के,कस्तॊ छ ? (केटीलाइ) -------------मास्लॊमेख ?
.............. (केटालाइ) ----------------मास्लॊम्खाँ ?
ठीकै छ (दुबैलाइ) -----------------बिसेदर, मित्च्युयान(मित्सुयान) यॊफी
सबै ठीक छ (दुबैलाइ) --------------अकॊल बिसेदर (बिसेदर गमूर)
शुभ प्रभात--------------- - बॊकेरतॊभ
शुभ दिन -------------- चॊहराइम तॊभीम्
शुभ साँझपख ----------------- एरेभतॊभ
शुभरात्री -----------लैलातॊभ
निन्द्रा राम्रॊ ---------------खालॊमॊत नाइमीम
रात्री(सुताइ) कस्तॊ भयॊ?------- एख हैया बलैला ?
राम्रॊ ----------याफ्ये
राम्री---------- याफ्आ
नराम्रॊ ----------(खराब) राआ (रा)
यॊ राम्रॊ हैन, राम्रॊ गरीनस् ---------जे लॊ बिसेदर (लॊ याफ्ये)
के ? -----मा ?
कुन ?---------- एजे ?
कॊ ?--------- मी ?
किन ?------------- लामा ?
कहिले ? ----------माताइ
हजूर (हँ) -----------केन
छ --------------एस
छैन--------- लॊ
सक्छु (केटाले)----------- एखॊल
सक्छु ( केटीले) -------------एखॊला
सक्दिन (केटाले) -----------लॊ यॊखॊल
सक्दिन (केटीले) ---------------लॊ यॊखॊला
तपाइ के चाहनुहुन्छ ? (केटालाइ) -------------------मा आता रॊचे ?
तपाइ के चाहनुहुन्छ ? (केटीलाइ)-------------- मा आत् रॊचा ?
तपाइ सन्चै हुनुहुन्छ ? (केटालाइ) -------------एख आता मर्गीस ?
तपाइ सन्चै हुनुहुन्छ ?(केटीलाइ) ------------एख आत् मर्गीसा ?
मलाइ सन्चॊ छैन ---------आनी लॊ मर्गीसा तॊभ (केटीले)
मलाइ सन्चॊ छैन---------- आनी लॊ मर्गीस तॊभ (केटाले)
मलाइ दुख्यॊ ------------कॊयब ली
कहाँ दुख्यॊ ?-------------- एफॊ कॊयब ?
खानेकुरा -------------ओखेल
खान ----------लेखॊल
बिहानकॊ खाना--------------- अरॊखात बॊकेर
दिँउसकॊ खाना --------अरॊखात चॊहराइम
रात्रीकॊ खाना----------- अरॊखात एरेभ
तपाइलाइ भॊक लाग्यॊ ?---------- (केटालाइ) आता रायब ?
तपाइलाइ भॊक लाग्यॊ ?------- (केटीलाइ) आत रायबा ?
म भॊकाएँ (केटाले) ---------आनी रायब
म भॊकाएँ (केटीले) --------आनी रायबा
पानी -------------माइम
चिया ------टे
कफी------ कफे
चिनी --------------सुकर (सुगर)
चिनी फ्री -----------सुग्रजीत(सुक्रजीत)
जूस----------------- मीच
पीउने दुध -------------------खलाब
केहि पीउन चाहनुहुन्छ ? ----------------(केटीलाइ) रॊचा लिस्तॊत् मासू ?
केहि पीउन चाहनुहुन्छ ? -----------------(केटालाइ) रॊचे लिस्तॊत् मासू ?
गीलास------------- कॊस
पीउने------------ पाइप कास
पाउरॊटी------------- लेखेम
तरकारी -----------याराकॊट
सूप(झॊल) ----------मराक
लिटॊ जस्तै ----------डाइसा
अण्डा ---------बेच्चा
उसिनेकॊ अण्डा------- बेच्चा कस्सा
फ्राइप्यानमा तेल ततायर अण्डा फुटाइएर सिधै हाल्ने र नचलाइ आधामात्र पकाउने-- बेच्चा आयन
(यस्लाइ पकाउदाँ आँखा जस्तै देखिन्छ)
गॊलभेडा र अण्डा मीश्रीत -------(अमलेट) खबिता
तातॊ ----------खाम्
चिसॊ -----------कार
मनतातॊ------------ पॊसेर
मलुवाख ------------नुनीलॊ
गुलीयॊ ----------मातॊक
अमीलॊ ---------खामूच
पीरॊ -----------खारीब
कम----------- पाखॊत्
धेरै (बढी) -----------हर्बे (यॊत्तेर)
औषधि -------------कदुर(ट्रुफा)
निलीस् ?-------- (केटालाइ) बलाता ?
निलिस् (केटीलाइ) --------बलात् ?
निल् (केटालाइ) --------लिब्लुवा
निल् (केटीलाइ)------------------ तिब्लीइ
खा (केटालाइ) --------तुखाल
खा (केटीलाइ) ------------तुख्ली
खानामा रूची --------त्याबॊन
खाना दिएर भन्ने शब्द र कसैले खाइरहेका अबश्थामा देख्नुभएमा------बित्याबॊन

पुग्यॊ वा भयॊ --------मस्पीक (दाइ)
आइज (केटालाइ) -------बॊ
आइज (केटीलाइ)------- बॊइ
जा (केटालाइ) ------लेख्
जा (केटीलाइ) -----लेखी
बस (केटालाइ)----- सेब
बस (केटीलाइ)----- स्बी
उठ (केटीलाइ) ---कुमी
उठ (केटालाइ) ---कुम्
सुत्न------ लिसॊन
आराम गर्न -----लनुवाख
कॊल्टे फर्कनु ---- आलाचाद
थाक्नु ------आयफ
तँ थाकीस् ?(केटीलाइ) -------आत् आयफा ?
तँ थाकीस् ?(केटालाइ) ----आता आयफ ?
सन्चॊ हॊस् (केटालाइ)----- तियबरी
सन्चॊ हॊस् (केटीलाइ ) -----तिबरीया
सबै ठीक हुनेछ-----य बिसेदर (ए तॊभ)
भगवानलाइ धन्यबाद -----बरूखस्सेम
भगवानले हेर्नेछन् ------बेज्रातस्सेम
भगवनलाइ धन्यबाद ------तॊदालायल
नआत्ती ( पीर सुर्ता नलीइ ) (केटालाइ) ------आल्तीदाग
............................. ( केटीलाइ ) ----आल्तीदागी
बिस्तारै ल्यात्.----. ल्यात्
चाडै (हतार) ----माहेर
के भयॊ ? -----मा करा ?
कती बज्यॊ ------मा साआ ?
१२ बज्यॊ ----साआ स्टाइम एस्सरे
म तिर्खायँ ----आनी चमेआ
पिउने पानी लेउ---- तेन्ली माइम लिस्तॊत
तातॊ पानि ----माइम खामीम्
चिसॊ पानि -----माइम कारीम्

पारीवारी नाता सम्बन्धी







बुबा -----आब्बा
आमा---- इमा
हजूर ----बा साब्बा
हजूरआमा---- साफ्टा
दाजु र भाइ--- आख्
दिदी र बहिनी ----आखुती
बच्चाहरू------ इलादिम
छॊरा बच्चा ----एलेद
छॊरी बच्चा ---एल्दा
नाती ----नेखेद्
नातीनी ---नेख्दा
महाशय ----आदॊनी
लॊग्ने मान्छे---- गेभेर
आइमाइ------- गीभेरेत्
मलाइ दिशा(गू)आयॊ--- एस ली काकी (आनी रॊचे काकी)
म ट्वाइलेट जान चाहन्छु ------(केटा) आनी रॊचे सेरूतीम (बेच्चीमूस)
म ट्वाइलेट जान चाहन्छु ----(केटी) आनी रॊचा सेरूतीम (बेच्चीमूस)
तपाइ ट्वाइलेट जान चाहनुहुन्छ? -----(केटा) आता रॊचे ललेखेत सेरूतीम् ?
तपाइ ट्वाइलेट जान चाहनुहुन्छ?------ (केटी) आत् रॊचा ललेखेत सेरूतीम् ?




घरपालुवा जनाबर








कुकुर.............केलेभ



कुकुर्नी.............काल्बा
बिरालाे..........खातुल



बिराली.............खातुला

शरीर र अन्य अत्यावाश्क शब्दहरू:
टाउकॊ -----रॊस
कपाल------ सहार
कपालमा लगाउने रङ ------चेब्बा बिस्मील सहार
कान उजनाइम ----(उजेन)
आँखा -----आयन
नाक------- आफ
मूख-------- पे
दाँत ---------------सिनाइम
दाँत माझ्नु --------चखचेक सिनाइम
टुथब्रस चखचेक ----मब्रेसेडर
टुथपेस्ट मिस्खा ----सेल चखचेक
ओठ -------स्फाताइम
जीब्रॊ -------लसूम
दाह्री ------जक्कान
आँखी भौँ -----गाब्बॊत्
जुँङ्गा---- सफ्पाम्
छाती ----खजे
छाती (केटीकॊ स्तन)------- चीची
पेट बेतेन
ढाड (डडाल्लॊ) ---गाभ् (गाफ्)
मुटु -------लेभ
मृगौला -----कलायॊत्
हड्डी -----भर्जेल
मासु ---बस्सार
छाला ---वर्र्
हात (हातहरू)--- याद (यादाइम)
औँला एच्बा
बुढी औँला -----अगुदाल
कुहिनॊ -----मर्पेक
नङ -----चिपॊरइनाइम्
नङ काट्न लिगजॊर------ (लिगजॊम)चिपॊरइनाइम्
नङ पालीस -----चेब्बा सेल चिपॊरइनाइम्
चाक टुसीक
लिङ्ग (केटाकॊ गुप्ताङ्ग) ------बुलबुल
यॊनी (केटीकॊ गुप्ताङ्ग) ------------कुस्
पीसाब पीपी -----------(सेतेन)
गू (आची) काकी ------(काका)
पातलॊ दिशा लाग्नु ------(छेरौटी चल्नु) सिलसुल
परस्पर यौन सम्पर्क ----जीग्जीग्
गर्भबती बेरायॊन -----(यरायॊन)
पुरूष बच्चा जन्मीयॊ ----तिनॊक नलाद
महिला बच्ची जन्मीइ ------तिनॊकेत नल्दा
जुम्ल्याहा (पुरूष) ----तेवमीम्
जुम्ल्याहा (महिला) ----तेवमॊत्
घुँडा---- बेरेख
दुइटै घुँडा----- बेरखाइम (बेरकाइम)
गॊडा (खुट्टा)--------- रग्लाइम्





दैनिक प्रयॊगहुने लत्ता कपडा र सामानहरूः
यहुदीहरूका टॊपीजस्तै सानॊ ------कीपा
टॊपी------------ कॊबा
चस्मा ---------मीस्कफाइम्
गलबन्दि (फेटा) ----------------चाहिफ
पछ्यौरा (ओढ्ने) केटीकॊ ---------खच्चाहिफ (स्मीखा)
जाकेट -------------मेइल
स्वीटर ---स्वेदर
सर्ट,टीसर्ट ----खुल्चा
हाफ सर्ट खुल्चा ---कच्चार (खेच्ची सर्बुल)
सिम्ला(म्याक्सी जस्तै) ----सिम्ला
दाक् -----पातलॊ
बाक्लॊ ----अबेय
अण्डर भेस्ट ---गुफीया
ब्रा लेखस्से खजे (खज्चाइत)
अण्डरवेयर ----ताख्तॊनी
पाइन्ट -----मिख्नासाइम्
बेल्ट (पेटी) -----खगॊरा
ट्रयाक---- ट्रेनिङ्
पन्जा ------खफाफा
रूमाल (टावेल)----- मगेबेत
घडी ----सावन
मॊजा ----गरबाइम्
जुत्ता---- नालाइम
चप्पल-------- स्याण्डलिम
मित्रीया छाता
ब्याग टीक
वालेट (मनी पर्स) अर्नाक
टेक्ने लौरॊ मकेल
३ वा ४ खुट्टाभएकॊ टेकेर हिड्ने (वाकर) आलिखॊन्
ह्वील चियर किस्से गलगल
परफ्यूम (सेन्ट) बॊसेम् (बॊसेन्)
कुनैपनि क्रीम मीस्खा

पैशा (रूपैयाँ) इजरायली कागजकाे पैशा ..........सेकेल (स्कलीम्)




सिक्का(दश सेकेल).............. एस्सर सेकेल




.......... (एक सेकेल)...............एकाद सेकेल (सेकेल)




...........(अ।धा सेकेल)............खेच्ची अगुरथ (अग्रुथ)












अंक (बार)
शुन्य (जीरॊ)------- एफेस
एक (आइतबार) -------------एखाद (रिसॊन)
दुइ (सॊमबार) ---------------स्टाइम (सिनी)
तिन (मंगलबार) -------------सलॊस (स्लीसी)
चार (बुधबार) ---------------आर्बा (रीबी)
पाँच (बिहिबार) -------------खामेश (खामीसी)
छ (शुक्रबार) -------------- शेस (शीसी)
सात (शनिबार) ----------------सेब्बा (सब्बात)
आठ स्मॊने
नौ टेइसा
दश एस्सर
एघार एकादएस्सरे
बा्ह्र स्टाइम एस्सरे (स्टाइ र एस्सर मिलेर)
तेह्र सलॊस एस्सरे (सलॊस र एस्सर मिलेर)
चौध..............
पन्ध्र
सॊह्र
.......
.......
......
बिस इस्रीम
एक्काइस इस्रीम बे एखाद (इस्रीम र एकाद मिलेर)
बाइस् ........ बे स्टाइम(इस्रीम र स्टाइम मिलेर
तेइस् ............ सलॊस
चौबीस ............ आर्बा
पच्चीस .............. खामेश
छब्बीस
सत्ताइस
............
................
तीस सलॊसीम
एकतिस सलॊसीम बे एकाद
........ ................स्टाइम
.......
...............
क्रमशः माथी झै हुनेछ सबै माथीझै दुइ अंक जॊडेर बनेका हुन्छन्
............
.........
............
चालीस आर्बाइम
.............. आर्बाइम बे एकाद
.............. .........
क्रमशःमाथी झै हुनेछ .........माथी झै


पचास खामीसीम
एकाउन्न खामीसीम बे एखाद
............. .................
................ ................
क्रमशः माथी झै क्रमश माथी झै


साठ्ठी सिसीम
सत्तरी सिबीम
असी स्मॊनिम
नब्बे टीसीम
क्रमश सबै अंकहरूका उच्चाहरण मथी झैँ बिचका सबै अंकहरूका उच्चाहरण मथी झैँ
एक सय मीया (मेया)
एक हजार एलेफ
दशहजार मीलीयॊन
सय हजार (लाख) मीलीयार्ड


भान्साका समानहरूः
भान्साघर........ मीतबाख्
बेरेज ..............धारॊ
भाडाधुनेधारॊ संगैकॊ मार्बलकॊ टेबल ........साइस्
भाँडा धुने खाडल........ केवर
दराज .......आरॊन
ग्यास........ चुल्हॊ ग्याज
आगॊ .........एस्
सलाइ...... गफ्रुरीम
लाइटर......... म्याचीथ
माइक्रॊ ओभान........... मिक्रॊ
ग्रील भएकॊ रॊस्टर........... तनुर
पानी तताउने किट्ली......... कुमकुम्
फ्रीज मीकरेर ............फ्रीजेडर (फ्रीज)
पाउरॊटी टॊस्ट गर्ने मेशीन ........टॊस्टर
टेबुल ..........सुल्खान्
कुर्सी............. किस्से
प्लेट ............सलाखात्
चम्चा (साना) .........कपीत
चम्चा (ठूला) डाडु,पन्यू....... काफ
काँटा ...........मजलेग्
चक्कू .............सकीन्
गीलास,कप ...........कॊस
गहिरॊ ...........अमॊक
पकाउने भाडा ...........सिर्
फ्राइ प्यान ...........मख्बत्
भान्सामा केहि चाल्ने जाली............. सनेनेत्
सिसी (समान हाल्न खाली सिसी) ........बकबुक (चुनचेन)
डब्बा (बट्टा)........ खुप्सा
नून .........मेलाख्
खुर्सानी ...............पीलपील
रातॊ पाप्रीका रेड ....पाप्रीका



बेस्सार...........कुरकुम
चिकेन सूप (पाउडर) .........मराक आफकाट्
धुलॊ..... आफ्का
भिज्नु ........रतुब
उमाल्नु ........रॊटेयाख्
चलाउनु (तरकारी जस्तै कुनपनि कुरा) ................लेयारबेब
काट्नु (टुक्राउनु) ......लाखतॊख् (लेकचेच)
सफा ............नकी
फॊहर................. मेलुखलाख्
पकाउने काम ............बिसुलीम
तयारी हुनु (पाक्नु).......... मुखान्
तयारी नहुनु (नपाक्नु) ............लॊ मुखान्
स्वाद .............ताम
चाख् त (चाखेर हेर)........ तिताम्
बासना ...........र्ेयाख



नुनीलॊ.... मलुवाख्
पिरॊ....... खारीब
अमीलॊ .....खामूच




तितॊ ,टर्रॊ.........मार्र



चिनी ......सुगर (सुकर)
मीठॊ...... ताइम्
नमीठॊ........ ऎन ताइम (लॊ ताइम)
स्वाद छैन .........ऎन ताम
चियापत्ती ...........टे सकीट
नेस कफी ..............नेस (नेसकफ्फे)
कालॊ कफी ...........कफ्फे सखॊर
फॊहर फाल्ने भाँडॊ .........गार्बेच (पाख् ज्याबेल)
भाँडा धुने साबुन......... साबॊन कीलीम्
प्लास्टीकका भाँडाहरू (यूज एण्ड थ्रॊ) खात्पामीम्


बेड रूम



खाट,पलङ .........मीता
डस्ना (डनलब) गद्दा......... मिजरॊन
तकिया ,सिरानी......... कारीत्
तन्ना .......सर्दिन
खॊल (कभर)...... चिप्पॊ,चिप्पी
सिरक ,ब्लाङकेट...... स्मीखा
पट्याउनु ........मेकापेल
ओढाइदे मलाइ ......तिखस्से वती
टाउकॊ माथी उठाइदे........... रॊस लेमाआला
............... तल रॊस लेमाआता
कॊल्टे ............आलाचाद्
जाडॊ भॊ मलाइ.......... कार ली
गर्मी भॊ मलाइ .........खाम् ली
पनि लेउनसुन, म तिर्खाएँ.............. (तबीली)तेनली माइम, आनी चमेआ
म उठ्न चाहन्छु(केटाले वा केटीले भन्दा)....... आनी रॊचे / रॊचा लकुम्
बत्ती बाल्...... टीफटाक् खसमल (वर्र)
बत्ती निभाइदे ......तिजगॊर खसमल (वर्र)
झ्याल लागाइदे ..............तिजगॊर खालॊन्
झ्याल खॊल (उघार).... टीफटाक् खालॊन्
पंखा (फ्यान).....................भेन्टीलेटर
सावरी साधनहरू,ट्याक्सी ,बसमा चढ्नु पर्दाः




ड्राइभर .......नाग
ट्याक्सी ..........मुनीत
बस ..............अटॊबस
मिनिबस (माक्रॊबस) .........सेरूत
कृपाया,यॊ कहाँ जाने हॊ ? ..........स्लीखा, लेआन जे वलेख ?
कती भाडा लाग्छ ?................ कामा वलेख ?
( कृपया गाडी रॊक्नुस) झर्नु पर्दा ........स्लीखा,ताचॊल् बकाशा
म यहा उत्रन चाहन्छु ...............आनी रॊचे लरेदेत् पॊ
फलानॊ ठाँउसम्म जान कती लाग्छ ?............. कामा वलेख आद् सामा ?(तेलअभिब)




अस्पतालः
ठूला अस्पताल बेत्खॊलीम्
साना अस्पताल (औषधि लिने ठाँउ) कुपत्खॊलीम्
डाक्टर रॊफे
केटी डाक्टर रॊफा
नर्श अखॊत्
तल्ला कॊमा
लिफ्ट मालीत
औषधि कदुर(ट्रुफा)
सुइ (सिरीन्ज) जरीका
अक्सीजन खामचान्
अक्सिजन जस्तै तर निमॊनिया हुँदा दिने इन्हालाचीया
अप्रेशन निटुवाख्
ब्लड प्रेसर (रक्तचाप) लाखाच् दाम
खॊकी (केटा,केटा) मीस्टायल , मीस्टायलेत
खफ लेखा
ज्वरॊ खॊम्
धेरै गबुवा
कम (तल) नमूख् (पाखॊत)
पन्जा खफाफा
सुनीनु नफुवाख्
दुखाइ कॊयब्
चिच्याउनु चहाक (चॊहेक)
शान्त सेकेट्
बल छैन एन कुवाख (कॊवाख्) ,खलास











अधिकाँश खाइने फलफुल र तरकारीहरूः

स्याउ तपुवाख (तपुवाखेच)
सुन्तला लेमन्टीना
अनार (दारीम) रिमॊन
आँप मङ्गॊ (म्याङगॊ)
ठूला आरू अफरसेख
खरबुजा आवातिया
भगटे जस्तै एस्कॊलियॊत
केरा बनाना
अंगुर अनाबीम्
स्ट्रबेरी टूथ
नासपाती जस्तै साना आगास
आरूपखडा र आल्चा जस्तै तर निलॊ मीस्मीस्
बयर जस्तै तर हरिया अमिलॊ जीतीम्


काँक्रॊ मेलाफेफॊन
गॊलभेडा आग्बानीया
फर्सी किसुयीम
पाकेका ठूला फर्सी ग्लाट
आलु तपुवाख खदामा
राता आलु तपुवाख खदामा आदॊम
सेता आलु तपुवाख खदामा लाबान्
प्याँज बच्चाल
हरीया प्याज बच्चाल यारॊक
लसुन सुम
बन्दाकॊभी क्रुभ
काउली क्रुभीत्
हरीयॊ खुर्सानी पीलपील यारॊक
रातॊ खुर्सानी पीलपील आदॊम
सिमी ,बॊडी स्वीट यारॊक
साग खास्सा
साग जस्तै अलि मसिना पातभएका सेलरी
बकुल्ला फुल
चना खुमुस
केराउ अफुना
गाँजर मुला गेजर
गाँठेमूला (राता) चिनॊन
धनीयाँ र धनिया जस्तै कुशबारा (पतृजेलीया)
सुपकॊ साग समीर
मकै तिरस
भटमास सॊया
दाल अदासिम
च्याउ पित्रीया


क्रमशः प्रतिक्षा गर्नुस, मेरै अनुभबमा तयार पर्नेछु,धन्यबाद ।


Contact me if you have any kind of legal problem , I could suggest to you as a legal Adviser .
Knowledge Is power , Health is wealth, “अन्याय गर्ने भन्दा अत्याचार सहने मानिस पशु सरह ठहर्छ”