इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Saturday, March 21, 2009

मोबाइलबाट प्रेम प्रस्ताव

काठमाडौं, चैत ७ -
उनको इनबक्समा प्रेम प्रस्तावका थुप्रै एसएमएस छन् । नअटेर कति त मेटी पनि सकिन् । तर केटाहरूले पठाउन छाडे पो ?
'रातको दुई बजे पनि म्यासेज गर्छन्,' रेशा श्रेष्ठ हल्का रिसाइन्, 'बदमासहरू !' यस्तै एसएमएस र ब्लफ कलसमेतबाट उनको जीवनमा धेरै 'बदमासहरू' आउन खोजिरहेका छन् ।
'तिमी एकदमै मन पछ्र्याै,' राजधानीको कलेजमा ११ कक्ष्ााकी रेशा चिन्नु न जान्नुका केटाहरूले समेत मोबाइल गरेर हैरान छिन् । उनीहरू भन्छन् रे, तिम्रो स्वर नसुनी मलाई त खान पनि रुच्दैन, निद्रा पनि लाग्दैन ।
यो सुन्दा रेशाको कन्सिरी तात्छ । 'तिमेरुलाई नरुचे नरुचोस्,' उनी पनि के कम ? भन्दिन्छिन्, 'मलाई त टन्न रुच्छ, फ्वाँफ्वाँ निदाउँछु । काम पाइनस् कुकुर ?'
रेशाकी सहपाठी सुशीला श्रेष्ठ पनि यसरी चिन्दै नचिनी प्रेम गछर्ु भन्नेहरूलाई बेस्सरी हपार्दा रमाइलो मान्छिन् । तर त्यतिमै 'बदमास' कुर्लिन छाड्दैन । ऊ झन् बढी खितखिताउन थाल्यो भने सुशीला भाइको समेत सहारा लिन बाध्य हुन्छिन् । 'भाइले बेसरी हप्काएपछिचाहिँ धेरै दिनसम्म कल गर्दैनन्,' उनले हल्का आक्रोश पोखिन् ।
यो अनुभव रेशा र सुशीलाको मात्रै होइन । अधिकांश तन्नेरीका मोबाइल यस्तै गफगाफमा व्यस्त हुन्छ । नचिनेकाले पनि मिसकल दिन्छन् । प्रेम प्रस्तावदेखि लिएर नानाभाँतीका म्यासेज पठाउँछन् । ब्लफ कल पनि गर्छन् । एक पटक होइन, दुई पटक होइन, एउटाले होइन, दुइटाले होइन । चाहे पनि नचाहे पनि यस्ता सन्देशहरू 'रेशाहरू' को दैनिकीमा अभिन्न भइसकेका छन् ।
त्यसो त सबैजना रेशाजस्तै हुन्छन् र रिसाइहाल्छन् भन्ने केही छैन । मोबाइलमै एकअर्कामा माया साट्ने र भेटेर प्रेमको उत्सव मनाउने पनि छन् । रेशाकै सहपाठी रोमन सिंह त्यस्तैमध्येका हुन् । सिंह व्यवस्थापनको पढाइ र प्रेमलाई छ महिनादेखि एकसाथ 'व्यवस्थापन' गरिरहेका छन् ।
'म एसएलसी सकेर बसेको थिएँ,' हाडीगाउँका रोमनले फक्रन थालेको प्रेम अनुभव सुनाए, 'कुरैकुरामा एक दिन मोबाइल गरेर आई लभ यू भनिदिएँ ।' उनकै स्कुलमा १० कक्षाकी छात्राले रोमनको यो निम्तो हर्षका साथ स्वीकारिन् । त्यसपछि त रोमनले उनीसँग कुरा नगरेको दिनै
छैन । फुर्सद/बेफुर्सद मोबाइल कानमा टाँसिरहनु र मीठो कुरा सुनिरहनुमै 'रोमनहरू' रमाउँछन् । मोबाइलले अहिलेको पुस्तालाई प्रेम व्यक्त गर्न चिठी लेख्ने, कविता कोर्नेजस्ता पुराना तरिकाहरूबाट पूरै उन्मुक्ति दिएको छ ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment