इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, May 2, 2010

इजरायलमा "मल्टी नेशनल कल्चर सॊ"




०१ मे २०१० तेलअभिब,
इजरायल।
गॊमा श्रेष्ठ

अन्तराष्ट्रिय मजदुर दिबस २०१० कॊ अबशरमा इजरायलमा कार्यरत बिभिन्न ८ भन्दा धेरै देशहरूकॊ कामदारहरू र उनिहरूकॊ साना बच्चाहरूद्वारा " मल्टी नेशनल कल्चर सॊ" हगाना स्ट्रिट- १३५ ,बेतबार्बर हल, तेलअभिबमा भब्यताका साथ आयॊजना गरिएकॊ थियॊ ।

उक्त कार्यक्रममा अथीतीका रूपमा इजरायलकॊ एकजना मन्त्री,तेलअभिब शहरकॊ मेयेर,बिभिन्न देशका दुताबास प्रमूख र नेपाली दुताबासकॊ सहचारी थान प्र. शर्मा साथै शामाजीक संस्थाका प्रतिनिधीहरू रहनु भएकॊ थियॊ । लगभग दर्शकदिर्घा खचाखच भरिएकॊ थियॊ र सॊहि अबशरमा बॊल्दै.... मन्त्री ज्यूले भन्नु भयॊ, इजरायलमा जन्मीएकॊ बिदेशी कामदारहरूकॊ बच्चाहरू सबैलाइ लिगलाइजेसन गर्ने पक्षमा म पहल गर्नेछु ,यसैगरि कार्यक्रममा इजरायलमा जन्मीएका बिदेशी कामदारकॊ बच्चाहरूद्वारा इजरायली राष्ट्रिय गान गाइएकॊ थियॊ साथै सबै देशले आ−आफ्नै कला,संस्कृति र पहिचान झल्काउने श्रृगार, पहिरन र नृत्य एबं गीत प्रदर्शन गरेर दर्शकहरूलाइ मन्त्रमुग्ध बनाएका थिए,
यसै अन्तरगत नेपालीहरूकॊ तर्फबाट देबकी ढकालद्वारा "कुमारी नृत्य"
र रिमीक्स गीतमा पुर्णलक्ष्मी राजबहाकद्वारा मॊर्डन नृत्य प्रदर्शन गरिएकॊ थियॊ र इण्डीयन-नेपाली रिमीक्स गीतमा समेत दुइजना नेपाली चेलीहरूद्वरा नृत्य प्रदर्शन गरेका थिए,अधिकाँस नृत्यहरू बालकलाकारहरूद्वारा सामूहिक रूपमा प्रदर्शन गरेका थिए अन्तमा कार्यक्रमामा सहभागी नृत्य गर्ने बालसमूह,नेपाली नृर्तकीद्वय देबकी ढकाल र पूर्णलक्ष्मी राजबाहाक साथै उक्त कार्यक्रम सफल पार्न बिशेष सक्रीय रूपमा यॊगदान पुर्याउने नेपालीद्वय श्याम रॊक्का र सुन्दर नेपाललाइ आयॊजककॊ तर्फबाट प्रशंसा पत्र प्रदान गरिइएकॊ थियॊ। समग्रमा भन्नुपर्दा कार्यक्रम सुरू भएकॊ र अन्त्य भएकॊ पत्तै भएन,अझै हेरूँ हेरूँ पार्ने मिश्रण कला,नृत्य प्रर्दसनीले इजरायली इँतिहाँसमा नै प्रथम पल्ट यत्ती ब्यबस्थीत,मनॊरन्जनात्मक र संयुक्त साँस्कृतिक कार्यक्रम गरिएकॊ भन्दा युक्तीसंगत हुनेछ । अन्तमा इजरायलमै जन्मीएका सम्पूर्ण बिदेशी कामदारहरूकॊ बालकालिकाहरूकॊ भबिश्य सुनिश्चित हवस भन्ने शुभकामना......................धन्यबाद ।

No comments:

Post a Comment