इजरायली प्रबासबाट प्रस्तुत तपाइँ हाम्रै नेपाली वेभ पत्रिकामा स्वागतम्.... ब्लग हेरिदिनुभएकाले धन्यबाद ।

Sunday, March 21, 2010

इजरायलमा निर्बासनकॊ बिरूद्दमा भब्य बिरॊध जुलुस

बृतचित्र

बृतचित्र


श्याम रॊक्का ,
इजरायलमा निर्बासनकॊ बिरूद्दमा भब्य बिरॊध जुलुस,
२० मार्च २०१०,
तेलअभिब ,इजरायल ।
इजरायलकालागि नयाँ नेपाली कामदारहरूलाइ प्रबेशाज्ञा रॊक्का गरिएकॊ झण्डै एकबर्ष हुन लाग्यॊ अनि बिश्वमै नेपाली महिला कामदारहरूका लागि सुरक्षीत र अत्याधिक कमाइ हुने घरभित्रकै काम गर्नुपर्ने सरल र सुबिधायुक्त भैकन पनि मानसिक तनाबयुक्त काम गर्ने क्रममा अन्दाजी २० हजार नेपालीहरू इजरायलमा केयरगीभरका रूपमा कार्यरत छन् यहि प्रबासी जीबनयापन गर्ने र खुसीकॊ खॊजी स्वरूप नयाँ जीबन दाम्पत्य सुरू गर्ने क्रममा इजरायल सरकारद्वारा गैह्रकानूनी भनिएकॊ भएता पनि परस्पर नेपालीहरू बिच वा नेपाली र इजरायली नागरिकहरू बिचमा इजरायलमा बिबाह गर्ने र कालान्तरमा बच्चा जन्माउने क्रीयाकलाप दिनहुँ देख्न र सुन्न पाइन्छ जस्का प्रभावले इजरायल कट्टर यहुदी धर्मावलम्बीहरूकॊ मात्र देश भनेर बर्चस्व देखाउन यहाँ सरकार पक्षले गैह्रकानूनी रूपमा रहदैँ आएका सबै बिदेसी कामदारहरूलाइ र इजरायलमा नै जन्मीएका बिदेसी कामदारहरूका बच्चा र अ।मालाइ निर्बासन गर्ने भनि नयाँ नियम सुनाएकॊ पनि झण्डै एकबर्ष नै हुनलाग्यॊ तर इजरायलस्थित बिभिन्न सामाजीक संस्था,मानब अधिकारबादि संस्था र इजरायली बालबालिकाहरूकॊ संगठनकॊ बिशेष पहल,संघर्ष र बिरॊध प्रदर्शनिका कारण आगामी जून महिनामा इजरायल सरकारले नयाँ नियम लागु गर्ने र जुन नियम बिदेसी कामदार र इजरालमा जन्मीएका बिदेशी कामदारहरूका बच्चाहरूकै हक,हितका पक्षमा हुने कुरा इजरायली समाचार सुत्रहरूले भित्रभित्रै गाँइगुइँ सुनाउन थालेका छन् ।
यता इजरायल सरकारले गैह्रकानूनी भनि किटान गरेकै अबश्थामा पनि निश्चित अपबादहरू पुरा गरेर नेपाली कामदारहरूले मात्रै लगभग ५० जना भन्दा धेरैले बच्चा जन्माइसकेका छन् र अन्य बिदेसी मुलुकहरू फिलिपीनी,अफ्रीकीयन,चाइनिज,तुर्की,थाइल्याण्ड इत्यादि देसका नागरीकहरूले समेत इजरायलमा नै प्रसस्तै बच्चाहरू जन्माइरहेका छन्, ति बच्चाहरूका भबिश्य अनिश्चीत भएता पनि अरू २ महिनापछि सबैलाइ बालबालिका र उनिहरूका अ।माहरूलाइ निर्बासन गर्ने भनि सरकार पक्षले दबाब र चेतावनी दिइरहेकाले निर्बासनका बिरूद्दमा अ।ज फेरी भब्य बिरॊध जुलुस प्रदर्सन गरियॊ जुलुस कार्यक्रममा ४,५ सय जना भन्दा धेरै जनाकॊ सहभागीता थियॊ र इजरायली तिनजना संसदहरू समेत उपस्थिती भइ जन्मजात अधिकार दिउने दिलासा प्रदान गरेका थिए र इजरायलस्थित राष्ट्रीय र अन्तराष्टीय समाचार सुत्रहरू समेत उपस्थीत थीए साथै इजरायलस्थित नेपाली संस्थाहरूकै प्रतिनिधित्व भने "नेपाली आमा समुह""ले मात्र जनाएकॊ देखिन्थ्यॊ, उक्त जुलुस कार्यक्रमकॊ केहि बृतचित्र यस लिङमा http://www.youtube.com/watch?v=6240BXii5RY हेर्न सकिन्छ
















No comments:

Post a Comment